
खलंगा, १३ असार । चोरीको आरोपमा जाजरकोट प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिका ९ का हिमाल बुढाथोकी र सोही ठाँउका १४ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
सदरमुकाम स्थित शान्तिचौताराबाट दुवै जनालाई केही समान र नगद सहित पक्राउ गरिएको हो ।
केही दिन अघि भेरी नगरपालिका ४ बोहरा स्थित कल्पना खड्का र भेरी नगरपालिका ३ ठाँटी स्थित मनोज शाहको पसल ताला फोडेर चोरी भएको थियो ।
ति पसलबाट नगद, रिचार्ज कार्ड, घडी, एरफोन लगायतका सामान हराएका र उनीहरु सँग खान तलास गर्दा उक्त समान फेला परेको प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।
अन्य स्थानबाट पनि केही पसलहरु चोरी भएका जानकारी आएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको थापाले बताए । कानुन बमोजिम सजाय हुने उनको भनाई छ ।
















































। १३ असार २०७८, आईतवार