
आदरणीय विप्लव कामरेड तपाई सच्चा कम्युनिष्टको नेता भएको कारणले तपाई एकृकित जनक्रान्ती र वैज्ञानिक समाजवाद एजेन्डा बोकेको अध्यक्ष भएको कारणले सर्वप्रथम क्रान्तिकारी लाल सलाम छ ।
आदरणीय अध्यक्ष प्रचण्ड कमरेड तपाई सच्चा कम्युनिष्ट नभएको कारणले सर्वप्रथम नमस्कार छ । हुन त म कुनै लेखक होइन लेख्न हल्का आउँदैन तै पनि मैले जाने जति मैले पूरा गर्नेछु । नेतृत्व लिन नकस्नु विचलन हुनु महा भुल थियो तपाई पछाडी अरुले नमान्नु झन् ठूलो बिचलन भन्थ्यौं तर मुख्य त तपाईंको कारणले रहेछ अहिले बुझ्दै आउँदा ।
दुईवटा कामरेडको अनुमति सहित मैले मलेसियाको अनुभव लेखिरहेको छु । माथि उल्लेखित शीर्षक अनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ नेपाल कम्युनिष्ट पार्टी विप्लव नेता नेता नै हुनुहुन्छ । विप्लव विप्लव सधै भइरनुहोस मेरो आग्रह छ । नेता कार्यकर्ता कामरेड साथीहरूलाई पनि मेरो आग्रह छ । थोरै धैर्य गरेर लागि पर्नुहुनेछ भन्ने पुर्ण आशावादी छु । आदरणीय अध्यक्ष प्रचण्ड कामरेड लगायत नेता कार्यकर्तालाई यो रुचीकर हुनेछ पुर्ण बिश्वस्त छु । प्रचण्ड कमरेड पुजीँवादी व्यवस्थामा हुनुहुन्छ । अरु कोही पनि कुनै हालतमा दही चिउरे भएर नजानु होला मेरो आग्रह छ ।
पुजीँवादी व्यवस्थामा हातेमालो नगर्ने भएको कारणले जनयुद्धको घाइते सन्दर्भको तर्फबाट नौ डाँडा पारी मलेसिया बाट सर्वप्रथम नौ डाँडा पारी दुःख गरेर खाने युवा हो मत । म घरपरिवार छोराछोरीलाई पाल्नकै निम्ति उराड लाग्दो विदेशीको गुलामी गर्न आइपुगेको छु । यति बर्ष त नभौ धेरै देशको चिन्ता लाग्छ माया लाग्छ नगरेको भएपनि हुन्थ्यो भनेर मात्र नहुंँदोरहेछ ।
अध्यक्ष प्रचण्ड कामरेड यो पुरानो घिन लाग्दो व्यवस्थामा तपाई नेतृत्व गर्नु भएको छ । मनले नमान्दो रहेछ त्यसैले भेट नहोला तपाईं पुरानो वासी व्यवस्थामा परिणत भएको कारणले हामीले भेट्ने अधिकार त छैन होला । पक्कै पनि तर पनि पुजीँवादी कामरेड प्रचण्ड र–एकृिकत जनक्रान्ती र वैज्ञानिक समाजवाद समालेका आदरणीय अध्यक्ष विप्लव कामरेडलाई यहि अनलाईनको माध्यमबाट आदरणीय दुईवटा कामरेड तपाई एउटा महान् क्रान्तिकारी योद्वा हुनुको नाताले तपाई दुईवटालाई ध्यानाकर्षण गर्नु हुनेछ भन्ने पुर्ण आशावादी छु ।
केही कुरा भन्न र लेख्न मन लाग्यो र त्यसलाई खुल्ला रुपमा देशको बारेमा सम्प्रेषण गर्न चाहे सक सक दिमाग सात्वना गर्छु । मैले भनिरहनु भन्दा पनि तपाईं दुईवटाले महसुस गरिरहनु भएकै कुरा होला ।
