
सल्यान–सल्यानमा मोटरसाईकल दुर्घटना हुँदा एकजना शिक्षकको ज्यान गएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दार्मा गाउँपालिका १ रानिपानी निवासी राष्ट्रिय मावि दार्माकोटका शिक्षक अन्दाजी ४२ वार्षिया टेक बहादुर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
केसी सल्यानबाट दाङ जाँदै गर्दा सोमबार अपराहन्न सवा ४ बजे दुर्घटनामा परेका थिए। घाईते केसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको केही समय पश्यात उनको ज्यान गएको प्रहरी बताएको छ। श्रीनगरबाट जयचौर जानलागेको बसलाई उछिनेर अगाडि जाने क्रममा हड्बडाएर मोटरसाईकल अनियन्त्रित भैइ दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भैरहेकाे र बस चालकलाई जयचौर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी भोटेचौरले जनाएको छ। शिक्षक केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्ष समेत हुन्।
















































। १४ माघ २०७६, मंगलवार