
भुपेन्द्र नेपाली
खलंगा, २४ असार । सेभ द चिल्ड्रेनले छेडागाड नगरपालिकालाई ४ लाख ८५ हजारकोे स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोनाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अभाव भएको वेला मंगलबार छेडागाड नगरपालिकालाई ४ लाख ८५ हजारकोे स्वास्थ्य सामग्री सहयोग गरेको संस्था व्यवस्थापक ईन्द्र विकले जानकारी दिए ।
उनका अनुसार अस्पताललाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर लगायत ४ लाख ८५ हजारको स्वास्थ्य सामग्री सहयोग गरेको हो । स्वास्थ्य सामग्री अभावको वेला महामारी रोक्नमा ठुलो सघाउ पुग्ने छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले बताए । साथमा सस्थालाई महताराले धन्यवाद समेत व्यक्त गरे ।

















































। २४ असार २०७८, बिहीबार