प्रचण्ड कामरेड तपाईंले पनि आज हाम्रो देश र नेपाली जनताको हक अधिकारहरुलाई हनन गर्दै केही मुठ्ठीभरका मान्छेहरुले तानाशाही रुपबाट कब्जामा लिएर शासन गर्न सुरु गरिरहेका छन् । त्यसैकापछि दिनुदिन चिच्याट किन गर्नुहुन्छ ? त्यो हामीलाई थाहा छैन ।
तर मात्र दुःख गरेर हात पाखुरा बजारेर खाने जनतालाई सुन्दर देश नेपालको बारेमा धेरै चिन्ता लाग्छ । हाम्रो देश यो हुन्थ्यो भने दश बर्ष जनयुद्धमा हजारौं हजार जनता किन उतार्नु भयो ? कारण त प्रष्ट देखियो नि मात्र आफ्नो स्वार्थपूर्तिका लागि मात्र रहेछ प्रचण्ड कामरेड कारण म्यान यहीँ रहेछ ।
बिदेशी देशमा आन्दोलन कुनै राजनीतिमा तेरो मेरो पार्टी भनेको अहिलेसम्म देखेका छैनौं ।
आ —आफ्नै व्यस्तमा छन् सरकार पार्टी जनता तर नेपालमा किन दिनढाडै मरेका छन् ? सधैं दुःख गरेर जनमुक्ति सेना जनतालाई साँच्चिकै अलपत्र पार्नुभयो म्यान दोषी तपाई हुनुहुन्छ प्रचण्ड कामरेड ।
तर हाम्रो देशमा यस्तो किन भइरहेको छ किन तपाई त्यहीँ व्यवस्थामा होडबाजी गर्नु हुन्छ ? प्रचण्ड कामरेडको पछि लागेको नेताहरूलाई देशको बारेमा लाज छ भने अझै पनि देशमा अन्यायपूर्ण शोषण दमन देश बेचबिखन भइरहेको छ । दिनुदिन देशमा भ्रष्टाचार मौलाइ रहेका छन् । सिंगो नेपाल आमाहरु दिनुदिन रोइरहेका छन् । दिनुदिन बलात्कार भएकीछिन् ।
अन्यायपूर्ण सत्य तथ्य आवाज उठाउ पुजीँवादी दलालका पछाडि लागेर किन भिक माग्नु हुदैछ ?
प्रचण्ड कामरेड त फस्नु भयो भयो अरु कोही पनि नफस्नु होला हामी वैज्ञानिक समाजवादको निर्माणमा उद्यत छौं । दलाल पुजीँवादका विरुद्ध हाम्रो नेतृत्वले वैज्ञानिक समाजवादका म्यान प्रवक्ता हुन् अत्यन्तै महत्वपुर्ण आवश्यकता पनि छ ।
दलाल पुजीँवादले हामीलाई बिचलनको बाटोमा लिन खोज्दैछन् । यस्तो हामीले कुनै हालतमा पनि पछि हट्नु हुदैन् । संघर्षको क्रममा प्रचण्डले धोका दिएको जस्तै उनीहरु धेरै जसो के तर्क दिन्छन् भने समाजवादमा वा समाजवादको कुनै महत्व छैन भन्नेका अगाडि हामीले केही गरेर देखाउनुपर्छ । राज्यको हितका लागि हामीलाई फसाउँदैछन वली दिदैछन् । हामी त केवल सर्बहारा जनताको भविष्य सुनिश्चित गर्ने हाम्रो सिद्धान्त र हाम्रो महत्वपुर्ण दायित्वको आधारमा अहिलेको पुजीँवादी व्यवस्थालाई प्रतिवाद गर्न सकिन्छ ? बरु यसको प्रतिवादमा जसरी कठिबद्ध भएर लागौं निरन्तर अगाडि बढौ ।
अनि मात्र हाम्रो सत्यको आवाज जनताको आवाजले हामी अवश्य सफल हुन्छौं ।
सबैभन्दा पहिले हाम्रो जनताको भबिष्य सुनिश्चित हुदैन् तबसम्म कुर्सी र सत्ता माथी अधिकार जमाउनु कुनै हालतमा हुदैन ।
अगाडिको कुर्सी र सत्ता भन्दा बरु पछाडिको सर्बहारा गरिब आफ्नो क्रान्तिकारी युवाहरु तिर निरन्तर संघर्षको बाटो इतिहासको बाटो विस्तृत रुपबाट प्रस्तुत हुने गर्नु होस् । नेपाली जनताको भबिष्य सुनिश्चित भयो भनेपछि मात्र तपाई नेतृत्व नेता कुर्सीमा बस्नु होला प्रचण्ड कामरेड ।
हामी सबैलाई थाहा छ माओवादी क्रान्तिकारी संघर्षको सुरुवात २०५२ फागुन १ गतेमा भएको थियो । जुन संघर्ष र विचलन पहिलो संविधान पछि समाप्त गरे प्रचण्ड बाबुरामले । कलिला युवायुवतीलाई जुन छाउनीमाथि धोका भयो त्यो परिस्थिति नबल्झियोस् । मात्र उदाहरण फिडेल क्यास्ट्रोको नेतृत्वमा रहेको एउटा समूहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो । यो असफलताले ठूलो विपत्ति ल्यायो । जीवित रहनुभएका मानिसहरुलाई बन्दी बनाइयो । मुक्त भएपछि उहाँहरुले फेरि सुरुदेखि क्रान्तिकारी संघर्षको सूत्रपात गर्नु भएको थियो हो । त्यस्तै गरेर हामीलाई बाट नबनाइयोस् ।
हामीलाई प्रचण्ड बाबुरामले उही पहिलाको प्रक्रियाको क्रममा युवायुवतीलाई नै आधारभूत तत्वको रुपमा बनाएको छ । यो प्रक्रियामा कम्युनिष्टको बिउ मात्रै रहेको गर्दैछन् प्रचण्ड, बाबुराम, बादलले । बादल काजलै व्यक्तिकै रुपमा पलायन कायर देखा पर्नुभयो । देखाउनु भएका यही विशिष्ट र एक्लो खास मानिस नै हाम्रो विश्वसनीय गद्दार मनुष्य बन्नु भयो । केही महिना अस्ति प्रचण्ड कामरेड तपाईले उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य–क्षमतामाथि निर्भर छु भन्थे तर लाष्ट कायरमा सिमीत भयो ।
प्रचण्ड कामरेड अर्को उदाहरण छापामार युद्धको चरण आयो कुरा । जनयुद्धमा साथ दिएका सदस्यहरु बिदेशको गल्ली गल्ती चोकचोकमा बितरण सिनामंगल स्थित बिदेशी युद्धलाई दुई भिन्न भिन्नै वातावरण अन्तर्गत पलाएनसित गर्नुभयो । ती दुई भिन्न भिन्नै सिनामंगल स्थित समुद्धि सतह वातावरणमा गराउनुभयो । एकातिर जनतामा महामारीले रुवाणडा छ, अर्कोतिर छापामारहरु रुवाणडा छन् आखिर किन गरियो त्यसबेला सम्म जनता र जनमुक्ति सेना प्रिय भए अचेतन भीड लडेको गाई रामरामको रुपमा पार्नु भयो । प्रचण्ड कामरेड तपाईंलाई उदाहरण जसलाई एकजुट पारी परिचालन गर्नु जरुरी थियो वा अर्कोतिर छापामारहरु बिचल्ली गर्नुमा क्रियाशील हुनुभएको हो । हामी सात समृद्धबाट उत्तर खोजिरहेका छौं । जनताका अगुवाका रुपमा चिनिनु भयो वा जनपरिचालनको प्रक्रियालाई अगाडि गलाउने इन्जिनको रुपमा लिनु भयो । हामीलाई उत्तर चाहियो क्रान्तिकारी चेतना वा जुझारु उत्साहका जनकका रुपमा वा विजयका लागि आवश्यक आत्मगत स्थितिको सिर्जना गर्ने उत्प्रेरक शक्ति वा यही अगुवा जस्ता पलायन के मा परिणत हुनुभयो तपाई ?
प्रचण्ड कामरेड म यहाँ फेरि पनि जोड दिएर भन्छु, हाम्रो विचार–शक्तिलाई सुस्तरी–सुस्तरी सर्वहाराकृत रुप दिने कार्यमा वा हाम्रा बानी–व्यहोराहरु वा हाम्रा मन–मस्तिष्कहरुमा वा के भएर पुजीँवादीमा बिचलन हुनुभयो ? कामरेड जनयुद्धमा यहीँ नांै जवानहरुसँग प्यारा हुनुभएको थियो । क्रान्तिमा त्यही हामी नौजवान व्यक्ति नै महत्वपुर्ण आधारभूत तत्वका रुपमा चिनिएका थियो ।
प्रचण्ड कामरेड तुरुन्तै क्रान्तिकारी सशस्त्र सैन्य युवालाई उत्तर चाहिएको छ ? जनयुद्धको शक्ति अन्तर्गतका माथिल्ला पदहरु पाउने सबै टुटफुट संघारमा माइस्त्रका प्रत्येक योद्धाहरुलाई विशिष्ट रुपमा काम गर्न सक्नु भएन । हो यसमा हामीलाई पुर्णरुपले पुण्यजिन सोच्ने निसन सर्प बटार्या झै कथा थाहा छ ? म्यान हातमा लिन नसक्नु प्रचण्डको ठूलो हात अरुले पनि धेरै गल्ती गरेका छन् । बैद्य, बादल, पार्साङ, जनार्दन सबै प्रकारले कामहरुकै आधारमा उहाँहरुले ती पदहरु पाउनुभएको हो । तर विचलनमा पलायनमा परिणत भयो । पहिलो वीरतापूर्ण कालमा यिनै जनमुक्ति व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई जनयुद्ध हामीले सफल पारेको हो । तपाईंहरू नेताले होइन् सफल गरेको ।
हामीले आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उहाँहरुले परम कार्टुन प्राप्तिको बाटोको रुपमा लिनुभयो । अन्य केही पुरस्कारको आशा गर्नुभएन पुजीँवादमा गएर बेइज्जती हुनुभयो । कम्युनिष्टको बेइज्जती गर्नुभयो नेता कार्यकर्ता बिस्तारै हराउँदै हराउँदै पलायनको बाटो देखाएर बेइज्जती गर्नुभयो । जनयुद्धको घाइतेको सामु बेइज्जती गर्नुभयो । सहिद परिवारको बेइज्जती गर्नुभयो । आफ्नै सहयात्री साथीहरूलाई जेल जिबन गरेर बेइज्जती गर्नुभयो । एमालेमा गएर बेइज्जती गर्नुभयो । सिंगो पाटीको बेइज्जती गर्नुभयो । जनयुद्ध दुःख गरेको जनतालाई रोटमा अलपत्र पारेर बेइज्जती गर्नुभयो । माओवादी सिद्धान्तको एजेन्डाको बेइज्जती गर्नुभयो । कम्युनिष्टको सत्यतथ्य बिचारलाई बेइज्जती गर्नुभयो । पुर्ण सफल नगरेर जनयुद्ध रोल्पा दलाल वासी पुजीँवादी दलाल व्यवस्थालाई बोलाएर १२ वुद्धे सम्झद्धारी गरेर बेइज्जती गर्नुभयो । अन्तर्राष्ट्रिय बेइज्जती गर्नुभयो । शत्रुको अगाडि रोएर कराएर बेइज्जती गर्नुभयो । राजनीति बिचारलाई बेइज्जती गर्नुभयो । जनयुद्धमा हिरो भएको नेता जिरो भएर बेइज्जती गर्नुभयो सर्बहारा विश्व कम्युनिस्ट आन्दोलनलाई बेइज्जती गर्नुभयो । हाम्रो क्रान्तिकारी शैक्षिक कार्यलाई बेइज्जती गर्नुभयो, हामी सधैँ नै यही शिक्षा पद विषयबारे बारम्बार चर्चा–परिचर्चा गर्ने गर्छौं । नौटंकी आदर्श छोडेर बेइज्जती गर्नुभयो, हाम्रा योद्धाहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नव मानवको झलक देख्न थालेका थियोे त्यो पनि बेइज्जती गर्नुभयो ।
हाम्रो इतिहासको हामीले गरेको योगदान र अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्य प्रतिको सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहो¥याएर वास्तविकता हामीलाई गाडीमा लिएर ‘अक्टोबर संकट दुरुस्त दुर्घटना गरेर सिंगो समाज अगाडि बेइज्जती गर्नुभयो, जस्तै प्लोराको तुफानको समयमा हामीले सम्पूर्ण जनसमुदायद्वारा गरिएका अनौठो वीरतापूर्ण र उत्तम बलिदानीपूर्ण कार्यहरु देखेका थिए । जनताले हामीले पनि पुर्णरुपमा आशा थियौ । जनमुक्ति सेनाले रातदिन नभनी दुःखको वैचारिक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण संर्घष गरेका थियौ । मनोवल मनोवृत्तिहरुलाई श्रृंखलावद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरु एक ठूलो घातक बेइज्जती गर्नुभएको छ ।
आदरणीय कामरेड प्रचण्डलाई मैले भन्ने त होइन तर बाध्यता छ । सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो । त्यसमा गद्दार पुँजीपति वर्गका अनेक प्रतिनिधिहरु पनि सहभागी भए । शक्तिको आधारभूत तत्वको रुपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभूति दिएको थियो । प्रचण्ड कामरेड तर आखिर किन मैले भन्नू पर्दैन तपाई धेरै बिद्धान कामरेड हुनुहुन्छ ।
पछि गएर गम्भीर अन्तरविरोधहरु विकसित भए। ती अन्तरविरोधहरुको हल गर्ने प्रक्रिया सर्वप्रथम तब सुरु गरियो, जब ७ फेव्रअरी, १९५९ मा फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नुभयो । यस प्रक्रियाको अन्त्य तब भयो, जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठूलो दवाव वंश राष्ट्रपति उरुतियाले राजीनामा दिनुभयो हो कि नाइ प्रचण्ड कामरेड ?
क्युवाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख–शिख र रुपरेखा सहित एउटा नयाँ बहुमुखी चरित्रको उदय भयो, त्यो चरित्र हो जनता हो, जनता त इतिहासको मञ्चमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहने गर्थे अझै पनि उदाइमान छन् ।
यथार्थ के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरुको कुल जोड मात्रै हो, यिनीहरुले पाल्तु भेडा–बाख्राहरुले जस्तै व्यवहार गर्छन् । तर यथार्थ के हो भने जनता भनेका समान श्रेणीका तत्वहरु होइनन्, न त भेडा–बाख्राहरु नै हुन् । बरु प्रचण्ड कामरेड तपाईंहरू बरु भेडा बाख्रा भन्दा झन्डै ठूलो उप उफ माथि प्रभुत्व जमाइरहेको अवस्थित अबस्थामा यो गल्दोबल्दो कु राज्य–व्यवस्थाले केपी ओलीले तपाईंलाई केमा परिणत गराए एउटै श्रेणीमा गोठमा थुनेको भेडा–बाख्रालाई जस्तै कोचेर राखेको मात्र देखिएको किलेर प्रष्ट त्यहीँ व्यवस्थामा यो महामारी दिनुदिन त्यहीँ स्थिति र अबस्थामा कहिले यता कहिले उता कहिले वर कहिले पर कारण कसको तपाईंको कारण प्रचण्ड कामरेड ?
