पिङको डोरीमा झुण्डिएर ९ वर्षिया बालकको मृत्यु

alt
मोहनसिंह बुढा
हुम्ला, जेठ– ११ । पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर ९ वर्षिया बालकको मृत्यु भएको छ । निधन हुनेमा सर्केगाड गाउँपालिका वडा नं १ निवासी स्थानीय हरिया दमाईका छोरा धौला दमाई रहेका छन् ।

सोमबार दिउसो ३ वजे सर्केगाड गाउँपालिका १ जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाई साथिहरुसंग रुखमा लगाईको पिङ खेल्ने क्रममा पिङको एक तिरको डोरी चुण्डिएर घाँटीमा बेरीदा उनको मृत्यु भएको जैरका स्थानियबासि धनलाल बुढाले बताए ।

घटनास्थल गाउँ भन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दा सम्म मृत्यु भईसकेको वुढाले बताए । वालकको मंगलबार हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरीएको उनले बताए ।

तपाईको प्रतिक्रिया