रुकुम पश्चिमा जेठ २२ सम्म लम्बियो निषेधाज्ञा

रुकुम पश्चिम, ६ जेठ । रुकुम पश्चिममा फेरी निषेधाज्ञा थप भएको छ । जिल्लामा १५ दिन निषेधाज्ञा थप भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जेठ ७ गते भोली राती १२ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । गत वैशाख १९ गते राती १२ बजेदेखि जारी निषेधाज्ञा अव जेठ २२ गतेसम्म जारी रहने भएको हो ।

यो संगै जिल्ला प्रशासन कार्यालयले जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरेको छ । पहिलो पटक जारी गरिएको निषेधाज्ञा वैशाख ३१ गते राती १२ बजे सकिएको थियो । कोरोना संक्रमण थप फैलिदो क्रममा रहेपछि प्रशासनले दोस्रो पटक निषेधाज्ञा थप गर्दै जेठ ७ गते राती १२ बजेसम्म पुर्याएको थियो ।

अहिलेपनि जिल्लामा कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको र कोरोना संक्रमण बढिरहेको तथा मृत्यु दर पनि बढ्दो क्रममा रहेपछि थप १५ दिन निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । संक्रमण नरोकिएका कारण निषेधाज्ञा थप गर्नु परेको उहाँको भनाई छ ।

यस अवधिमा पनि पहिला जस्तै अत्यावश्यक वाहेका अन्य सबै सेवा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ । जिल्लामा अहिले ५ सय १६ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भइसकेको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया