
खलंगा, २७ जेठ । जिल्ला अस्पतालमा रहेका विरामीलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ जाजरकोटले फलफुल वितरण गरेको छ । संघको १६ औँ स्थापना दिवसको आवसरमा कोरोना संक्रमण भई आइसोलेसनमा बसेका र सामान्य वार्डमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको हो ।

उनीहरुलाई भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले फलफलु संगै सेनिटाइजर र मास्क समेत वितरण गरेका थिए । स्वाथ्यकर्मी संघका प्रदेश सदस्य रत्न घर्ती, खेम पुन लगायतको टोलीले विहीबार आठ जना विरामीहरुलाई फलफुल सहितको गरिएको हो ।
















































। २७ जेष्ठ २०७८, बिहीबार