
खलंगा, १ जेठ । जिल्लामा हाल सम्म २ सय ८५ जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको दैनिक प्रतिवेदन अनुसार २ सय ८५ जनाले कोरोना जितेका हुन् । जिल्लाभर ५ सय ९२ जना कोरोना संक्रमित रहेकोमा २ सय ८५ जनाले कोरोनाका जितेका छन् भने २ सय ९७ जना होम आईसोलेशन र अस्पतालमा उपचाररत्त रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला भरी ६ हजार ५ सय ८६ पी.सी.आर. परीक्षण गर्दा १ सय ८६ जनाले कोरोना जितेका छन् भने १ सय ११ जनाले कोरोना जितेर घर फर्केका छन् । पी.सी.आर. विधि मार्फत गरिएको परिक्षणमा होम आईसोलेशन र अस्पतालमा ७५ जना उपचाररत रहेका छन् ।
यस्तै एन्टिजेन परिक्षण अन्तर्गत जिल्लाभरी १ हजार २ सय १ परिक्षण गरिएकोमा ४ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्ये १ सय ७४ जना निको भएर घर फर्किसेका छन् । एन्टिजेन परिक्षण अन्तर्गतका २ सय ९७ जना होम आईसोलेशन र अस्पतालमा उपचाररत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्लाभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ८ जनालाई जिल्ला बाहिर उपचारका लागि रिफर गरिएको छ । यस्तै कोभिड १९ को उपचार तर्फ भएको व्यवस्थापनमा जिल्ला कोभिड अस्पताल १, आईसोलेसन वेड १ सय ३ रहेको छ । आई.सी.यू. कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ६७ , एच.डी.यू. वेड १, अक्सिजन सहितको आईसोलेसन वेड ३३ रहेका छन् भने साधारण आईसोलेशन वेड ७० वटा रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
जिल्लामा कोरोनाको जोखिम कायम रहेकोले निषेधाज्ञाको पालना गरी घर भित्र बस्न जाजरकोटीवासी सबैलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले आग्रह गरेका छन् । जेठ १५ गते रात्ती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
















































। १ जेष्ठ २०७८, शनिबार