नासाले २ वटा यान शुक्रग्रहमा पठाउने

अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्य सम्ममा शुक्र ग्रह बारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ ।

सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको हो ।

ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् । मङ्गल ग्रहमा नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ ।

तपाईको प्रतिक्रिया