छेडागाड
जाजरकोटको छेडागाड नगरपालिकाले दशौं नगरसभा तथा पाँचौ बजेट अधिबेशन सम्पन्न गरेको छ । सभामा ६७ करोड २१ लाखको बजेट पारित गरिएको छ । उपमेयर सरिता वलिले नगरसभाको बजेट बक्तव्यमा ६७ करोड २१ लाखको बजेट प्रस्ताव गरेकी हुन ।
यस्तै मेयर लाल बहादुर महताराले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए । मेयर महताराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य,शिक्षा र रोजगारी लाई पहिलो प्राथमिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत झलक केसिले बताए । नगरपालिकाले अर्थ सम्बन्धि ब्यबस्था गर्न बनेको बिधयक र बिनियोजन बिधयकहरु सभामा प्रस्तुत गर्दै बजेट स्वीकृत गरेको हो । साथै बजेटका सिद्धान्त,प्राथमिकता र बजेटको पाठ माथी व्यापक छलफल गर्दै सभा अध्यक्ष लाल बहादुर महतारा बाट सभा सम्पन्न भएको छ । बिहीवार सुरु भएको सभा दुई दिन चलेको थियो ।
छेडागाडमा दशौँ नगरसभा सम्पन्न ६७ करोड २१ लाखको बजेट पारित
तपाईको प्रतिक्रिया
















































। ११ असार २०७८, शुक्रबार