कुशे पाटनमा भेडाबाख्रा मरेका किसान राहतको प्रखाईमा

खलंगा, १२ असार । कुशे पाटनमा हावाहुरी र भारी बर्षाका कारण भेडा बाख्रा मरेका पीडितले राहत नपाएको गुनासो गरेका छन् । कुशे गाउँपालिका–४ ताँम्तीको अस्मिता भेडा फार्म र अर्का पीडित डिल्लीवहादुर शाहीले कुनैपनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन् ।

कुशे पाटनमा अविरल वर्षा तथा हावाहुरीका कारण अस्मिता भेडा फार्मका १ सय ६० ओटा भेडा तथा डिल्ली वहादुर शाहीको ५० ओटा भेडा कुशे पाटनमा मरेको अस्मिता भेडा फार्मका संन्चालक नवराज शाहीले जानकारी दिए । संन्चालक शाहीका अनुसार हावाहुरी तथा वर्षाका कारण भेडा बाख्रा मरे लगतै कुशे गाउँपालिकाको कार्यालयमा निवेदन दिदा पनि स्थानिय सरकार बेखवर वनेको गुनासो पोखे ।

अस्मिता भेडा फार्म दर्ता रहेको हुदाँपनि स्थानिय सरकार यसरी मौन बसेको कारण उनीहरुले आक्रोस पोखेका छन् । स्थानिय सरकारसंग राहतको लागि निवेदन दिँदा आफुहरुले सहयोग गर्न नसक्ने र यसको लागि स्वंयम पीडित नै प्रदेश सरकारसंग जानुपर्ने भन्दै स्थानिय सरकार पन्छिएको पीडितले बताए ।

कुशे पाटनमा अविरल वर्षा तथा हावाहुरीका कारण अषाढ १ गते ७ जना मानिस समेत बेपत्ता भएका थिए । र सयौँको संख्यामा भेडा बाख्रा मरेका थिए । बेपत्ता भएका ७ जनालाई केहि दिनपछी सकुशल उद्धार गरिएको थियो । कुशे न्युज

तपाईको प्रतिक्रिया