२७ जेष्ठ २०७८, बिहीबार

गण्डकीमा ढल्यो एमाले सरकार, विपक्षीलाई बहुमत

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं । दलहरुभित्रको लामो अन्तरसंघर्षपछि अन्ततः नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् । प्रदेशसभामा जम्मा उपस्थित ५८ जनामध्य ५७ जनाको मत खसेको छ ।

जसमा मुख्यमन्त्री गुरूङले २७ मत पाएका छन् । हुन्छ भन्ने पक्षमा बहुमत नपुगेकाले मुख्यमन्त्री गरूङले राखेको विश्वासको प्रस्ताव अस्विकृत गरिएको छ । यस्तै विपक्षमा ३० मत परेको छ । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् । यसअघि यस अघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने हुने तयारी थियो । तर जनमोर्चाका एक सांसद र स्वतन्त्रका मनाङे अनुपस्थित हुन पुगे ।

आफ्ना सांसद गायव पारिएको निवेदन जनमोर्चाले दिएपछि सभामुखले बैठक नै स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट नै मनाङे युवा तथा खेलकुद मन्त्री बनाइएका थिए । फेरि २७ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची भए पनि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएका दिए । त्यसपछि प्रदेश प्रमुखले दिएको समयसीमामा विपक्षलेसमेत बहुमत जुटाउन नसकेपछि ठूलो दलका रुपमा एमालेको पृथ्वीसुब्बा गुरुङले नै सरकार गठन गरेका थिए ।

एक महिनाभित्र विश्वासको मत लिने प्रावधान अनुरुप उनले आज विश्वासको मत लिन लागेका हुन् । उनले पनि विश्वासको मत लिन नसक्ने र विपक्षीले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आएकाले अब गण्डकी प्रदेशमा संसद् विघटन भएर मध्यावधि निर्वाचनको मिति घोषणा हुने छ ।