१२ असार २०७८, शनिबार

गजल : आफ्नी श्रीमति संगको सम्बन्ध विच्छेद पछि……


सुरुमा माया गरे जस्तै गर्यौ, अलि धेर गरियो
अहिले आएर गल्ती,कमजोरी माथी हेरफेर गरियो

तिमीले यस्तो जटिल निर्णय लिनु भन्दा अगावै,
सायद आफुले आफैलाई चिन्न पनि अबेर गरियो

सीसा जस्तै हो तिम्रो इज्जत पनि, ख्याल गर्नु भनेर,
पटक पटक सम्झाइरहे, बारम्बार केर गरियो

पछुताउनु पर्ला या नपर्ला, अक्सर तिम्रै खुसीको लागि,
नचाहाँदा–नचाँहादै पनि छुटपत्रमा हस्ताक्षर गरियो

प्रचलित नाम : पुष्कर पराग चन्द
कानुनी नाम : श्रवन कुमार चन्द
ठेगाना :– भेरी नगरपालीका ५, छिप्रेना जाजरकोट ।