मृगौला पीडित परियारकाे याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’


खलंगा, १ जेठ । दुवै मृगौलामा समस्या भई अस्पतालमा उपचाररत धर्मराज परियारले सहयोगको याचना गरेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नं १ कोलचौरका मृगौला पीडित २८ बर्षिया परियारले उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

घरको आर्थीक अवस्था कमजोर भएका परियारले विगत दुई महिना देखि काठमाडौंको टिचिङ्ग हस्पिटलमा उपचार गराईरहेका छन् । उनले भने, ‘अहिले सम्म दुई लाख भन्दा बढि खर्च भईसकेको छ, स्वास्थ्यमा कुनै प्रकारको सुधार आएन, घरको आर्थीक अवस्था निकै कमजोर छ ।’

‘तपाईहरुको सानो सहयोगले मेरो नयाँ जीवन प्राप्त हुन सक्छ, त्यसैले मेरा साथी, शुभेच्छुक, आफन्त, राजनितीक दल सबैमा सहयोगको आशा एवं याचना गर्दछु’ उनले थपे, ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’ घरमा आम्दानी जुटाउन सक्ने परियारको वुवाको गत माघमा निधन भईसकेको छ । वुवाको निधनपछि घरमा वुढी आमा, श्रीमती, नावालक छोरा र छोरी रहेका छन् । मृगौलामा समस्या संगै कोभिड १९ संक्रमणले समेत परियारलाई सताएको छ ।

‘छातीको निमोनियाका कारण श्वासप्रश्वासमा निकै समस्या परेको छ उनले हाम्रो पहुँच डटकमलाई भने ।’ लामो समयदेखि समाजसेवामा लागेका परियार अहिले स्वास्थ्यमा आएको समस्याले अस्पतालमा छटपटाई रहेकोले सहयोग गर्न यार्सन जाजरकोटका संयोजक सहदेव बस्नेतले समेत सबै संग अप्रिल गरेका छन् ।

उनले भने, ‘समाजका हरेक मान्छेको समस्या समाधानका लागि अनवरत रुपमा लाग्ने परियारको सहयोगमा हामी सबैले सहयोग गर्नुपर्ने वेला आएको छ ।’ ‘त्यसैले सबैले सक्दो सहयोग गरी धर्मराजलाई बचाउन यहाँहरुले ठुलो सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’ तपाईहरुको सानो सहयोगले कसैको जीन्दगी बन्छ अर्थात नयाँ जीवनको सुरुवात हुन्छ भने तपाई हामीले किन सहयोग नगर्ने ? काठमाडौको टिचिङ्ग हस्पिटलमा छटपटाई रहेका परियारले सक्दो सहयोग गर्न हामी हाम्रा पाठक संग सादर अनुरोध समेत गर्दछौैं ।

धर्मराजकी वुढी आमाले छोराको उपचारका लागि देश विदेशमा रहेका सबैमा सहयोग गरी छोराको उपचारमा सहयोग गर्न याचना गरिन् । सहयोग गर्न चाहानेले एन. आई. सी. एशिया वैक लिमिटेड जाजरकोट शाखाको खाता नम्बर ११८५७५०७७०१४८००१ मा सहयोग गरिदिनुहोला । साथ ९८६३२८१९४७,९८४८०२६९१२ मा फोन गर्न सक्नुहुेछ ।

No description available.

तपाईको प्रतिक्रिया