छेडागाड : अज्ञात समुहद्धारा वडा कार्यालयको सभाहलमा आगजनी


जाजरकोट, ३१ वैशाख । जिल्लाको छेडागाड नगरपालिका ६ मा विहीवार राती वडा कार्यालयको सभाहलमा आगजानी गरिएको छ । अज्ञात समुहले वडा कार्यालयको नयाँ भवन सभाहलमा आगजानी गरेको वडाध्यक्ष रामबहादुर केसीले जानकारी दिए ।

वडा कार्यालयको नयाँ भवन सभाहलमा कुर्सी राखिएको र कुर्सिमा आगजानी गरिएपछि भवनको झ्याल ढोकामा समेत आगो लागि क्षती पुगेको अध्यक्ष केसीले बताए । भवन भित्र रहेका २० ÷ २१ थान कुर्सी र एउटा टेबुल सबै जलेर नष्ट भएका छन् ।

आगजनी गर्ने अज्ञात समुहले स्वास्थ्य चौकीको वाईफाईको तार निकालेर फालेको, स्वास्थ्य चौकीको बाहिर हात धुन राखिएको पानीको ड्रममा जोडेर राखेको भाडो फालिदिएको अध्यक्ष केसीले बताए । आगजनीबाट भएको क्षतिको बिवरण बुझ्न शुक्रबार मध्यान्ह १२ बजे वडावन प्रहरी चौकीबाट प्रहरी आईपुगेको वडाध्यक्ष केसीले बताए ।

बिगतमा पनि जनविकास माबि सुवानाउलीमा अज्ञात समुहले आगजनी गर्दा स्कुलको सम्पुर्ण कागजात लजेर नष्ट भएका थिए । त्यतिबेला आगजनी गर्ने समुहको पहिचान हुन नसकेको वडाध्यक्ष केसीले बताए । कसले आगलागी गरेको हो अहिले नै अनुमान गर्न नसकिने वडाध्यक्ष केसीको भनाइ छ । सार्बजनिक सम्पत्तिको तोडफोड गर्ने आगजनी गर्ने ब्यक्तिहरुलाई कडा कारबाही गर्नुपर्ने वडा सदस्य जनकराज शर्माले बताए ।

उनले भने, ‘बिगतमा पनि जनबिकास माबिमा आगजानी भएको थियो तर दोषिलाई कारवाही भएन त्यसैको फलस्वरूप वडाकार्यलयमा आगजानी भएको छ ।’ यतिबेला पनि नाताबाद कृपावाद र राजनीतिक पुर्वाग्राही ढंगले दोषीलाई बचाउन वा संरक्षण गर्न नहुने र नमिल्ने वडा सदस्य शर्माले बताए ।

तपाईको प्रतिक्रिया