मनपरी भाडा रोक्न नेकपा (विप्लव )द्धारा प्रशासनको ध्यानआकर्षण


खलंगा, १३ असार । सरकारले जारी गरेको निषेधाज्ञामा जाजरकोटमा सञ्चालित सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपा विप्लवले प्रशासनको ध्यानआकर्षण गराएको छ । आईतबार नेकपा (विप्लव) का भेरी नगर कमिटी ईन्चार्ज हिमाल, क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंह लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगि ध्यानआकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटालाई भेटि निषेधाज्ञाको समयमा जिल्लामा सञ्चालित सवारी साधनले प्रशासनको पास नलिएको, यात्रु बाट मनपरी भाडा असुलिरहेको भन्दै प्रशासनको ध्यानआकर्षण गराएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

उनले भने, ‘सवारी चालक र सवारी साधन धनीले भने अनुसारको भाडा तिरी यात्रुहरु मारमा परेको, ठाउँठाउँमा प्रहरीले पैसा असुल्दै सवारी साधनलाई मर्कामा पारेपनि प्रशासन सुतिरहेको छ, यस्तो अवस्था रोक्न हामीले प्रशासनको ध्यानआकर्षष गराएका हौं, यदि प्रशासनले सुनेन भने हामी आफ्नै तरिकारले कारबाही गछौं ।’

निजी नम्बर प्लेटका गाडीहरुले यात्रुहरु ओसारने भन्दै मनपरी भाडा असुलिरहेले यस्तो कार्य तत्काल रोक्न प्रशासनलाई आग्रह गरिएको उनको भनाई छ । यातायात व्यवसाय संघ जाजरकोटका अध्यक्ष नवराज सिंह निषेधाज्ञाको वेला थोरै यात्रुहरु भएकोले दोब्बर भाडा लिएको स्वीकार गर्छन् ।

‘यातायातको साधनहरु कम चल्ने, यात्रुहरुको संख्या थोरै भएकोले दोब्बर भाडा लिएका हौं, अव निषेधाज्ञा खुल्ने वित्तिकै बन्द हुन्छ ।’

प्रशासनले तोके बमोजिमको भाडामा यात्रुहरु लिने सिंहको भनाई छ । यता जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवकोटाले तोकिएको मुल्य भन्दा धेरै भाडा लिने सवारी साधनलाई कारबाही गरिने बताए । ‘अहिले सम्म नागरिक बाट गुनासो आएको छैन,् आएको खण्डमा हामी तत्काल कारबाही गछौं, यात्रु तथा सवारी साधन बाट पैसा लिने कर्मचारीलाई बर्खास्त गछौँ, उनले भने ।’

एम्वुलेन्सले समेत चर्काे भाडा असुलिरहेको छ । यस्तो सवारी साधनलाई कारबाहीको दायरमा ल्यान नेकपा (विप्लव) ले प्रशासन संग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया