काठमाण्डौँ, गायक सुकदेव अधिकारी र गायिका मेलिना राईको स्वरमा नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको प्रस्तुती रहेको म्युजिक भिडिओ ‘के भनौं हजुर’ भावना म्यूजिक सोलुसनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडिओमा नायिका आँचल शर्मा र विमल अधिकारीको अभिनय छ ।
विमलको लय/शब्द रहेको गीतको म्युजिक भिडिओको निर्देशन काजी श्रेष्ठले गरेका छन् ।
















































। १४ फाल्गुन २०७६, बुधबार