आफ्नो लागि होईन, अरुको लागि भनेर उद्यम गर्नुहोस् : नगरप्रमुख महतारा

No description available.

खलंगा, १३ असार । छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले व्यवसाय आफ्नो लागि मात्रै हुन नसक्ने बताएका छन् । आईतवार छेडागाड नगरपालिकाको वडा न. ५ थलह बजारमा लघु उद्यमीहरुको उत्पादनको बजारीकरण गर्न आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

खुशी विना कुनै पनि व्यक्ति सन्तुष्ट नहुने भएकाले खुशी प्राप्त गर्न सबै व्यक्तिले उद्यम गर्नुपर्ने प्रमुख महताराले बताए । आफ्नै सम्पतिले कोही धनी नहुने भएकाले राज्यको सम्पतिलाई व्यवसायमा नबिनतम प्रयोग गर्दै सिर्जनशिल हुने व्यक्तिले मात्र राज्यको लगानीको सही सदुपयोग गर्ने उनले भनाई छ ।

साथै उद्यम गर्न लघु कर्जाको आवश्यकता पर्ने हुदाँ सोको व्यवस्थापन गर्न समेत नगरपालिकाले आवश्यक पहल गर्ने धारणा व्यक्त गरे । साथै नगरपालिका भित्र सिर्जना भएका योग्य र सक्षम व्यक्तिलाई नगरपालिकाले सीप विकास तथा प्रबिधी हस्तान्तरण गरी पुरस्कृत समेत गरिने नगर प्रमुखले बताए । राज्यको सम्पतिलाई सृजन्शिल सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ नगरपालिकाको पुर्ण सहयोग हुने नगर प्रमुखको भनाई छ ।

No description available.

सीप र सिर्जना हुने मान्छे कहिलै भोको नहुने र पैशा अभाव नहुने भएकोले सिपलाई व्यवहारमा उतार्न तर्फ लाग्न उनले उद्यमीहरुलाई निर्देशित गरे ।

छेडागाडमा लघु उद्यम विकास कार्यक्रम मार्फत १ सय ३५ जना नयाँ उद्यमी सिर्जना गरिएको छेडागाड नगरपालिकाका मेड्पा कार्यक्रम अधिकृत रमेश अधिकारीले बताए । लघु उद्यम विकास कार्यक्रमको मोडेललाई प्रभावकारी रुपमा कार्यन्वयन गरिएकोले उद्यमी दिगो रुपमा व्यावसायिक बन्ने उनको दाबी छ ।

छेडागाडमा विभिन्न विषयका जस्तै सिलाई कटाई, हाते होजियारी,गुडिया उत्पादन, होटेल कुक उत्पादन, मौरी पालन,तरकारी खेती लगायतका १२ वटा किसिमका सीप विकास तालिम सन्चालन गरिएको उनले बताए ।

गरिब,दलित,जनजाति तथा सामाजिक तथा आर्थिक रुपले पछाडि पारिएका बर्गको उत्थानका लागि सीप विकास तालिम महत्वपुर्ण पाटो हुने थलह बजार व्यवस्थापन समितीले बताएको छ ।

आफुले प्राप्त गरेको सिपलाई ब्यबहारमा कार्यन्वयन गर्ने र अझै सीप विस्तार गर्ने किसिमका थप तालिम आयोजना गर्नुपर्ने तालिमका सहभागीहरुको अपेक्षा थियो ।

तपाईको प्रतिक्रिया