
खलंगा, २ जेठ । कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै बारेकोट गाउँपालिकाले मातहतका सवै सेवा प्रवाह बन्द गरेको छ । विश्व महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणबाट बारेकोट गाउँपालिका उच्च जोखिममा रहेको, संक्रमणको दर तीव्र रहेकोले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
सोमबार एक सुचना जारी गरी गाउँपालिकाले जेठ १५ गते सम्म गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह सवै बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र संक्रमणको दर बढिरहेकोले सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै, गाउँपालिका भित्रका अत्यावश्यक सेवा खुल्ने समेत जनाईएको छ । स्वास्थ्य २४ घण्टा खुल्ने र वैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकोले १५ गते सम्म सबै सेवा स्थगित गरिएको गाउँपालिले जनाएको छ । अहिले पालिका भित्र सक्रिय १६ जना कोरोना संक्रमित रहेका छन् ।

















































। ३ जेष्ठ २०७८, सोमबार