द्घन्द्घ पीडितको न्याय प्रतिको उत्तरदायित्ववोध गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

खलंगा, २७ असार । द्घन्द्घ पीडितको न्याय प्रतिको उत्तरदायित्ववोध गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा मार्फत प्रधानमन्त्री केपी शर्मा वली लाई ज्ञापनपत्र बुझाईएको हो ।

द्घन्द्घ पीडितको न्याय प्रतिको उत्तरदायित्ववोध गर्न र विश्वसनीय संक्रमणकालिन न्याय अवलम्वन गर्न जोडदार माग गर्दै ज्ञापनपत्र बुझाईएको शहीद जयबहादुर रावल स्मृती प्रतिष्ठान जाजरकोटका प्रतिनिधी शान्ता कुमारी चन्दले जानकारी दिईन् ।

द्घन्द्घ पीडितको न्याय प्रतिको उत्तरदायित्ववोध नगरेकोले सरकारको ध्यानआकर्षण गर्न ज्ञापनपत्र बुझाईएको उनको भनाई छ । सविता शाह, शान्ता कुमारी चन्द लगायत एक दर्जन द्धन्द्धपीडितहरु जिल्ला प्रशासन कार्यालयमा पुगि ज्ञापन पत्र बुझाएका छन् ।

 

तपाईको प्रतिक्रिया