
यो मेरो राजनीति मुटुलाई
एमालेले छातीमा गोली
चलायौ भन्ने सोच्नुपर्छ
प्रचण्ड कमरेड ।
माओवाद सिद्धान्त छोडे भन्ने
सोच्नुपर्छ प्रचण्ड कमरेड
महान तपाईंको नेतृत्व छोडे
भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
जनतासँग रमाउने कार्यकर्ता
छोडे भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
कुशल जनयुद्ध लडेका लडाकुहरु
छोडे भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड ।
क्रान्तिकारी झोला छोडे
भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
बम बारुद पिस्ने जनतालाई
छोडे भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
हतियार दिए भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
पुजीँवाद बुझनु भयो प्रचण्ड कमरेड
भ्रष्टाचार बुझ्नु भयो त प्रचण्ड कमरेड
त्यो पुरानो व्यवस्था बुझ्नु
भयो त प्रचण्ड कमरेड ।
तपाईंका जनयुद्धमा साथ
दिएका युवायुवतीहरु
खाडी मुलुक अलपत्र छन्
गरे प्रचण्ड कमरेड
उराव उराट लाग्दो गर्मी पैतालिस
डिग्रिको तापक्रममा कमिला जीवन
जिउनुपर्छ गरे प्रचण्ड कमरेड
काम गर्दा अझै दुःख पाएका
छन् गरे प्रचण्ड कमरेड ।
केही सँगै युद्ध लड्ने साथीहरु चाहिँ
तपाईंको पछाडि चिरिच्याट्ट गर्दै
पाँच तारे होटल धाएका
छन् गरे प्रचण्ड कमरेड ।
एमाले पछि न्यु–न्यु भएर बहुदल
एजेन्डाले जनताको आँखामा
छारो हाल्दै छौं प्रचण्ड कमरेड ।
हावाको पछि लागेर गफाडी
समृद्धिको गित गाएका छौं गरे
खैत सोचेको प्रचण्ड कमरेड
तपाईंलाई अझै फसाएको थाहा
भएन प्रचण्ड कमरेड ।
जनताको आगनमा दुःख सुख
जे भएता पनि बिर्सनु
भयो गरे प्रचण्ड कमरेड
नेताजनहरुले राम्रो लाएका
छन् गरे प्रचण्ड कमरेड
दौरासुरुवाल लगाएर
देश बन्यो भन्छन् गरे प्रचण्ड कमरेड ।
घाइतेहरु खानाको अभावले
उपचार नपाएर प्यरालाइसले मर्छन
हाम्रा मान्य धोरहरुले पेट
फुट्ने गरी खाएका छन्
गरे प्रचण्ड कमरेड
मिठो भोजन खाएका
छन् गरे प्रचण्ड कमरेड ।
एकले अर्कोलाई आरोप प्रत्यारो
गर्दै आफू अनुकूल हावा पाटी
तिर हुनुहुन्छ प्रचण्ड कमरेड
सदस्य जनहरु हावा मिडियामा
छाएका छन् गरे प्रचण्ड कमरेड ।
तपाईंका बाँकी नेता कार्यकर्ता
ठेक्का पट्टा माफिया काला
बजारियाको संगत गरेका
छन् गरे प्रचण्ड कमरेड
नेताहरु ताली झै हुस हुस्ती
गन्हाएका छन् गरे प्रचण्ड कमरेड ।
माफ गर साथी गल्ती गरे
भन्नू प्रचण्ड कमरेड
एमालेमा केही साथीहरू लगेर
ठूलो गल्ती गरे भन्नू प्रचण्ड कमरेड
खुशी होइन मेरो आँसु
रहेछ भन्नू प्रचण्ड कमरेड
मेरो बिचारको राजनीतिमा आँसु
भरे भन्नू प्रचण्ड कमरेड ।
अब आउने दिनहरुमा समय
साथ दिन्छु हातेमालो गरौं
भन्नू प्रचण्ड कमरेड
जिन्दगीमा म स्वार्थको लागि
काम गरेछु भन्नू प्रचण्ड कमरेड
तर पुजीवाद दलालको साथ होइन
मैले सहयात्रीसँग सहकार्य जीवन
राजनीति गर्छु भन्नू प्रचण्ड कमरेड ।
केपी ओलीको माया प्रेमका हावा
कुराले गर्दा दलाल बगैंचामा
पुगेछु भन्नू प्रचण्ड कमरेड
विश्वासको देश हैन अविश्वासको
देश बिग्रार्न खोजेछु भन्नू प्रचण्ड कमरेड ।
केपीसँगै गर्छु भन्थे जिन्दगीको
हरेक यात्रा बिफल भयो
भन्नू प्रचण्ड कमरेड
नेपाली जनतालाई बिचल्लीमा
पारि तिमीलाई खोली एक्लै
तरे भन्नू प्रचण्ड कमरेड ।
यो प्रचण्डको दिलमा आगो लगायौ
एमालेले भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
मेरो मुटु भित्र छुरा चलायौ
एमालेले भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड ।
बुझेन मेरो राजनीति यात्रालाई
धोकाको मुहानै सुकायौ एमालेले
भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड ।
एमालेमा जानु धोका हो भनी
गलत सोचे मैले भन्ने
सोच्नुपर्छ प्रचण्ड कमरेड
व्यर्थैमा किन तहल्का बेइज्जती
मचायौ एमालेले भन्ने
सोच्नुपर्छ प्रचण्ड कमरेड ।
नेपालमा कम्युनिस्ट आन्दोलन सखाप
बनायो दुःखी भएर सोच्नु हुदैन
भन्नुपर्छ प्रचण्ड कमरेड
पुजीँवादी दलले सुखको
संसार जलायो भन्ने
सोच्नुपर्छ प्रचण्ड कमरेड ।
पीडा दियौ निर्दोष कोमल जनतालाई
भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड
यो मेरो राजनीति मुटुलाई
एमालेले छातीमा गोली
चलायौ भन्ने सोच्नुपर्छ प्रचण्ड कमरेड ।
साथीहरूसँग तिम्रो मन दुखाउनु
पर्ने कारण स्वार्थ थियो
भन्नू प्रचण्ड कमरेड
जनमुक्ति सेनालाई धोका
र गल्ती गरे थाहा भयो बल्ल
अनि पश्चात्तापमा परे
भन्नू प्रचण्ड कमरेड ।
माफ गर साथीहरू मैले
यस्तो गल्ती गरे
भन्नू प्रचण्ड कमरेड
खुशी होइन दुखी छु
भन्नू प्रचण्ड कमरेड
फेरि सबै साथीहरू एकताबद्ध
भएर लागौ भन्नू प्रचण्ड कमरेड।
ठूलो दल हुन्छ सबैलाई
भन्नू प्रचण्ड कमरेड
माओवादको परिचान दिनुपर्छ भन्न
प्रचण्ड कमरेड
फेरि नेता कार्यकर्ता बलियो
बनाउनुपर्छ भन्नू प्रचण्ड कमरेड ।
घायल कुशे गाउँपालिकाका यूवा समाजसेवी हुन । उनी हाल मलेसियाका कार्यरत छन् ।
















































। १ जेष्ठ २०७८, शनिबार