बारेकोटमा थय ५ जनामा कोरोना पुष्टी

खलंगा, ३० जेठ । बारेकोट गाउँपालिकामा आईतबार ५ जनालाई कोरोना पुष्टि भएको छ । डिस्चार्ज हुनेको संख्या शून्य रहको रहेको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट आईतबार बारेकोटमा ५ जनालाई कोरोना पुष्टि भएको हो ।

२४ घण्टाको समयमा ११ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् ।

आईतबार कोरोना पुष्टि भएका ५ जना मध्ये २ जना महिला र ३ जना पुरुष रहेका छन् अनमी रोकायले भनिन्न ‘ डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ । हालसम्म ५०५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १६६ जनालाई कोरोना पुष्टि भएको आईतबार बारेकोट गाउँपालिकाले प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा ८७ जना संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । संस्थागत आईशोलेसनमा रहेर उपचार गराई रहेका ७९ जना संक्रमित मध्ये ७० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, आईतबार ९ जना सक्रिय संक्रमितले संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका ९ जना मध्ये ४ जना महिला र ५ जना पुरुष रहेको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । दोस्रो पटक गरिएको परीक्षणबाट कोरोना देखिएकी संक्रमित एक महिलाको संस्थागत आईशोलेसनमा राखेर उपचार भई रहेको छ ।

तपाईको प्रतिक्रिया