२७ जेष्ठ २०७८, बिहीबार

कोरोना अपडेट : परीक्षण ३३ मा २४ जनामा कोरोना पुष्टी

खलंगा, २७ जेठ । पछिल्लो २४ घण्टामा जाजरकोटमा २४ जनामा कोरोना पुष्टी भएको छ । विहीबार ३३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा कोरोना पुष्टी भएको हो । हाल सम्म जिल्लामा ३ हजार २ सय १७ जनामा गरिएको परिक्षणमा ९ सय ५२ जनामा कोरोना पुष्टी भएको छ ।

संक्रमितमध्ये ५ सय ८४ जना निको भएर घर फर्किसकेका छन् भने ३ सय ५३ जना संक्रिय संक्रमित अस्पताल तथा होम आईसोलेसनमा उपचाररक्त छन् । पछिल्लो २४ घण्टामा १५ जना निको भएर घर गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदन रिर्पाेटमा उल्लेख गरिएको छ ।

यस्तै, पीसीआर परिक्षण तर्फ ६ हजार ८ सय ३१ जनामा गरिएको परिक्षणमा ५ सय ६२ जनामा कोरोना पुष्टी भएको थियो । जसमध्ये ४ सय ८८ जना निको भएर घर फर्किसकेका छन् भने ७४ जना सक्रिय संक्रमित अस्पताल तथा होमआईसोलेसनमा उपचाररत्त छन । पछिल्लो २४ घण्टामा स्वाव संकलन शून्य, संक्रमितको संख्या शून्य र निको भएर घर फर्कनेको संख्या समेत शून्य रहेको छ ।

May be an image of text