जेठ १० गतेलाई विभेद विरुद्धको राष्ट्रिय दिवसको घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह

खलंगा, ९ जेठ । मुलुकमा छुवाछूत मुक्त राष्ट्र घोषणा , २०६८ को जातीय भेद्भाव तथा छुवाछूत कसुर र सजाय ऐन , २०७२ को संविधानपछि पनि दर्जनौँ अन्तरजातीय विवाह, प्रेम र जातीय छुवाछूतकै कारण दलित समुदायको हत्या भएको छ । कानुन र सविधानमा लेखिएपनि कानुनको फितलो कार्यान्वयन र राजनीतिक र शक्तिको आडले धेरै घटनामा दोषीले उन्मुक्ति पाई पीडितले न्याय नपाएका ज्वलन्त धेरै घटना हाम्रा सामु उदाहरण छन् ।

जसको हाम्रा आँखा अगाडीको घटना हो । रुकुम हत्याकाण्ड नबराज सहित ६ जना युवाको रुकुमकी उपल्लो समुदायको युवतीसंगको नबराजको प्रेम ।
२०७७ ज्येष्ठ १० शनिवार भएको बर्ब रताको यो घटना ठिक १० गते १ वर्ष हुँदैछ । घटनाको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ११ जना साधारण तारेखमा छुटिसकेका छन् ।

अर्को घटना विगत ५ वर्ष देखि काभ्रेका अजित मिझार जहाँ अन्तरजातीय बिगाहा गर्दा मारिए टिचिङ अस्पतालमा लास सडेर बसेको छ । जसको अपराधीले सफाइ पाइसके । घटनाका चाङ छन् न्याय निराश छन् ।

जातकै कारण मारिएका दर्जनौँ घटनामा साह दात प्राप्त गर्ने ती पुजारीहरूको सम्झनामा राज्यले ज्येष्ठ १० गत्तेलाई स्मरण गर्नपर्छ भनी राज्यलाई गम्भीर ध्यानाकर्षण गराइएको छ ।

दलित माथी घटेको जेठ १० गतेको दिनलाई भेदभाव विरुद्धको राष्ट्रिय दिवस घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र

 

 

 

तपाईको प्रतिक्रिया