अब बच्चाको ‘टिक टक’ अकाउन्ट, आमा–बुवाले नियन्त्रण गर्न सक्ने

‘टिक टक’ सन् २०१९ मा फेसबुकपछि सबैभन्दा बढी डाउनलोड भएको मोबाइल एप्लिकेसन हो । विश्वभर टिक टकका प्रयोगकर्ता ५० करोडभन्दा बढी रहेका छन् । टिक टकको प्रभाव कम उमेर समुह(१६ वर्षमुनि)मा बढी परेको देखिएसँगै टिक टकले प्रयोगका लागि १३ वर्ष उमेर हद तोकेको थियो ।
यसले पनि नपुगेपछि टिक टकले नयाँ फिचरको विकास गरेको छ ।

हालै बेलायतमा गरिएको एक अध्ययनले १३ देखि १५ वर्ष उमेर समुहका टिक टक प्रयोगकर्ताको १३ प्रतिशत रहेको देखाएको छ । बालबालिकाहरुले अत्याधिक प्रयोग गर्न थालेपछि टिक टकले नयाँ फिचर ‘फेम्ली सेफ्टी मोड’को विकास गरेको छ । यो फिचरबाट परिवारले आफ्ना छोराछोरीहरुको टिक टक अकाउन्ट नियन्त्रण गर्न सक्नेछन् । पहिलेदेखि नै अकाउन्ट भएका या नयाँ अकाउन्ट बनाएर परिवारका सदस्यहरुले टिक टक अकाउन्ट नियन्त्रण गर्न सक्नेछन् ।

परिवारका सदस्यहरुले ‘क्युरआर’ कोड स्क्यान गरेर आफ्नो अकाउन्टसँग लिंक गर्न सक्नेछन् । त्यहाँबाट टिक टक आफ्नो बच्चाले दैनिक प्रयोग गर्न सक्ने समय निर्धारण गर्न सकिनेछ, कसलाई म्यासेज पठाउन नसक्ने एवं सक्ने र टिक टकमा बनाएका भिडियो पब्लिक हुन दिने या नदिने भन्ने कुरासमेत निर्धारण गर्न सकिने छ ।

टिक टकको तथ्याङ्क अनुसार औसतमा प्रत्येक प्रयोगकर्ताले दैनिक ५२ मिनेट समय यसको प्रयोग गर्छन् । बेइजिङस्थित बाइट डान्स कम्पनीले स्वामित्वमा राखेको टिक टक सन् २०१६ मा लन्च भएको थियो ।

छोटो समयमै अत्यधिक प्रयोगकर्ता बनाउन सफल भएको टिक टकमा खास गरी रमाइला भिडियो हुने गर्छन् ।

कसरी लिंक गर्ने अकाउन्ट ?
यो फिचर प्रयोग गर्नका लागि पहिला तपाइको टिक टक एप अपडेट हुनुपर्छ । त्यसपछि आफ्नो प्रोफाइलमा गएर ‘प्राइभेसी एण्ड सेटिंग’मा जानुपर्छ । त्यसपछि ‘डिजिटल वैलविंग’ अप्सनमा जाने त्यसभित्र ‘स्क्रिन टाइम म्यानेजम्यान्ट, रिस्ट्र्याक्टेड मोड, फ्याम्लि सेफ्टी मोड’ देखिनेछन् ।

टिक टकले ‘स्क्रिन टाइम म्यानेजमेण्ट’ गतवर्ष नै सार्वजनिक गरेको थियो । तर, नयाँ फिचर झन प्रभावकारी हुन सक्ने कम्पनीको भनाइ छ ।

यद्यपी बेलायतमा बालबालिकाको हकमा काम गर्दै आएका जोन कारले भनेका छन् ‘केही परिवारहरुले यसबारे आफ्नो बच्चालाई ख्याल गर्ने छैनन् भने केहीले एप नै हेर्ने छैनन् र अन्य केही भने युवा पुस्ताको लागि के सही हो भनेर सोचमै रहनेछन् ।’

टिक टकमाथि गरिएका विभिन्न अनुसन्धानहरुबाट बालबालिकाहरुले अश्लिल किसिमका भिडियो एवं प्रतिक्रियाहरु गर्ने गरेको देखिएपछि नयाँ कदमहरु चालिदै आएका हुन् । (एजेन्सीहरुको सहयोगमा)

तपाईको प्रतिक्रिया