१० असार २०७८, बिहीबार

शिवालयको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र शिक्षालाई पहिलो प्राथमिकता (पूर्णपाठ सहित)

May be an image of 1 person and indoor
खलंगा, १० असार । जिल्लाको शिवालय गाउँपालिकाको विहीबार आर्थिक वर्ष २०७८÷८९ को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरीएको छ । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आठौं गाउँ सभाको वैठकमा पेश गरेका हुन् ।

यस्तो छ नीति तथा कार्यक्रमको पुर्णपाठ  :
सभाका उपाध्यक्षज्यू तथा सभाका सदस्यज्यूहरु
१. विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ महामारी र यसको पछिल्लो लहरले विश्व समुदायलाई आक्रान्त बनाइरहेको छ । कोरोनाका कारण जीवन गुमाएका नेपाली लगायत सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पन तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै सङ्क्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यसै समयमा कोरोनाका कारण अल्पआयुमै ज्यान गुमाउनु हुने यस शिवालय गाउँपालिका वडा नं। ६ निवासी हरिभक्त रोकायप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु र वहाँका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

२. नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात महान सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस क्रममा घाइते, बेपत्ता तथा अपाङ्गता भएका र आन्दोलनमा सहभागी भई योगदान गर्नुहुने सम्पुर्ण महान योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

साथै २०७८ साल अषाढ १ गतेदेखिको अविरल वर्षा भइ बाढी पहिरोका कारण सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाहरुमा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उक्त घटनामा परी मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्धाञ्जी अर्पण गर्दछु र घाइतेहरुको शिघ्र उपचार र बेपत्ताको खोजी कार्य गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।

सभाका उपाध्यक्षज्यू तथा सभाका सदस्यज्यूहरु
 कोरोनाको दोस्रो लहर आए पश्चात शिवालय गाउँपालिकामा जम्मा ‍११८ जनामा कोरोना परीक्षण गर्दा ‍४२ जनामा कोभिड(१९ संक्रमण देखियो । संक्रमितहरुलाई कतिपयलाई घरमै आइसोलेशनमा बसेर उपचार गर्न लगाइयो भने कतिपयलाई शिवालय गाउँपालिकाले स्थापना गरेको आइसोलेशनमा राखी उपचार गरिएको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउद छु ।

यस अवधिमा कोभिड(१९ महामारी रोकथामको लागि परीक्षण, अक्सिजन आपूर्ति, उपचार, स्वास्थ उपकरणको व्यवस्था, जनशक्ति र ‌औषधिको व्यवस्थापन सहित महामारीको न्यूनीकरण तथा प्रतिकार्यमा कुनै कमी हुन नदिन शिवालय गाउँपालिका प्रयत्नशील रहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।

यस महामारी नियन्त्रण, रोकथाम, र उपचारको लागि अमूल्य योगदान गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी उद्योगी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, संचारकर्मी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु लगायत आम शिवालयबासी नागरिकहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण योगदानको अपेक्षा गरेको छु ।
सभाका उपाध्यक्षज्यू तथा सभाका सदस्यज्यूहरु
शिवालय गाउँपालिकाले तय गरेको दीर्घकालीन सोच
‘शिवालयको समृद्धिको लागि हामी सबैको साझा संकल्प,
आर्थिक, सामाजिक र पूर्वाधार विकास उपयुक्त विकल्पू’

को संकल्प पुरा गर्न र दिगो विकास लक्ष्यका लक्ष्यहरु, नेपाल सरकारको पन्ध्रौं पञ्च वर्षिय योजना, कर्णाली प्रदेशको प्रथम पञ्च वर्षिय योजनाले लिएका लक्ष्य उद्देश्य एवं सूचकहरु पुरा गर्न र शिवालयबासी नागरिकहरुको रोग भोक अभाव बेरोजगारी र गरिबीलाई न्यूनीकरण गर्ने उद्देश्य र प्राथमिकतालाई मध्येनजर गर्दै अव म आगामी आ।व। २०७८र७९ को लागि कार्यान्वयन गरिने क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहान्छु ।

क्षेत्रगत नीति तथा कार्यक्रमहरु
क. आर्थिक विकास क्षेत्र

५. कृषि तथा पशुपंक्षी विकास
५.१ व्यापारिक तथा भौगोलिक क्षेत्रहरुको आधारमा गुणस्तरीय किषजन्य उत्पादन सामग्री र उत्पादनको संकलन, प्रशोधन, संचय, ढुवानी र बजार मूल्य जस्ता व्यावसायिक सेवा प्रदान गर्न सरकारी तथा गैर सरकारी क्षेत्रको सहकार्यमा कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ ।

५.२ व्यवसायिक कृषिसंग सम्बन्धित बाली उत्पादन, पशुपालन, बजार व्यवस्था तथा कृषि उद्योगहरुको बिमा गर्ने व्यवस्था गरिनेछ ।

५.३ कृषि व्यवसायसंग सम्बन्धित निकायहरु बीच समन्वय गर्न नीतिगत एवं कार्यान्वयन स्तरमा आइपरेका कठिनाइहरुको समाधान गर्न जिल्ला तथा प्रदेश स्तरको निकायहरुसंग समन्वय र सहकार्य गरिनेछ ।

५.४ स्थानीय आवश्यकता र प्राथमिकता अनुरूपको कृषिका योजना तर्जुमा, गर्ने र व्यावसायिक कृषि योजनामा प्रोत्साहन गर्नका लागी कार्यक्रम लागत साझेदारीमा सञ्चालन गरिनेछ ।
५.५ खाद्य पोषण लगायतका कृषि प्रविधिको स्थलगत प्रसार सेवामा कृषक समूहको सहभागितालाई प्राथमिकता दिइनेछ । साथै कृषि प्रसारमा सूचना प्रविधि तथा आम सञ्चार माध्यमको पनि उपयोग गरिनेछ ।

५.६ स्थानीय तहमा कृषकहरूको क्षमता सुधारका लागि कृषक तालीम कार्यक्रममा विशेष जोड दिइनेछ ।
५.७ व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणाली विकास गरिनेछ ।

५.८. १ देखि ९ वडा सम्म स्थानिय स्तरको वाली सुहाँदो पकेट क्षेत्रको सुनिश्चित गरिनेछ ।

५. ९ चकलावन्दी गरि खेति गर्ने सहकारी कृषकहरुलार्इ प्रोसाहित गरिनेछ ।

५.१० यस आ व मा २०० जना युवाहरुलार्इ व्यावसायिक तरकारी खेति तर्फ आकर्षण गर्न अनुदान कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

५.११ विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ का कारण वैदेशिक रोजागरी गुमाएका शिवालयबासी नागरिकहरुलाई रोजगारी सिर्जना गर्न पशुपालन पकेट क्षेत्र घोषणा गरी पशुपालन कार्यक्रमलाई बढावा दिइनेछ ।

५.१२ विभिन्न बाली तथा पशुपंक्षीमा लाग्ने विभिन्न रोग तथा महामारी रोकथाम र नियन्त्रण गर्न आवश्यक औषधी तथा जनशक्तिको व्यवस्था मिलाइनेछ ।

५.१३ सडक सञ्जालको विकास र विस्तारलाई मध्यनजर गरी उच्चमूल्य कृषि उपज उत्पादन र बजारीकरणको अवसर बदल्न सडक करिडोर केन्द्रित व्यवसायिक कृषि उत्पादन सञ्चालन गरिनेछ ।

५.१४ शिवालय गाउँपालिकाको सबै वडाका प्रत्येक घरधुरीहरुमा एक घर एक करेशाबारी कार्यक्रमको अवधारणालाई निरन्तरता दिइनेछ ।

६. सहकारी
६।१। शिवालय गाउँपालिकामा दर्ता तथा नविकरण भएका सबै सहकारी संस्थाहरुलाई सबल सक्षम र व्यवसायिक बनाउदै आवश्यक क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।

६।२ सहकारी संस्थाहरुको नियमन र अनुगमन प्रणाली तयार गरी नियमित अनुगमनलाई प्रभावकारी गराइनेछ । साथै गाउँपालिकामा सहकारी शाखाको स्थापना गरी आवश्यक जनशक्तिको व्यवस्था समेत गरिनेछ ।

६।3 नेपाल सरकारको तीन खम्बे अर्थ नीति अनुसार सरकारी, निजी क्षेत्र र सहकारी मध्ये सहकारी मार्फत दलित, महिला, द्धन्द्धपिडित, विपन्न, सीमान्तकृत समुदायहरुलाई रोजगारी प्रदान गर्न र आत्मनिर्भर बनाउनका लागि लक्षित वर्गमा आवश्यक कार्यक्रम संचालन गरी त्यस्ता वर्गको जीवनस्तरमा सुधार र आर्थिक बृद्धिमा जोड दिइनेछ ।

६।३ सहकारी मार्फत कृषि, पशुपालन र लघु उद्यम विकासमा जोड दिदै सहकारी खेती तथा उत्पादनमा प्रोत्सहान गरिनेछ ।
७। पर्यटन

७।१। शिवालय समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार भन्ने नाराका साथ हाम्रो गाउँपालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रहरुको संभाव्यता अध्ययन गरी संघिय र प्रदेश सरकारसंगको सहकार्यमा पर्यटन प्रवर्द्धन गरिनेछ ।

७।२। पर्यटन प्रवर्द्धनको लागि बस्ती पहिचान गरी पर्यटन पूर्वाधार विकास तथा होम स्टे तालिम संचालन गरिनेछ ।

७।३। शिवालय गाउँपालिकालाई पर्यटन आगमनको गन्तव्यको रुपमा विकास गर्न पर्यटन गुरुयोजना तर्जुमा गररनेछ ।

८। उद्योग तथा वाणिज्य
८।१। स्थानीय ज्ञान, सिप, स्रोत, साधन तथा परम्परागत एवं आधुनिक प्रविधि उपयोग गर्दै उत्पादन एवं उद्यमशीलतालाई प्रवर्द्धन गरी युवाहरुलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिइनेछ ।

८।२। स्थानीय स्तरमै न्यूनतम रोजगारी एवं जीविकोपार्जनका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

८।३। परम्परागत सीप, हस्तकला र प्रविधिलाई प्रवर्द्धन गरी युवालाई रोजगारीको अवसर गर्न ूसीपसँगै सहयोगू कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि मागमा आधारित उद्यमशीलता तथा सीप विकास तालिम, पूँजी, प्रविधि र बजारीकरणमा सहयोगको व्यवस्था मिलाइनेछ ।

८।४। शिवालयमा रहेका स्थानीय बजारहरुको नियमित बजार अनुगमन गरी स्वस्थ र स्वच्छ खाद्य बस्तु उपभोक्तालाई उपलब्ध गराउन आवश्यक नीति लिइनेछ । साथै व्यवसायीहरुको छाता संगठन निर्माणको आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

ख) सामाजिक विकास क्षेत्र
९। शिक्षा
९।१। समाजवाद उन्मुख शिक्षा प्रणालीको विकास यस सरकारको दुरदृष्टी हुनेछ भने स्थानिय सरकारको नजरमा शिक्षालाई उच्च प्राथमिक्तामा राखिने छ ।

९।२। समृद्ध शिवालय सुखि शिवालय वासी बनाउन शिक्षालाई सिप संग, सिपलाई श्रमसंग, श्रमलाई रोजगारी संग र रोजगारीलाई शिवालय गाउँपालिका निर्माणको एजेण्डासंग जोडन पहल गरिने छ ।

९।३। शिवालय गाउँपालिका भित्रको शिक्षालाई गुणस्तरयुक्त र प्रभावकारि बनाउन शिक्षा क्षेत्रलाइ आजको दिन र समय सुवाउदो बनाउन पहलकदमी गरिने छ।

९।४। यस शिवालय गाउँपालिका भित्र रहेका शैक्षिक जनशक्तिको चस्तदुरुस्त वौद्धक पक्षको विकास गर्ने हेतुका साथ वृहत पुस्तकालय निर्माणको पहल गरिने छ ।

९।५। शिक्षा क्षेत्रको विकास संघ,प्रदेश तथा स्थानिय सरकारको साझा दायित्वको विषय भएकोले यस पालिकालाई उच्च शिक्षाको मुलधारमा समावेश गर्न पालिका क्षेत्र भित्र एक स्नातक तह सम्मको उच्च शिक्षा प्रदायक संस्थाको निर्माण र स्थापना गर्न आवश्यक पहलकपदमी गरिने छ ।

९।६। आजको दिनमा देश कोभिड १९ बाट आंशिक ग्रस्त भएको परिप्रेक्ष्यमा कोरना भाइरसबाट मृत्यू हुने शिक्षक तथा विद्यार्थीका लागि आवश्यक राहतको ब्यबस्था मिलाइने छ।

९।७। यस शिवालय गाउपालिका भित्र कार्यरत राष्ट्रसेवक शिक्षकको मनोबल उच्च पार्न कोरना विमा गर्ने कार्यलाइ स्थानिय सरकारले तदारुकताका साथ पहल कदमी गर्ने छ ।

९।८। विद्यालय शिक्षालाइ थप किफायती र मजबुत सिद्ध गर्न शिक्षण सिकाइ सम्बद्ध सामाग्रीहरुको प्रवर्द्धन र वितरणमा स्थानीय सरकारले पहल गर्ने छ ।

९।९। शिवालय गाउँपालिका स्तरिय शैक्षिक सामाग्री निर्माणमा जोड दिई शैक्षिक सामाग्री प्रदशनी मेला आयोजना गरिनेछ ।

९।१०। त्भबअज यलचभ भ्बअज यलभ कार्यक्रमलाई बढुवा दिइने छ जसले साक्षर शिवालय वनाउन तथा असल अनुभव आदान प्रदान गर्ने नीति अबलम्बन गर्न सहयोग प्रदान गर्नेछ ।

९।११। समग्र सामुदायिक विद्यालयको शिक्षण सिकाइ सहजिकरण कार्यलाई चुस्तदुरुस्त बनाउन गाउँपालिकाका अध्यक्ष र शाखा, शाखा र प्र।अ,प्र।अ र शिक्षक विच कार्य सम्पादन करार सम्झौता गरिने छ ।

९।१२। काम अनुसारको दाम भन्ने अभियान चलाइने छ । जस्का लागि शिक्षकले कक्षाकोठामा विताउने समय र सिकाइ सहजिकरण जस्ता कुरालाई मनन गरी शैक्षिक उपलब्धिका आधारमा पुरुस्कृत गर्ने ब्यबस्था मिलाइने छ ।

९।१३। कुन महामारी कुन सायतमा आउछ भन्ने कुरा विश्वलाई पत्तो नभएको परिवेशमा बैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ सहजिकरण गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण सम्बन्धि निर्देशिका २०७७ अनुसार कार्य अगाडी बढाउन पर्वाधार संरचनाहरुको विकास गर्न पहल गरिने छ ।

९।१४। राम्रा अभ्यासको अनुगमन र ति अभ्यासहरुको आदानप्रदान गर्ने हेतुले आवश्यक्ताका आधारमा प्रतिफल मुखि शैक्षिक भ्रमण गराइने छ जसका लागि भ्रमणमा सहभागिले अनिवार्य रुपमा एक प्रति भ्रमण प्रतिवेदन शाखामा पेश गर्ने ब्यबस्था मिलाइने छ ।

९।१५। शिवालय गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको अनुगमन तथा नियमन गरि सार्वजनिक विद्यालय समायोजन एवंम एकिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०७७ अनुसार प्रतिफलमुखी हुने गरी विद्यालय समायोजन तथा एकिकरण अगाडि बढाइने छ ।

९।१६। यस गाउँपालिका भित्रका विद्यालय कर्मचारी९ विद्यालय सायक,वालविकास सहजकर्ता,कार्यलय सहयोगी० हरुको मनोबल उच्च पार्न श्रम ऐन अनुसार न्युनतन ज्याला उपलब्ध गराउन संघीय सरकारका अतिरिक्त स्थानीय सरकारले पनि आवश्यक पहल गर्ने छ ।

९।१७। विद्यालय शान्ति क्षेत्र सम्बन्धी कार्यविधिलाई आत्मसाथ गरि हो(हल्ला रहित तथा निर्धक्क तरिकाले शिक्षण सिकाइ सहजिकरण कार्यलाई बढुवा दिन क्रमागत घेरावार निर्माण कार्यलाई प्राथमिक्ता दिइने छ ।

९।१८। शिक्षकको क्षमता विकास नै शैक्षिक उपलब्धिको आधार हो,यसका लागि विद्यालय कर्मचारी तथा तह अनुसार विषयगत रुपमा शिक्षकको क्षमता विकास तालिममा विषेश जोड दिइने छ ।

९।१९। विद्यालयहरुमा क्ष्भ्ःक्ष्क् सम्बन्धि कार्य तथा लेखा श्रेस्ता प्रभावकारिताको लागि अभिमुखिकरण तालिम सञ्चालन गरिने छ ।

९।२०। एक विद्यालय एक सूचना ब्यक्ति वा सम्पर्क शिक्षक तोक्ने कार्यलाई अगाडी बढाइने छ जसका लागि एक थान मोबाइल र सिम कार्डको ब्यबस्था मिलाइने छ

९।२१। साक्षर तथा समुन्नत शिवालय गाउँपालिका निर्माणको कार्यलाई बढवा दिन आवश्यक्ताको आधारमा सामुदायिक सिकाइ केन्द्र वितरणमा जोड दिदै शिवालय गाउँपालिकाको वर्तमान साक्षरता प्रतिशतमा थप बृद्धि ल्याउन पहल गरिनेछ ।

९।२२। शैक्षिक पारदर्शिताका लागि एउटा शैक्षिक एपको निर्माण गर्न आवश्यक पहल गरिने छ।

९।२३। प्रापक सहितको अनुगमन र सुपरिवेक्षण कार्यलाई तदारुक्ताका साथ अगाडि बढाइने छ ।

९।२४। आवश्यक्ताको आधारमा पालिका भरिका विद्यालयहरुको शिक्षण सिकाइ सहजिकरण कार्यलाई प्रभावकारि बनाउन शिक्षक संख्या न्यून र कम भएका विद्यालयहरुलाई शिक्षण सिकाइ अनुदान स्वरुप रकम विनियोजित गरिने छ ।

९।२५। आजको दिनमा शिक्षा क्षेत्र प्रविधि मैत्री भएको परिप्रेक्षमा यस शिवालय गाउँपालिका भित्र सञ्चालित आधारभुत र माध्यमिक विद्यालयहरुमा कम्प्यूटर शिक्षक ब्यबस्थापनको लागि शिक्षण सिकाइ अनुदानको ब्यबस्थापन गरिने छ ।

९।२६। शिवालय गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु मध्यबाट एक जना प्रशिक्षक छनौट गरि नमुना विद्यालयमा सञ्चालन गरिने विहानी एसेम्ली कार्यक्रममा सहभागि गराइ राम्रा सिकाइ अनुभहरुको आदानप्रदान गर्नमा पहल गरिने छ ।

९।२७। विद्यालय अनुगमन तथा निरीक्षणलाई बैज्ञानिक, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक रणनिति अबलम्बन गरिने छ ।

९।२८। यस गाउँपालिकाका गरिब जेहन्दार विलार्थीहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनका लागि तोकिए बमोजिम सशर्त छात्रवृती उपलब्ध गराइने छ ।

९।२९। प्रत्यक विद्यालयमा एक गुनासो सुनुवाई समिति गठन गर्न पहल गरिने छ,जहाँ विद्यार्थीको क्षमता विकास कार्यलाइ बढवा दिइ प्रत्यक विद्यालयमा वालक्लब, स्काउट,जुनियर रेडक्रस सर्कल गठन गरिने छ ।

९।३०। स्वच्छ एवंम हरित पृथ्वी विद्यार्थीको हातमा हस्तान्तरण गर्न एक विद्यालय एक बगैचा तथा वृत हरित क्षेत्र निर्माणको कार्यलाई प्रभावकारी रुपले अगाडि बढाइनेछ।

९।३१। शिवालय गाउँपालिका भित्र बासस्थान रहेका वालवालिका जो जेहनदार,अपाङ्ग,आर्थिक रुपले विपन्न ,दृष्टिविहिन,बहिरा छन उनिहरुको पठनपाठन निःशुल्क हुनेछ जसका लागि छात्रवृत्तिमा बढवा गरिने छ ।

९।३२। सबै बालवालिकाले कक्षा आठ सम्मको शिक्षा प्राप्त गर्न सकुन भन्ने हेतुले कक्षा ८ सम्म पठनपाठन नगराउने अविभावकको सरकारी सेवा सुविधा पुर्ण रुपमा रोक्का राख्न एक जाँचबुज समितिको गठन गरिने छ ।

९।३३। शिवालय गाउँपालिका भित्रका प्रत्यक वडामा वाल उद्यान, अनौपचारिक शिक्षा, शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन र ब्यबस्थापन गरिने छ ।

९।३४। प्रत्येक वडामा स्रोत साधनको आकलन गरि पुस्तकालय,वाचनालय,सामुदायिक सिकाइ केन्द्र बालकलव तथा वाल सञ्जाल स्थापना जस्ता कार्य गरिने छ जसमा स्थानीय सरकार पुर्ण रुपमा प्रतिबद्ध रहनेछ।

९।३५। प्रत्येक विद्यालयको प्रत्येक त्रैमासिक सिकाइ उपलब्धिको मुल्याङ्कन गर्न शिक्षक अविभावक बैठक बस्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि आवश्यक राय परामर्श दिने व्यवस्था मिलाइनेछ ।

९।३६। शिवालय गाउँपालिका भित्र मानव स्रोतसाधनको विकास गर्नको लागि निजामती सेवा र शिक्षक सेवा आयोगको लागि लिइने परीक्षाको तयारी कक्षामा ५० जना प्रतिस्पर्धीहरु वरावर खर्च रकमको जोहो गर्न स्थानीय सरकारले आवश्यक पहल गर्नेछ ।

९।३७। गुणस्तरीय शिक्षण सिकाईका लागि उपयुक्त भौतिक पूर्वाधारको आवश्यकता पर्दछ । यसका लागि विद्यार्थीको अनुपातमा फर्निचर र विद्यार्थीको अनुपातमा कक्षा कोठा निर्माण गर्ने र विद्यालयहरुलाई मरमत संभार तथा रङ्गरोगन गर्दै लिइनेछ ।

९।३८। विद्यालय भवन निर्माणका कामहरु सम्बन्त्धमा चालु आ।व। २०७७र७८ को अन्तिमसम्म निर्माण नभएका योजनाहरुको हकमा यसै आर्थिक वर्ष सम्पन्न गर्ने र यदि कुनै कारणवस सम्पन्न हुन नसकेमा सो कार्यको निरन्तरता दिइनेछ ।

९।३९। शिवालय गाउँपालिकाबाट स्थापना गरिएका सामुदायिक बाल विकास केन्द्रका बाल विकास सहजकर्ताहरुका लागि नेपाल सरकारले संचालन र व्यवस्थापन गरिएका बाल विकास सहजकर्ता सरह पारिश्रमिक उपलब्ध गराउने नीति लिइनेछ ।
१०। युवा तथा खेलकु

१०।१। युवा क्षमता अभिवृद्धिको लागि युवा स्वरोजगार कार्यक्रमलाई बढवा दिइने छ ।

१०।२। युवा स्वरोजगार कार्यको लागि स्थानिय तह स्तरिय सौलियत कर्जाको ब्यस्थापन गरिने छ जसका लागि स्थानिय सरकारले एक कोष तथा अक्ष्यको निर्माण गर्ने छ ।

१०।३। वालवालिकाहरुको सामाजिक,संस्कृतिक,वौद्धिक तथा सर्वाङ्गिण पक्षको विकास र क्षमता अभिवृद्धिका लागि पालिका स्तरिय अन्तर विद्यालय स्तरिय अतिरिक्त तथा सह क्रियाकलापहरुलाई बढवा दिइने छ ।

१०।४। अतिरिक्त सह( क्रियाकलापलाई बढवा दिन विद्यालयस्तरमा नीतीमा ब्यबस्था भए बमोजिम कम्तिमा एक महिनामा ९० घण्टा तथा वर्ष दिनमा १०८० घण्टा विद्यालयमा अनिवार्य रुपमा क्रियाकलाप सञ्चालन गर्न विद्यालयलाई सहुलियत स्वरुप अनुदान प्रदान गरिने छ ।

१०।५। विद्यालय शिक्षाको क्षमता वृद्धि, विकास र गुणस्तरिय शिक्षाको एक कडिका रुपमा परिचित रहेको खेलकुद जगतको विकासका लागि पालिका स्तरमा साताब्याप्पी राष्ट्रपति तथा अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने छ ।

१०।६। पाँच वर्ष उम्मेर समूह देखि १६ वर्प उम्मेर समुहका वालवालिकाको क्षमता विकास कार्यलाइ बढुवा दिइ प्रत्यक विद्यालयमा वालक्लब, स्काउट,जुनियर रेडक्रस सर्कल गठन गरिने छ ।

१०।७। विद्यालय शिक्षाको खेलकुद जगतलाई बढवा दिन प्रत्यक विद्यालयमा मौजुदा शिक्षक दरबन्दी मध्यबाट एक खेलकुद शिक्षकको जिम्मेवारी तोक्न विद्यालय र पालिका विच करार सम्झौता गरिने छ जस्को क्षमता अविवृद्धि गर्न पालिका भरिका विद्यालयको खेल जगतको सिरोधार्य होस भन्ने हेतुले पालिका स्तरिय खेलकुद शिक्षकको ब्यबस्थान गर्न पहल गरिने छ ।

११। स्वास्थ्य तथा बहुक्षेत्रीय पोषण

११।१। कोभिड(१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थितिमा पनि कोरोना विरुद्ध प्रतिकार्य गर्दै यसको नियन्त्रण, रोकथाम तथा औषधिको उचित व्यवस्था गरी शिवालयबासीहरुलाई कोरोनाको महामारी मुक्त गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी लागु गरिने छ ।

११।२। कोभिड नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर लगायत अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य सामग्रीको सहज आपूर्ति तथा उपलब्ध गराइने छ ।

११।३। शिवालय गाउँपालिका अस्पताललाई साधन स्रोत सम्पन्न गरी दक्ष जनशक्ति मार्फत सेवा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गरिनेछ । अस्पतालको थप पूर्वाधारको व्यवस्था मिलाइनेछ ।

११।४। शिवालय गाउँपालिकाका सबै नागरिकहरुलाई कोभिड(१९ विरुद्धको खोप लगाउन नेपाल सरकार र प्रदेश सरकारसंग समन्वय गरिनेछ ।

११।५। रोजगारीको सिलसिलामा भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुको शिवालय प्रवेश विन्दुमा कोरोनाको परीक्षणको व्यवस्था मिलाइनेछ । कोभिड(१९ को परीक्षणको दायरा र क्षेत्रलाई व्यापक विस्तार गरी समुदायस्तरमा पु(याइनेछ ।

विकट वस्तीका जटिल लक्षण देखिएका संक्रमितहरुको एम्बुलेन्सबाट उद्दार गरी नजिकको अस्पतालसम्म पु(याइनेछ ।

११।६। अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुको लागि निःशुल्क उपचार र पोषिलो आहार गाउँपालिकाबाट उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।

११।७। कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जवखिम भत्ता र निःशुल्क उपचार उपलब्ध गराइनेछ । साथै कोभिड(१९ रोकथाम, उपचार तथा प्रतिकार्य व्यवस्थापनका लागि कोषको स्थापना र संचालन गरिनेछ ।

११।८ महामारी नियन्त्रणका लागि गरिएका बन्दाबन्दी र निषेधाज्ञाबाट प्रभावित दैनिक ज्याला मजदुरी गरिखाने वर्गलाई खाद्यान्न तथा राहत उपलब्ध गराइनेछ । जीविकोपार्जन तथा आयमूलक प्रकृतिका कार्यक्रमहरुलाई यस तर्फ एकिकृत गरिनेछ ।

११।९। कुनै पनि महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि सबै स्वास्थ्य केन्द्रहरुको पूर्वाधार विकास लगायत औषधि तथा स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था गरिनेछ ।

११।१०। स्वास्थ्य संस्थाहरुमा बाह्रै महिना औषधी, स्वास्थ्य उपकरण र अन्य स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाइनेछ ।

११।११। स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत महिला स्वयम् सेविकाहरुको योगदान र भूमिकाको उच्च कदर गर्दै पेशा प्रति कटिबद्ध बनाउन थप प्रोत्सहानको व्यवस्था मिलाइनेछ ।

११।१२ यस शिवालय गाउँपालिकामा महिला, किशोरी र बालबालिकामा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यका साथ बहुक्षेत्रीय पोषण योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्नलाई यस आबका लागि यस शिवालय गाउँपालिकाले केही प्रतिसत समपुरक कोष ९ःबतअजष्लन ागलम० को व्यबस्था गर्नेछ ।

११।१३ बहुक्षेत्रीय पोषण योजना अन्तरगत पोषण मैत्री स्थानीय शासन९ल्ँीन्० अबलम्बन गर्न पोषण मैत्री वार्ड घोषणाका लागि बिशेष अभियान सन्चालन गर्ने छ ।

यस्का लागि एक वडा, एक पोषण मैत्री नमुना गाउको अभियान यसै बर्षबाट कार्यान्वयन गरिनेछ । वडाले प्राप्त गर्ने बजेटबाट समेत बजेट बिनियोजन गरी वार्ड घोषणा अभियानलाई बिशेष प्राथमिकतामा राखि कार्य गरिनेछ । यस बर्ष २ नं। वार्डलाई पोषण मैत्री वार्ड घोषणा गरिनेछ ।

११।१४ नेपालका महिला, किशोरी र बालबालिकामा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यले नेपाल सरकारको प्राथमिकतामा रहेको बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनलाई यस शिवालय गाउपालिकाले उच्च प्राथमिकतामा राख्ने छ ।

सोही अनुरुप आ।ब।को २०७८।०७९को लागि नेपाल सरकारबाट प्राप्त हुने बजेट र यस गाँउपालिकाले छुट्याएको समपुरक रकम समेतलाई बिषयगत तथा क्षेत्र गत बिनियोजन गरी पोषण सुधारको लागि तोकिएको क्रियाकलापमा खर्च गरीने छ ।

११।१५ बहुक्षेत्रीय पोषण योजनाले निदृष्ट गरेका उपलब्धी तथा प्रतिफल प्राप्तीको लागि बिषयगत शाखा र साझेदार निकायहरुसंग मिलेर पोषण लक्षित र सम्बेदनशिल क्रियाकलाहरु सन्चालन गरिनेछ र महिला बालबालिका लक्षित कार्यक्रम जस्तैः बाल पोषण अनुदान, खोप कार्यक्रम, बाल मैत्री स्थानीय शासनमा आदिमा समेत बहु क्षेत्रीय पोषण योजनालाई समाबेश गर्दै लगिने छ ।

११।१६ नगर तथा गाँउ पालिकाको पोषण सम्बन्धी सुचना, तथ्यांकहरुको व्यबस्थापनको कमी भएको कुरालाई महशुस गर्दै गाँउपालिकामा पोषणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहकार्यमा गाउँपालिका स्तरीय पोषण पाश्र्व चित्र९ ल्गतचष्तष्यल एचयाष्भि० यसै बर्ष भित्र तयार गरिने छ ।

११।१७ समाजमा बिद्यमान कुरुती जस्तैः छाउपडी, बाल बिबाह र छुवाछुत जस्ता संस्कार र बिकृती अन्त्यका लागि ठोस नियम बनाई कार्यान्वयन गर्ने ।

११।१८ सवैस्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता गरिनेछ ।

१२। खानेपानी तथा सरसफाई

१२।१। मावनको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको स्वच्छ खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न आगामी दुई वर्ष भित्र एक घर एक धाराको नीति बमोजिम खानेपानी योजना चालन गरिनेछ । जल उपयोग गुरुयोजनाले प्राथमिकता निर्धारण गरे अनुसार खानेपानी योजना निर्माण गर्दै जाने नीति लिइनेछ ।

१२।२ खानेपानीका मुहानहरु वर्षेनी सुक्दै गएको हुँदा मुहानहरुको संरक्षणको लागि एक गाउँ एक रिचार्ज पोखरी निर्माणको नीति अवलम्बन गरिनेछ ।

१२।३। खानेपानी तथा सरसफाईको आवश्यकतालाई परिपूर्ति गर्न संघ सरकार, प्रदेश सरकार, विभिन्न विकास साझेदार निकायहरु तथा गैर सरकारी संघ संस्थाहरु सँग सहयोग समन्वय र साझेदारी गर्न पहल गरिनेछ ।

१२।४। ग्राविटी प्रणालीबाट खानेपानी आपूर्ति गर्न नसकिने गाउँ बस्तीमा लिफ्ट प्रणाली तथा वर्षाको पानी संकलन प्रणालीबाट खानेपानीको पहुँच बृद्धि गरिनेछ ।

१२।५। खानेपानी र सरसफाई क्षेत्रलाई एकिकृत गरी संचालन गरिनेछ ।

१२।६। फोहरजन्य बस्तु व्यवस्थापनको लागि डम्पिङ साइट पहिचान गरी निर्माण गरिनेछ ।

१२।७। एक घर एक पक्की शौचालय, चाङ् र फोहर खाडल निर्माण अभियान संचालन गरिनेछ ।

१३। महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग तथा पिछडिएको वर्ग

१३।१ विकास निर्माणका सबै प्रक्रियामा अर्थपुर्ण सहभागिता सुनिश्चित गरिनेछ । लैङ्गिक समताको विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

१३।२ महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन सीपमूलक तालिम संचालन गरिनेछ ।

१३।३ महिला तथा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा तथा दुर्व्यवहारहरु न्यूनीकरण सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।

१३।४ ूमानव सभ्यताको सम्मानः छुवाछुत र सामाजिक कुरीति बिरुद्धको अभियानू भन्ने नाराका साथ सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१३।५ महिला दलित शारीरिक अशक्त जेष्ठ नागरिक र बालबालिका मैत्री कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

१३।६ जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर संचालन गरिनेछ ।

१३।७ दलित, पिछडिएको वर्ग तथा अशक्तहरुका लागि उनीहरुको सीप र क्षमता अनुसारको कार्यक्रम संचालन गरी आर्थिक सशक्तिकरण गराउदै लगिनेछ ।

१३।८ किशोरीहरुका लागि जीवन उपयोगी र व्यवसायिक सीप विकाससम्बन्धी विभिन्न तालिम कार्यक्रम संचालन गरिनेछ ।

१३।९ सामाजिक कुरीतिका रुपमा रहेको छुवाछुत, बोकेसी प्रथा, बाल बिवाह तथा बहु बिवाह बिरुद्ध आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।

१३।१० अनाथ बालबालिका तथा हिंसा पिडित महिलाहरलाई सहयोग गर्न आवश्यक कार्यविधि बनाइ राहत तथा आर्थिक सहायता प्रदान गर्ने नीति लिइनेछ ।

१३।११ ५५ वर्ष उमेर पुरा भएका एकल पुरुष तथा ४० वर्ष उमेर पुरा भएका अविवाहित महिला र पुरुषाहरुलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ ।

९ग० पूर्वाधार विकास क्षेत्र
१४ सडक यातायात
१४।१ सबै वडा कार्यालय जोड्ने सडकहरुलाई आगामी आ।व। मै सम्पन्न हुने गरी प्राथमिकतासाथ निर्माण गरिनेछ ।

१४।२ निर्माण सम्पन्न भएका सडकहरु स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिई निर्माण सम्पन्न गरिनेछ ।

१४।३ गाउँपालिकाको केन्द्रसम्म सडकलाई कालोपत्रे गर्न संघ र प्रदेश सरकारसँग आवश्यक सहयोग तथा समन्वयका लागि पहल गरिनेछ ।

१४।४ बालुवा, वडाकाँडा, चिनेकम्द, कचाली, चिउदुवा, आले हुँदै मोर्कसम्मको शिवालय रिङरोड आयोजनालाई उच्च प्राथमिकतासाथ निर्माण सम्पन्न गरिनेछ ।
१४।५ पूर्वाधार विकास निर्माणका कार्यहरु कार्यान्वयन गर्न नीजि क्षेत्रको सहभागितालाई प्राथमिकता दइनेछ ।

१४।६ शिवालयबासी नागरिकहरुलाई सेवा केन्द्र र बजारसम्म जानको लागि सुलभ यातायात सेवा उपलब्ध गराउनको लागि गाउँपलिका यातायात सेवा सुचारु गर्न जोड दिइनेछ ।

१५। सडक पुल तथा झोलुङ्गे पुल
१५।१ छेडा कचाली सडक खण्ड अन्तरगतका विभिन्न खोलाहरु मा सडक पुल निर्माणको लागि संघीय सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

१५।२ क्रमागत झोलुङ्गे पुलहरुलाई आगामी आ।व।मा सम्पन्न गरी नयाँ झो।पु। हरुको पहिचान गरी निर्माण कार्य शुरुवात गरिनेछ ।

१६। भवन निर्माण
१६।१ सार्वजनिक तथा नीजि भवन निर्माण गर्दा शिवालय गाउँपालिकाको भवन निर्माण मापदण्ड र भवन निर्माण तथा नक्शा पास सम्बन्धी कार्यविधि, २०७७ स्वीकृत भैसकेकोले यसको पुर्ण परिपालना गर्ने गराउने व्यवस्था मिलाइनेछ ।

१६।२ गाउँपालिकामा निर्माण हुने सार्वजनिक तथा निजि भवनहरु निर्माण गर्दा भवन निर्माण आचार संहिता पालना गर्ने नीति अवलम्वन गरिनेछ ।

१६।३ आगामी आ।व। मा सबै वडा कार्यालयहरुका भवन र आधारभूत स्वास्थ्य केन्द्रका भवनहर निर्माण सम्पन्न गरिनेछ ।

१६।४ गाउँपालिका भित्र निर्माण गरिने सार्वजनिक भवनहरु बालमैत्री, अपाङ्ग मैत्री, जेष्ठ नागरिक मैत्री र लैङ्गिक संवेदनशीलतालाई मध्यनजर गरी निर्माण गर्ने गराउने व्यवस्था गरिनेछ ।

१६।५ भौतिक पूर्वाधारका योजनाहरु समयमै समेपन्न गर्नको लागि चौमासिक कार्यतालिका बनाई कार्यान्वयन गरिनेछ ।
१७। ऊर्जा
१७।१ गाउँपालिकाको केन्द्र र केही वडाहरुमा केन्द्रीय विद्युत प्रसारण लाइन जडान गर्न आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

१७।२ केन्द्रीय विद्युत प्रसारण नपुगेको वडा बस्तीहरुमा सौर्य ऊर्जा, वायो ग्यास, लघु जलविद्युत जस्ता वैकल्पिक ऊर्जाका प्रविधि मार्फत उज्यालो शिवालय बनाउन आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

१७।३ उज्यालो शिवालय कार्यक्रमका लागि ग्रामीण विद्युतीकरण विभाग, प्रदेश सरकार तथा अन्तराष्ट्रिय विकास साझेदार निकायहरुसँग समन्वय र साझेदारी विकास गरिनेछ ।
१८। सूचना तथा सञ्चार

१८।१ शिवालय गाउँपालिकामा नियमित रुपमा टेलिफोन संचालनको लागि नेपाल टेलिकमको ध्यानाकर्षण गराइनेछ ।

१८।२ नेटको सुविधालाई प्रतिस्पर्धी र गुणस्तरिय सेवाको लागि अन्य सेवा प्रदायक कम्पनिहरुको लगानी आकर्षित गर्न पहल गरिनेछ ।

१८।३ सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र आधुनिक बनाउन प्रविधि मैत्री प्रशासनको विकास गरिनेछ ।

१८।४ गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु विद्युतीय प्रणालीमा आवद्ध गर्न पहल गरिनेछ । उक्त कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि कार्यरत जनशक्तिलाई आवश्यक तालिम संचालन गरिनेछ ।
९घ० वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

१९। वन तथा वातावरण

१९।१ सामुदायिक वनमा यस वर्षा आगलागी भई वनको व्यापक विनास भएको छ । यसको दिर्घकालीन रोकथामको लागी सामुदायिक वन समूहहरुलाई जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।

१९।२ सामुदायिक वन उपभोक्ता समूहरुको सहकार्य र साझेदारीमा नाङ्गा डाँडा तथा खाली जमिनमा बृक्षारोपन जस्ता कार्यहरु गरिनेछ ।

१९।३ सबै वडाहरुमा बहुउद्देश्यीय एक वटा नर्सरी स्थापना र संचालन गर्न आवश्यक कार्यक्रम ल्याइनेछ । पालिकामा एक स्रोत नर्सरी स्थापना र संचालन गरीनेछ ।

१९।४ हरित सडकको अवधारणा अनुसार यस गाउँपालिकामा निर्माण भएका सडक छेउछाउ बृक्षारोपन गरिनेछ ।

२०। जलवायु परिवर्तन

२०।१ जलवायु परिवर्तनको असर तथा प्रभावहरुसँग जुध्न स्थानीय अनुकुलन योजना तर्जुमा भै सकेको छ । उक्त योजना अनुसार जलवायु परिवर्तन सम्बन्धी क्रियाकलापहरु संचालन गरिनेछ ।

२०।२ सामुदायिक वन उपभोक्ता समूहरुको सहकार्य र साझेदारीमा नाङ्गा डाँडा तथा खाली जमिनमा पानी पोखरी ९ध्बतभच च्भअजबचनभ एयगलम० निर्माण गरिनेछ ।
२०।३ जलवायु परिवर्तनको असरबाट जोखिममा परेका समुदायलाई सहयोग गर्नको लागि जलवायु उत्थानशील योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

२०।४ जलवायु परिवर्तनको असर र प्रभावलाई न्यूनीकरण गर्न विभिन्न विकास साझेदार निकायहरुसँग समन्वय र साझेदारी विकास एवं विस्तार गरिनेछ ।

२०।५ वाढी पहिरोबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जैविक तथा संरचनागत नियन्त्रणको कार्यलाई निरन्तरता दिइनेछ ।

२१। विपद् व्यवस्थापन
२१।१ विपद्का घटनाहरुलाई प्रभावकारी रुपमा खोज, उद्दार र राहतका कार्यहरुलाई व्यवस्थित गर्न विपद् व्यवस्थापन प्रतिकार्य योजना जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थाहरुको समन्वय र सहकार्यमा तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

२१।२ विपद् व्यवस्थापन कार्यलाई शिघ्र तथा प्रभावकारी बनाउन एक स्थानीय विपद् व्यवस्थापन कोष स्थापना गरी संचालनमा ल्याइनेछ ।

२१।३ आकास्मिक पहिरो तथा नदी नियन्त्रण कार्यक्रम, एकिकृत भू संरक्षण तथा जलाधार क्षेत्रको व्यवस्थापन गरिनेछ ।

२१।४ शिवालय गाउँपालिकाको पहिरो जोखिम क्षेत्र र नदी तथा खोलाबाट हुने जोखिम न्यूनीकरण गर्न नेपाल सरकार, प्रदेश सरकार तथा विभिन्न विकास साझेदार निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

९ङ० संस्थागत विकास, सेवा प्रवाह र सुशासन
२२। संस्थागत विकास
२२।१ जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनेछ ।

२२।२ संस्थागत विकास तथा क्षमता विकासको लागि संगठन विकास योजना र क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

२२।३ टोल विकास संस्था स्थापना र गठन सम्बन्धी कार्यविधिको आधारमा गाउँपालिकाको सबै टोल बस्तीहरुमा टोल विकास संस्था निर्माण गरी कार्यान्वयन गरिनेछ । यसका लागि स्थानीय गैर सरकारी संस्था परिचालन गर्ने नीति लिइनेछ ।

२३। सेवा प्रवाह
२३।१ छिटो छरितो तथा गुणस्तरीय सेवा प्रवाह गर्नको लागि कार्यालयहरुको भौतिक संरचनाहरु निर्माण गरी प्रयोगमा ल्याइनेछ ।

२३।२ प्रशासनिक प्रक्रियालाई जनमुखी तुल्याउन सेवाग्राही सहायता कक्ष र सोधपुछ कक्षको व्यवस्था मिलाइनेछ ।

२३।३ व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई पारदर्शी तथा प्रभावकारी बनाउन नेपाल सरकारले संचालनमा ल्याएको घटना दर्ता सामाजिक सुरक्षा सम्बन्धी सूचना व्यवस्थापन प्रणाली ९ख्भ्च्क्ए(ःक्ष्क्० संचालनमा ल्याइनेछ ।

२३।४ सबै कर्मचारीहरुको कार्य विवरण तयार गरी लागु गरिनेछ । शाखागत रुपमा अख्तियारी प्रदान गरी सेवा प्रवाहलाई छिटो छरितो बनाइनेछ ।
२३।५ शान्ति सुरक्षालाई व्यवस्थित गर्न आवश्यक कार्यक्रमहरु ल्याइनेछ ।
२४। सुशासन
२४।१ गाउँपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको पारदर्शिता बढाउन सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, नागरिक प्रतिवेदन पत्र तथा योजना स्थलमा आयोजना सूचना पाटी राख्ने प्रक्रियालाई कडाइका साथ लागु गरिनेछ ।

२४।२ गाउँपालिका कार्यालयमा एक सुविधा सम्पन्न सूचना तथा अभिलेख केन्द्र स्थापना गरिनेछ । सूचना तथा अभिलेख केन्द्रमा गाउँपालिकाका प्रमुख गतिविधिलाई श्रव्य दृष्य तथा संचार माध्यमबाट सार्वजनिक गरिनेछ ।

२४।३ गाउँपालिकाबाट हुने सम्पुर्ण खरिद सम्धन्धी कार्य गर्दा सार्वजनिक खरिद ऐन नियमावली मातहत रही खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना तयारी गरी सोको आधारमा प्रतिस्पर्धी विधिबाट खरिद गर्ने व्यवस्था मिलाइनेछ ।

२४।४ गाउँपालिकाबाट तर्जुमा गरिएका ऐन नियम कार्यविधि लगायत गाउँपालिका तथा गाउँसभाबाट स्वीकृत भएका सम्पुर्ण दस्तावेजहरु वेवसाइटबाट सूचना प्रवाह गरिने कार्यलाई निरन्तरता दिदै थप सुदृढ गरिनेछ ।

२५। स्थानीय न्याय सम्पादन
२५।१ सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना भै सकेका छन । ती मेलमिलापकर्ताहरु दक्ष बनाउन आवश्यक नीति लिइनेछ ।

२५।२ न्यायिक समितिको ईजलासको व्यवस्था गरी न्याय निरुपनमा छिटो छरितो प्रक्रिया अवलम्बन गरी न्याय सम्पादन गरिनेछ ।

२५।३ महिला हिंसा तथा जातीय छुवाछुत जस्तो विषयमा कुनै पिडित अन्य न्यायिक निकायमा जानु पर्ने अवस्था भएमा गाउँपालिकाबाट सामान्य सहयोग गर्ने नीति लिइनेछ ।

२६। राजशव तथा प्रशासनिक सुधार
आगामी आ।ब ०७८र०७९ को राजश्व संकलन तथा प्रशासनिक सुधारका लागि यस गाउँपालिकाको राजश्व परामर्श समितिको सुझाव समेतलाइ मध्येनगर गरी देहाय बमोजिम राजश्व संकलन तथा राजश्व प्रशासन सम्बन्धि निति अवलम्बन गरिने नितिगत व्यवस्था मिलाइएको छ ।

२६।१ यस शिवालय गाउँपालिका अन्तगर्त वसोवास गर्ने सबै वर्ग जात जाती पेशा र व्यवसायका नागरिकहरुलाइ सामान्य करको दायरा भित्र ल्याउन साविकमा लागाइएका करका दरहरुमा हेरफेर गर्नुका साथै करका दायरा विस्तारमा प्राथिमिकता दिइएको छ ।

२६।२ गाउँपालिका भित्र संचालन गरिने स्थानिय घरेलु उद्योगलाइ प्रोत्साहित गरी व्यवसाय प्रर्वद्धन र रोजगारी सृजनामा टेवा पुग्ने गरी यस्ता उद्योग व्यवसायको दर्ता शुल्क २५ ५ ले छुट दिने तथा बार्षिक तिर्नुपर्ने करमा २ ५ का दरले छुट दिने व्यवस्था मिलाइएको छ ।

२६।३ गाउँपालिकाको आन्तरिक आय श्रोतलाइ वृद्धि गर्न करको श्रोत वृद्धि गर्नुपर्ने भएकोले करको दर भन्दा दायरा फराकिलो बनाउन राजश्व परामर्श समितिको सुझावलाइ समेत दृष्टिगत गरी सोही बमोजिम राजश्वको दायरा विस्तार गरिएको छ ।

२६।४ चालु आ।ब ०७७र०७८ मा कार्यान्वयनमा रहेका विभिन्न सेवा शुल्क दस्तुरका दरहरुमा कुनै परिवर्तन नगरी साविक बमोजिम नै आगामी आ।ब मा लागु हुने गरी निरन्तरता दिइएको छु ।

२६।५ आगामी आ।ब २०७८र०७९ मा लागु हुने गरी गाउँसभाबाट स्वीकृत भएका कर राजश्व गैरकर राजश्व सेवा शुल्क तथा दस्तुरहरु समयमै संकलन गर्ने र आन्तरिक श्रोतको लक्ष्य पूरा गर्ने र सो जनशक्तिले नपूग हुने देखिएमा निश्चित अवधि सम्म काम गरी थप जनशक्तिको व्यवस्थापन गरिनेछ ।

२६।६ आगामी आ।ब ०७८र०७९ मा गाउँपालिकाको आन्तरिक श्रोतको महत्वपूर्ण अंश रहेको स्थानीय राजश्व बृद्धिका लागि नीतिगत, कानूनी र संरचनागत सुधारका लागि आवश्यकता अनुसार राजश्व परामर्श समितिको मातहत रहने गरी अनुसन्धान टोली गठन गर्ने साथै बजार अनुगमनलाई तिव्रता दिइनेछ ।

२६।७ जनताले तिरेको कर जनताकै लागि भन्ने नारा स्थापित गर्न आन्तरिक श्रोतबाट संकलित रकम जनताले सेवा सुविधा विस्तार गर्ने कार्यमा नै लगानी गर्न बिशेष नीतिगत व्यवस्था गरिएको छ ।

२६।८ राजश्व प्रशासन सूचना प्रविधिको उपयोग गर्ने नीति अवलम्बन गर्नुको साथै पालिकाका सबै वडाहरुमा राजश्व संकलन सम्बन्धी सफ्टवयर जडानमा प्राथमिकता दिइनेछ ।

२६।९ राजश्व प्रशासनमा काम गर्ने जनशक्तिको क्षमता विकास सम्बन्धी योजना तयार गर्नुको साथै राजश्व परिचालनको नियमित अनुगमन तथा लक्ष्य अनुसारको राजश्व संकलन भए नभएको समिक्षा गर्ने परीपाटीको विकास गरिनेछ ।

२६।१० पालिकामा रहेको करदाता मध्ये समयमै कर बुझाई पालिकालाई सहयोग गरेका उत्कृष्ट करदाता छनौट गरी पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।

२७। कोभिड(१९ रोकथाम तथा नियन्त्रणको लागि नेपाल लगायत विभिन्न मुलुकले जारी गरेका बन्दाबन्दीका कारण रोजगारी गुमाइ घर फर्केका नागरिकहरुलाई उनीहरुकी आधारभूत रोजगारीको लागि ूशिवालय रोजगार कार्यक्रमू कार्यक्रम संचालन गरी कम्तिमा बीस दिनको रोजगारी सिर्जना गरिनेछ ।

साथै उनीहरुको सीप र क्षमताको पहिचान गरी गाउँपालिकाबाट संचालन गरिने कृषि, पशु पालन, उद्योग तथा विकास निर्माणका योजनाहरुमा समावेश गरी रोजगारी दिइनेछ ।

सभाका उपाध्यक्षज्यू तथा सभाका सदस्यज्यूहरु
२८। प्रस्तुत नीति तथा कार्यक्रम तयारी गर्ने क्रममा सल्लाह सुझाव दिइ योगदान गर्नु हुने संघीय तथा प्रदेश माननीयज्यूहरु, जिल्ला समन्वय समितिका संयोजकज्यू, सभाका उपाध्यक्षज्यू, वडा अध्यक्ष लगायत कार्यपालिकाका सदस्यज्यूहरु, सभाका सदस्यज्यूहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, विकास साझेदार निकायका प्रतिनिधिज्यूहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, संचारकर्मीज्युहरु, नागरिक समाजका प्रबुद्ध व्यक्तित्वज्यूहरु, विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिज्यूहरु, यस क्रममा खटिने प्रमुख प्रशासकीय अधिकृत लगायत सहित यसमा संलग्न कर्मचारीहरु लगायत शिवालयबासी आम नागरिकहरुलाई हार्दिक धन्यावाद व्यक्त गर्दछु ।

२९। अन्तमा प्रस्तुत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयनबाट शिवालयबासी आम नागरिकको गरिबी, व्यरोजगारी, पछौटेपनको अन्त्य भै समृद्ध शिवालय गाउँपालिका हुने अपेक्षा गरेको छु । यो नीति तथा कार्यक्रम सफल कार्यान्वयनको लागि शिवालयबासी नागरिकहरुको सक्रिय सहभागिता र सहयोग रहने छ भन्ने आशा गरेको छु ।
धन्यवाद
नरेन्द्र कुमार शाही
गाउँपालिका अध्यक्ष
शिवालय गाउँपिलका सिमा, जाजरकोट
ईतिसंवत २०७८ साल ३ महिना १० गते रोज ५ शुभम्

May be an image of 2 people, people sitting and indoorMay be an image of 2 people, people sitting and indoor