विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटले भरिदियो तीस वटा अक्सिजन सिलिण्डर


खलंगा, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटले जिल्ला स्वास्थ्य कार्यालयमा रहेका तीस वटा अक्सिजन सिलिण्डर भरिदिएको छ ।

मंगलबार स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई भरिएका तीस वटा सिलिण्डर हस्तान्तरण गरिएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरले जाजरकोट थला परिहेको छ ।

यस्तो अवस्थाका अक्सिजन अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भनी स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रहेका तीस वटा अक्सिजन सिलिण्डर भरिएको अध्यक्ष शाहीले बताए । अहिले जाजरकोटमा कोरोना दोस्रो लहरले सताईरेको छ ।

अक्सिजन अभावमा बाहिर रिफर गर्नुपर्ने बाध्यता समेत रहेको छ । यस्तो विषम परिस्थितीमा अखिल क्रान्तिकारीको सहयोगले विरामीहरुलाई टेवा पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले विश्वास व्यक्त गरे ।

यस्तै, अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा अखिल क्रान्तिकारी डोल्पा र जाजरकोटका ईन्चार्ज प्रेम शाही, पत्रकार, विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया