शाहद्धारा तीन अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण

No description available.
खलंगा, २८ जेठ । नेकपा (एमाले) का कर्णाली प्रदेश कमिटी सदस्य हेरम्बहादुर शाहले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई तीन वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रबार शाहले व्यक्तिगत लगानीमा स्वास्थ्य सेवा कार्यालयमा पुगि कार्यरत डाक्टर अमिन शाहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाईसको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएको र जिल्लामा स्वास्थ्य सामग्री अभाव हुन सक्ने कुरालाई ध्यानमा राखी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शाहले बताए ।

No description available.

स्वास्थ्य सामग्रीमा तीन वटा अक्सिजन सिलिण्डर, १५ सय मास्क र ५ सय मिलीलिटरका ५० वटा सेनिटाईजर वितरण गरेको पत्रकार विनोद घर्तीले जानकारी दिए । लामो समय देखि शिक्षण पेशामा आवद्ध शाह पछिल्लो समय समाजसेवा र राजनितीमा समेत सक्रिय छन् । केही समय पहिले त्रिभुवन माद्यामिक विद्यालय खलंगाका प्रधानध्यापक समेत रहेका शाह शिक्षक संगठन नेपाल जाजरकोटका पूर्व अध्यक्ष समेत हुन् ।

यस्तो विषम परिस्थितीमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वास्थ्य सेवा कार्यालयको तर्फ बाट डा. शाहले धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया