कर्णाली सरकार : २०७८÷०७९ विनियोजन विधेयक संसदमा पेश


सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७८÷०७९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधेयक संसदमा पेस गरेका छन् ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना गोपाल शर्माले आर्थिक विनियोजन विधेयक संसदमा पेस गर्दै कोरोना नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै खोपको व्यवस्था कर्णालीका सबै नागरिकलाई गरिने बताए।

‘कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको व्यवस्था र स्वास्थ्य क्षेत्रको सुधार गरिने छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले त्यसका लागि नियन्त्रणका लागि विशेष जोड दिनेछ।’

जल, जंगल र जडीबुटीको प्रयोगद्वारा कर्णालीमा जडीबुटीको उत्पादन तथा प्रशोधन गर्न विशेष कार्यक्रम संचालन गरिने मन्त्री शर्माले बताए। ‘विभिन्न कारणले रोजगारी गुमाएका तथा रोजगारी नै नभएका युवालाई लक्षित गरेर जडीबुटीको विषेश पहल गरिनेछ,’ उनले भने, ‘कर्णालीको जलको अत्याधिक प्रयोगमा ल्याइने छ ।’

आगामी आर्थिक वर्षमा रोजगारमूलक परियोजना विषेश जोड दिने कार्यक्रम ल्याइने शर्माले बताए। ‘कर्णालीमा रहेको अथाह जलस्रोत सम्भाव्यता अध्ययन गरी सिँचाइ तथा निजी क्षेत्रसँग मिलेर विशेष कार्यक्रम ल्याइने छ,’ उनले भने। सबै मन्त्रालयमा परियोजना बैंकको स्थापना गरिने पनि उनले जानकारी दिए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा अधिकांश पुराना कार्यक्रम समेटिएका छन ्। सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनबाट विकास गर्ने कार्यक्रम प्राथमिकतामा राखेको छ ।

तपाईको प्रतिक्रिया