बारेकोटमा थप छ जनामा कोरोना पुष्टी, पालिकामा कुल संक्रमितको संख्या ३४ पुग्यो


खलंगा, ९ जेठ । बारेकोट गाउँपालिकामा आईताबार ६ जनामा कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना, वडा नं २ का २ जना र वडा नं ५ का २ जना रहेका छन् ।

प्राथामिक स्वास्थ्य केन्द्र लिम्साका कोरोना फोकल पर्सन मोहन श्रेष्ठका अनुसार, किट अभावका कारण दैनिक ६ देखी ७ जनाको मात्र कोरोना परिक्षण हुने गरेको बताए ।

आईतवार सम्मको परिक्षण र कोरोना पुष्टिको तथ्याङ्क हेर्दा दैनिक परिक्षणको ८० प्रतिशत भन्दा माथिका व्यक्तिहरुमा कोरोना देखिएको श्रेष्ठले जानकारी दिए ।

हालसम्म बारेकोट गाउँपालिकामा कुल कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । फोकल पर्सन श्रेष्ठले भने, ‘किट अभावले गर्दा परिक्षणको दायरा वढाउन सकिएको थिएन्, आज पुनः गाउँपालिकाले ३ सय थान किट उपलब्ध गराएको छ, पुरानोे ५० थान किट वाँकी रहेको थियो, अव भोलीदेखि अलि परिक्षणको दायरा वढाउदै लिने जानकारी दिएका छन् ।’

गाउँपालिकाका प्रत्येक वडाहरुमा कोरोना संग मिल्दाजुल्दा लक्षणका धेरै विरामीहरु रहेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया