अखिल (क्रान्तिकारी)ले सीडियोलाई बुझायो मागपत्र (पत्र सहित)

No description available.
खलंगा, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारी जाजरकोटले जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएको छ । कोरोनाको महामारी जित्न सबैले ठाउँठाउँ बाट लाग्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटालाई आईतबार माग पत्र बुझाईको हो ।

वर्तमान समयमा कोरोना भाइरसको दोस्रो चरणको विपत्तीले नेपाली समाजलाई आतंकित, युद्धस्तरमा सक्रमित र क्षति पुर्याएको छ र जनताले दिनप्रतिदिन दर्जनौको संख्यामा मृत्युुवरण ब्यहोर्नु परिराखेको छ, नेपाली जनताको आधारभुत र मौलिकहकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पुजीँवादी चरित्र राज्य व्यवस्थाको कारण जनबिरोधी,कमिसन खोर,भ्रष्टाचार,व्यापारीकरण, दलालिकरण र कृतिम अभाव सृष्टि गर्ने अखण्डा बन्न पुगेको छ यस्ता कार्यबाट सचेत हुन अपिल गर्दै तत्कालीन अवस्थामा कोरोना भाइरसले पारेको प्रभावलाई न्यूनीकरण गर्न, गर्नपर्ने पहल हामी सबैको भुमिका कस्तो रहने भन्ने विषयलाई लिएर मागपत्र बुझाईएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

उनी भन्छन्, ‘वर्तमान समयमा कोरोना भाइरसको महाविपत्तीले यतिबेला प्रत्यक्ष रुपमा आम जनसमुदायलाई थिलोथिलो पारेको छ, यस्तो अवस्था हाम्रो संगठन आम जनता विद्यार्थीको स्वास्थ्य सुरक्षाप्रती नितान्त जिम्मेवार,उत्तरदायी र संवेनशिल छ ।’

तसर्थ जाजरकोट जिल्लामा पनि बढ्दो कोरोना संक्रमण र यसले आम जनसमुदायले भोक्नु परेको क्षति जनसमुदायमा भएको संत्रास हुन सक्ने सम्भावित संक्रमण बिषय र अवस्थालाई लिएर हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ सो भाइरस सङ्ग लडाई लडनु हामी सचेत वर्गको दायित्व र कर्तव्य हो ।’
यस्ता छन् सात वुद्धे मागहरु  :
१)कोभिड १९ को यस विषम परिस्थितमा जिल्लाका सम्पुर्ण स्थानिय तहमा अक्सिजनको आपूर्ति, आइसियु भेन्टिलेटर,औषधी र जनताका आधारभुत आवश्यकता सहज र सर्वशुलवदरमा उपलब्ध गराउन तत्काल पहल गरियोस् ।

२) कोभिड १९ संक्रमणको को यस विषम परिस्थितमा निजि अस्पतालहरुले जनताहरु अन्य बिरामी जस्तै,ज्वरो ,रुघाखोकी,टाउको दुख्ने,शरीर दुख्ने र अन्य बिरामी भएता पनि बिरामीलाई तपाईंलाई कोरोना नै हो म उपचार गर्दिन भनेर प्रत्यक्ष रुपमा बिरामीलाई हतउत्साहित बनाउने काम र उपचार गरेतापनि अमानवीय र अनैतिक ढंगले रकम असुली रहेका छन् यस्ता कार्यलाई तत्काल रोक्न लाग्ने शुल्क बाहेक अनावश्यक शुल्क नशुल्न पहल गरियोस् ।

३) कोभिड १९ संक्रमित बिरामी र बिरामी कुरुवाको सम्पुर्ण खर्च स्थानीय सरकारले नै व्यहार्ने पहल गरियोस् ।

४)लकडाउनको समय अवधिभर शैक्षिक संस्थाहरुले लिने शुल्क, दैनिक श्रम गरेर जीवन निर्बाह गर्ने मजदुरको कोठा भाडा,कोठा भाडामा बसेका विद्यार्थी,बिपन्न नागरिकको परिवारलाई कोठाभाडा मिनाहा गर्न र तत्कालीन उनीहरुको आधार आवश्यकता जस्तैः चामल,दाल,नुन र तेल राहत उपलब्ध गराउन पहल गरियोस् ।

५)कोभिड १९ पी.सी.आर गाउँ गाउँमा गएर गर्नु निकै स्वागत योग्य नै हो तर तत्कालिन अवस्थामा जसरी पी.सी.आर. गरिएको छ त्यो अवैज्ञानिक र हचुवाको भरमा भएकाले त्यसले झन जनताको जनताको मनस्थिति प्रत्यक्षमा हत्साहित हुने खालकाको वातावरण सिर्जना भएको छ । तसर्थ ः स्थानीय सरकारले सही खालको व्यवस्थापकीय पक्षलाई मिलाए पी.सी.आर. गर्न पहल गरियोस् ।

६)कोभिड १९ को महामारीले भयाभह रुप लिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बैंक ब्याज तथा किस्ताको लागि प्रत्यक्ष जनतालाई मानसिक तनाव हुने गरी रकम असुली रहेको छ । लकडाउन अवधिभर अनावश्यक तनाव हुने खालका वातावरण सिर्जना नगर्न पहल गरियोस् ।

७)कोभिड १९ महामारीका शैक्षिक संस्था र विद्यार्थीहरुको भविष्य निकै चिन्ताजनक र अन्यौल भैरहेको छ । यसलाई स्थानीय सरकारले सही खालकाको व्यवस्थापन गरि हरेक शिक्षकलाई टोलटोलमा गएर टोल शिक्षा नीति निर्माण गर्न र शिक्षा मन्त्रालयबाट निर्देशित परिक्षाहरु आन्तरिक मुल्यांकन बिधिबाट गर्न अपिल गरिएको छ । यसलाई कुनै पनि विद्यालयले पूर्वागा्रही दृष्टिकोणले आन्तरिक मुल्यांकन नगर्न र मुल्यांकन पारदर्शी निष्पक्ष बनाउन पहल गरियोस् ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया