कविता : आमाको मुख हेर्ने दिन


आज माता तिर्थ आमाको मुख हेर्ने दिने
मत खै कस्को मुख हेरौं यो पुन्य दिन
मैले आमा गुमाएको पनि ३६ बर्ष पुगेको दिन
आज विहान उठ्ने वित्तिकै आमाको तस्वीर हेरे
तर आज मसंग मेरी आमा हुनुहुन्न ।

धेरै छोराछोरीहरुले आफ्नी आमाको मुख हेरे
तर खै मेरी आमा भएकी भए कति खुशी हुन्थीन्
उनी त मृत्यु संग लड्दा लड्दै मरिन्
औषधी पनि खान नपाएर प्राण त्यागिन ।

मैले मेरी आमाको मुख १५ बर्ष सम्म मात्रै देखे
मेरी आमाको मुख वर्षौं सम्म हेर्न चाहान्थे
तर गरिवीको कारण मैले मेरी आमा गुमाएँ
टि.विको रोग संग लड्दा लड्दै गुमाएँ ।

आज मातातिर्थ आमाको मुख हेर्ने दिन
आँखा बाट आँसुको बर्षा झारेर मुख हेरे
धेरै पटक आमाको तस्वीर हेरे हेरी रहे
तर मेरी आमाले केही उत्तर दिईन्न ।

अव मेरी आमा जस्तै गरिव आमाहरुका लागि
मैले मन भित्र बाट केही संकलन गरेर हिड्नुछ
औषधी खान नपाएर जीवन गुमाउने हरुका लागि
एउटा सामुदायिक अस्पताल खोल्नु छ ।

हजारौं आमाहरुको मुख त्यो दिन देखिनेछ
ति रोगी आमाहरुले औषधी खान पाउने छन्
वेसहारा आमाहरुको सहाराको त्यो दिन पाउने छन्
त्यही दिन मेरी आमाको मुख हेर्ने दिन हुनेछ ।

मेरी आमाको मुख पनि त्यही दुखी आमाहरु संग हुनेछ
धेरै आमाहरुको विचमा मेरी आमा पनि हुनेछन्
ठुलो फुलका गुच्छाहरु संगै औषधीको पोका लिएर जानेछु
त्यही हो मेरो  माता  तिर्थ आमाको मुख हेर्ने दिन हुनेछ ।

लेखक नेपाली जाजरकोटका विभिन्न समाजमा सेवामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया