
खलंगा, २६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जाजरकोटले आफ्ना पार्टीका कार्यकर्तालाई कोरोना रोकथाममा लाग्न निर्देशन दिएको छ । आईतबार माओवादी केन्द्र जाजरकोटका अध्यक्ष ढकवीर रानाले सामाजिक सञ्जाल फेसवुकमा विज्ञप्ती जारी गर्दै अहिले जिल्लामा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएको र यसबाट आम जनतामा निकै समस्या परेकोले कोरोना रोकथाममा लाग्न निर्देशन दिएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, जाजरकोट जिल्लामा कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण दर तिव्र गतिमा बढिरहेको छ । हाल सम्म संक्रमित व्यक्तिहरुको सुंख्या २९० पुगेको छ । जिल्ला बाहिर बस्दै आएका २ जनाको मृत्यु भईसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ) ले जेष्ठ १ सम्म निषेधाज्ञा जारी गरेको छ ।
यस विषम परिस्थितिलाई ख्याल गर्दै हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र) का सम्पुर्ण जिम्मेवार कामरेडहरु कोभिड १९ रोकथाम गर्न स्वंयमसेवीको भुमिकामा लाग्न अनुरोध गर्दछु । स्थानीय सरकार संग समन्वय गरी संक्रमित व्यक्तिहरुको मनोवल उठाउने,स्वास्थ्यमा
असहज परिस्थिति आएमा अस्पताल सम्म पु¥याउन पहल गर्ने, सर्वसाधरणमा चेतनामुलक जानकारी गराउने, अनावश्यक हिड्डुल गर्न रोक्ने र स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न गराउन जिम्मेवार कामरेडहरु र जनसमुदायमा हार्दिक अपिल गर्दछु विज्ञप्तीमा भनिएको छ । कोरोनाको वेला सबैले जिम्मेवार भएर काम गर्न सके महामारीलाई समयमा नै तह लगाउन सकिने समेत अध्यक्ष रानाले बताए ।
















































। २६ बैशाख २०७८, आईतवार