हुम्लाको चंखेलीमा आफ्नै दाई बाट बहिनी बलात्कृत

                                       फाईल तस्विर
जनकबहादुर शाही
हुम्ला, २९ जेठ । हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षिय बालीका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै बालीकाका आफ्नै दाई थिए । एउटै कोखबाट जन्म लिएका नभएपनि १३ दिने खलकका दाईले बहिनीको अस्मितामा दाख लगाएका छन् ।

चंखेली गाउँपालिका २ दार्माको बालज्योती आधारभुत बिद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफुमाथी कुकित्र्य गरेको बालीकाले बताएको आफ्न्तको भनाई छ ।

आफ्नै १३ दिने खलककी बहिनीलाई बलात्कार गरेका अन्दाजी १५ बर्षका किशोरले अहिले फरार छन्  । उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजी कार्य भई रहेको प्रहरीले बताएको छ । २६ गते घटना भएको भएपनि प्रहरीले २७  गते राती ९ बजे मात्र खबर भएको खबर पाउने बितिकै घटनास्थलमा प्रहरी पुगेपनि २६ गते नै बलात्कार गर्ने किशोर फरार भई सकेकाले अहिले प्रहरी निरिक्षक नेतृत्वमा फरार किशोरको तिब्र रुपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ ।

बुधबार आफ्नै दाजुबाट बलात्कृत भएकी बालीका आमा सहित ३ दिन पैदल हिडेर शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिन पुगेकी छन् । किशोरीलाई बलात्कार गर्ने महादेब माद्यामिक विद्यालय दार्मामा कक्षा ९ मा अध्ययनरत अन्दाजी १५ वर्षिया दाजु रहेका छन् ।

यति बेला बालीकालाई बलत्कार गर्ने दाजुलार्ई प्रहरीले खोजीरहेको छ । आफ्नै दाजुबाट पीडित बनेकी बालीकाकोे सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा परेको छ । ती दाजुले उनको अस्मिता मात्र लुटेनन् उनको भविस्य पनि लुटेका छन् ।

तपाईको प्रतिक्रिया