बारेकोटका पहिरो पीडित भन्छन्, ‘कहाँ गएर बाँच्ने होला ?’ (भिडियो सहित)

No description available.

          तस्वीर ः पहिरो पीडित परिवार हाम्रो पहुँच टिम संग कुराकानी गर्दे
कालीबहादुर नेपाली
खलंगा, १९ जेठ । गत बर्षको साउन २५ गते बारेकोट गाउँपालिका ४ सार्कीटोलमा घर माथी बाट आएको पहिरोले १२ जनाको ज्यान लियो । आधा दर्जन भन्दा बढी घाइते भए । दर्जनौं परिवार विचल्लीमा परे । कतिपय घरवारविहीन समेत भए । त्यही पहिरोको कुरा गर्दा स्थानीय झसंग हुन्छन् ।

मस्त निद्रामा निदाएका स्थानीयले सुरक्षित स्थानमा जान नपाई ज्यान गुमाउनुप¥यो । सुख्खा, भिरोलो जमिनका कारण बर्खा लागेपछि त्यहाँका स्थानीय पहिरोको डर मनमा राखेर निदाउनुपरेको थियो । झनै गत बर्षको पहिरोले स्थानीयको पीडा थपिदिएको छ ।

आकाश बाट पानी पर्न थालेपछि आजभोली सुरक्षित स्थानमा जानको लागि सरसमान तयार गरी बस्नुपर्ने बाध्यता छ । उनीहरु भन्छन्, ‘कहाँ गएर बाँच्ने होला ?’ ‘गाउँमा अन्त कतै जमिन छैन, भएको जमिनमा मरिन्छकी भन्ने डर छ, कहाँ होला सुरक्षित ठाउँ’ स्थानीय मुक्तिसरा सार्कीले भनिन् ।

उनी मात्र होइन सार्की टोलमा ३० घरधुरीका मानिसको मस्तिष्कमा यस्तै कुरा खेलिरहेका छन् । ‘बर्खाको सिर्जन सुरु भयो, पानी परिरहन्छ, कहाँ गएर हामीले आफ्नो ज्यान बचाउने होला ?’ स्थानीय हरिकला सार्कीले दुःख पोखिन् ।

‘सरकारले हाम्रो वस्ती स्थान्तरण गरिदिएको भए पनि हामी आनन्दले बस्ने थियौैं, न यहाँ उत्पादन हुन्छ नत सुरक्षित नै छ’ अर्का स्थानीय भक्तराज सार्कीले भने । सार्कीटोलका स्थानीयलाई पानी परेको रात निद्रा नै लाग्दैन् ।

No description available.

स —साना बालबालिकाहरु निदाएपनि यूवा र वृद्धाहरुलाई भने कति वेला पहिरो खस्छ भन्ने चिन्ता रहेको बारेकोट गाउँपालिका कार्यपालिका सदस्य शिला सार्कीले बताईन् । उनले भनिन्, ‘यहाँको वस्ती स्थान्तरणका लागि अव हुने कार्यपालिका वैठकमा मैले कुरा उठाउने छु, यहाँको जनताको कुरालाई प्राथमिकता दिई वस्तीलाई सुरक्षित स्थानमा सार्ने कुरामा गाउँपालिकाको ध्यानआकर्षण हुने कुरामा विस्वस्थ छु ।’

‘यहाँको जनप्रतिनिधी भएको हिसावले पनि म सुरक्षित बसोबासका लागि पहल कदमी चाल्नेछु’ उनले थपिन् । पहिरो पीडितलाई राहत स्वरुप सरकारले दिएको ५÷५ लाखले २ जनाले सोही स्थानमा घर बनाए । तर बनेको घर पनि पहिरोले जाला भन्ने डर छ । ‘त्यस ठाउँका स्थानीयको अर्काे कुनै ठाउँमा जमिन छैन, बस्ती नै पहिरोको उच्च जोखिमा छ ।

पालिकाले कुनै खालको तयारी गरेको छैन, प्रदेश र संघीय सरकारले कुनै चासो दिएका छैनन्’ वडाध्यक्ष सिर्जना बस्नेतले भनिन् । यसले गर्दा यहाँका स्थानीयले वडा कार्यालयमा आएर दुखेसो पोख्छन्, अव सरकार संग पहल गरी वस्ती स्थानतरणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

गाउँपालिकाले पहिरो पीडितका लागि खासै पहल नगरेको स्थानीयहरुको गुनासो छ । गत बर्ष पहिरोले वितण्डा मच्चाएको बारेकोटमा वस्ती सुरक्षित स्थानमा सार्ने कुनै पनि काम नहुँदा यस बर्ष पनि पहिरोको उच्च जोखिममा बस्तीरहेको रहेको जानकारहरु बताउँछन् ।

No description available.

एक दर्जन वस्ती पहिरोको उच्च जोखिममा
गाउँपालिका भित्रका एक दर्जन भन्दा बढि बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । जिरी, मैना, गोठगाउँ, कालाखोली, तोल्खान, भैलुखाना, बयाल, सिनाकोट, सार्कीटोल, धौलाकोट, रोकायगाउँ, रामीडाँडा, कोटिल्ली लगायतका वस्तीहरु पहिरोको उच्च जोखिममा छन् ।

सडक निर्माणको काममा डोजरको प्रयोग गर्दा झनै पहिरोको उच्च जोखिममा रहेका स्थानीय तिलबहादुर रावतले बताए । उनले भने, ‘भिरोलो जमिनका कारण यहाँका दर्जनौं वस्तीहरु पहिरोको उच्च जोखिममा छन्, त्यसैमाथि सडक निर्माणको क्रममा डोजरको प्रयोग गर्दा गाउँपालिका भित्रका वस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।’

विगतमा पहिरोले मच्चाएको वितण्डा समयमै वस्तीलाई सुरक्षित स्थानमा सार्न नसके विगत नदोहरीएला भन्न सकिन्न् । स्थानीय सरकारले वेलैमा पहल गरी जोखिमपुर्ण ठाउँका स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नु नै स्थानीय सरकारको  प्रमुख दायित्व हुनेछ ।

तपाईको प्रतिक्रिया