सल्यानमा बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ

सल्यान, २७ असार ।
सल्यानमा बालिका बलात्कार गरेको आरोपमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका – ५ का वडा सचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गएपनि बालिकाले २४ गतेमात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । ओरापितमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया