१० असार २०७८, बिहीबार

राट्रपतिद्धारा राष्ट्रियसभाको बैठक १७ गतेका लागि आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको सो कार्यालयले जनाएको छ ।