सरकारी विद्यालयको शुल्कप्रति अखिल(क्रान्तिकारी) गम्भीर ध्यानाकर्षण

खलंगा, ६ असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले महामारीको वेला सरकारी विद्यालयले लिएको शुल्क प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आईतबार प्रेस विज्ञप्ती जारी गर्दै महामारीको वेला सरकारी तथा निजी सबै विद्यालय बन्द छन् तर अधिकांश विद्यालयले शुल्क उठाईरहेका छन् यस प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले भने, ‘राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षामा आज सरकारी विद्यालयहरुले समेत यसरी मनोमानी ढंगले शुल्क उठाई राख्दा राज्यको जवाफदेहीता शुन्य प्राय: हुनु अत्यन्तै लज्जास्पत बिषयको कुरा हो । सदरमुकाम खलंगामा रहेको त्रिभुवन माद्यामिक विद्यालयले जुन शुल्क तोकेर सुचना प्रकाशन गरेको छ, यसप्रति संगठनको गम्भीर ध्यानआकर्षण भएको छ ।’

आज सरकारी विद्यालयहरुले समेत यसरी मनोमानी ढंगले चर्को शुल्क उठाउनुले आम अभिभावकहरुलाई नराम्रो संग ढाड सेक्ने काम गरेको कारण हाम्रो संगठनले घोर आपत्ति प्रकट गर्दै राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षा नियुक्तिको विपरीत शिक्षालाई निजीकरण,व्यापारीकरण, दलालीकरण, भ्रष्टीकरण र माफियाकरण गर्नले आज राज्यका शैक्षिक सस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुन पुगि विद्यार्थी र आम जनसमुदायहरुलाई थिलोथिलो पारिरहेको अवस्था छ त्यसकारण विद्यालयले कोरोना महामारीको अवस्थामा शैक्षिक संस्थाहरु नै बन्द भएको बेला तोकिएको शुल्कलाई खारेज गर्न र आम विद्यार्थीहरुलाई अनावश्यक शुल्क नतिर्न पनि अपिल गर्दछौ भनी विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती  :
जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) निरन्तर रुपमा शैक्षिक रुपान्तरण, शैक्षिक अधिकार र वैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्ति तथा विभिन्न परिवर्तनकारी आन्दोलनहरुको नेतृत्व गरेको कुरा जगजाहेर नै छ ।

विगत लामो समय देखि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो चरणको विपत्तिले यतिबेला पहिलो चरणलाई माथ गर्ने गरी नेपाली समाजलाई युद्ध स्तरमा संक्रमित बनाई जनताको स्वास्थ्य क्षेत्रमा र शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पारी वैशाख देखि नै शैक्षिक संस्थाहरु बन्द भएको कुरा आम जनसमुदायहरुलाई अवगत नै छ । यतिबेला आम जनसमुदाय र विद्यार्थीहरु कोरोना भाइरस र थुप्रै समस्याहरु संग लडिरहेका बेला त्रिभुवन मा. बि. खलंगाले जुन शुल्क तोकेर शुल्क बुझाउन अपिल गरेको छ, त्यसमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षामा आज सरकारी बिधालयहरुले समेत यसरी मनोमानी ढंगले शुल्क उठाई राख्दा राज्यको जवाफदेहीता शुन्य प्रायः हुनु अत्यन्तै लज्जास्पत बिषयको कुरा हो ।

आज सरकारी विद्यालयहरुले समेत यसरी मनोमानी ढंगले चर्को शुल्क उठाउनुले आम अभिभावकहरुलाई नराम्रो संग ढाड सेक्ने काम गरेको कारण हाम्रो संगठनले घोर आपत्ति प्रकट गर्दै राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षा नियुक्तिको विपरित शिक्षालाई निजीकरण, व्यापारीकरण,दलालीकरण,भ्रष्टिकरण र माफियाकरण गर्नाले आज राज्यका

शैक्षिक सस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुनपुगि विद्यार्थी र आम जनसमुदायहरुलाई थिलोथिलो पारिरहेको अवस्था छ त्यसकारण बिधालयले कोरोना महामारीको अवस्थामा शैक्षिक सस्थाहरु नै बन्द भएको बेला तोकिएको शुल्कलाई खारेज गर्न र आम विद्यार्थीहरुलाई अनावश्यक शुल्क नतिर्न पनि अपिल गर्दछौ । यद्यपि अझै शुल्क लिने भनिएको खण्डमा संगठनले संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौ ।
क्रान्तिकारी अभिवादन सहित
बिराजन शाही
अध्यक्ष

No description available.

तपाईको प्रतिक्रिया