अमेरिकामा १२ तले भवन भत्किँदा एकजनाको मृत्यु ९९ बेपत्ता


अमेरिका : अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ । उक्त भवनमा बसोबास गर्दै आएका ९९ जना हराइरहेका छन् । १२ तले आवसीय भवन भत्किएको हो । उक्त भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको अधिकारीहरुले बताएका छन् ।

तर, भवन भत्कदाको समय कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । भवन भत्कदा ठूलो क्षति भएको अधिकारीहरुले अनुमान गरेका छन् । उक्त भवन सन् १९८० मा निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया