जाजरकोट ।
जाजरकोटको छेडागाड नगरपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा २० जनामा संक्रमण देखिएको छ ।
२० जना मध्ये प्रमुख प्रशासकिय अधिकृत झलक केसी सहित नौ जना नगरपालिकाका कर्मचारी हुन भने पाँच जना शिक्षक र बाकी स्थानिय रहेका छन् । सवैको होम आइसोलेसनमा उपचार भैरहेको र उनीहरुको अवस्था पनि सामान्य रहेको प्रमुख प्रशासकिय अधिकृत केसीले बताए ।
हाल जिल्लामा संकास्पद ब्यक्तिहरुलाई मात्र परिक्षण गर्ने गरिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सोमवार सम्म तीन सय नाघेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ यसैगरी जिल्ला भर तीन सय सात जना सक्रिय संक्रमित रहेको रहेका छन । कार्यालयका महामारी पोकल ब्यक्ति कृष्णबहादुर खत्रीका अनुसार ५७ जनाले कोरोना जितेका छन् । १४ जना जिल्ला अस्पतालको आइसोलेशनमा छन् । ८ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ भने एक जनाको मृत्यु भैसकेको छ ।
स्थानिय प्रशासनले सबै क्षेत्रमा लकडाउन गरेपनि समुदाय स्तरमा बिबाह,भोजभतेर तथा अन्य जमघट हुने गतिविधि हुने क्रम जारी रहेकोले अझै कोरोना फैलिन सक्ने भन्दै थप कडाइ गर्न आवश्यक भएको नगरपालिकाको वडा न.३ का स्थानीय शिक्षक दुर्गाप्रसाद शर्माले हाम्रो पहुँच खबरलाई जानकारी दिए ।
छेडागाडमा २२ जनाको पिसिआर गर्दा २० जनामा कोरोना पुष्ठि
तपाईको प्रतिक्रिया
। २७ बैशाख २०७८, सोमबार