के कुरा सत्य हो भने जनता विना कुनै तपाई अगाडि बढ्न सक्नुहुदैन्, अर्को कुरा त्यहीँ व्यवस्थापनलाई मान्नु आफ्ना नेताहरुको अनुशरण अनुसन्धान नगरेर हावा तालमा कहिल्यै अगाडि बढ्न सक्नु हुदैन् । विशेष गरी तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वासको घातक गर्नुभयो त्यो दिन देखि ठेस लागेको छ लागेको प्रचण्ड कामरेड तपाईंलाई ? दुई चारजना नेताले गर्दा तपाईंको आर्जन गर्नुभएको छ, त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले सम्भव भएको छैन् ।, बाहिर घोषित बाचाहरु भित्र पूरा चित्रहरण गर्नका लागि उहाँले गर्नुभएको वेईमान्दारी पूर्ण संघर्षको कारणले त्यसरी नै तपाईंको जनविश्वास प्राप्त गर्न असफल हुनुभएको हो ।
आदरणीय प्रचण्ड कामरेड पुजीँवादी व्यवस्था अगाडि घारमा परिणत हुनुभएको छ आजभोलि यो एकदम यथार्थ कुरा हो । भाषणमा सिमित हुनुभएको छ ।
जनताले कृषि सुधारको अभियानका कामहरुदेखि लिएर राज्यका प्रतिष्ठानहरुको प्रवन्ध सम्बन्धी कठिन जिम्मेवारीहरुमा समेत भाग कता हराउनु भयो पाँच बर्षको दुई दुई बर्ष आलोपालो प्रधानमन्त्री खै प्रचण्ड कामरेड ?
पुरानो व्यवस्थाका रिटा उनीहरु प्लाया गिरोनका वीरतापूर्णको सरणार्थी किन गर्नुहुन्छ ? बेइज्जती, तपाईंको अनुभवहरु चोरेर अगाडि बढे हजुरलाई चिनियाँ जनताले बनाएको कार्टुन र बाटुनीङ भन्नुभयो दलाल भनिने उनीहरु जस्तै सी.आई.ए.द्वारा सशस्त्र पारिएका डाँका रफ्फाको पछाडि लागेर के रमाउदै हुनुहुन्छ ? तपाईंको चलाइएको संघर्ष चोरेर त्यो व्यवस्था इस्पात जस्तै मजबुत बने तपाई के ट्वाल्ल परेर त्यो उराव उराँव उराल्नु अक्टोबर संकटको जस्तो नभएर दुनियाँ दलको गाली खाएर बस्नु भएको छ ।
बरु तपाईंको अगाडि शेरबहादुर देउवा, केपी ओली लगायतका अन्य दलहरु आधुनिक युगका सबैभन्दा महत्वपुर्ण परिभाषा अनुरुप बाँचे झै गर्दैछन् अनि कामरेड आज उनीहरु एमसिसिवादको निर्माणको कामलाई निरन्तर रुपमा अगाडि बढाउन ब्यस्त छु भन्छन् त तपाई त्यही एमसिसि ल्याउने पछि पछि के टोलाउनु हुन्छ कामरेड ? अरु खुफै तपाईंको अगाडि एमसिसि एमठिसठिस ठुसठुस डरले होलान् तपाई हात थापेर बस्नु होला कामरेड हैत ।
तपाईंको बिरुद्ध प्रधानमन्त्रीले टिक्टकमा डायलक
वस्तुलाई सतही ढंगले हेर्ने दृष्टिकोणबाट कहिल्यै मादल कहिल्यै बासुरी कहिल्यै सनाई कहिल्यै डमरू बजाउँछन् । टिक्टकमा सधैं हेर्दा मनमा लाग्न सक्छ । व्यक्तिलाई राज्यको अधिन नमान्ने मानिसहरु नै सही हुन् कि के क्या हो भनेर ? निश्चित रुपमा यो सरकार देखि जो जो आशामा ढुलेका राज्य राज्यकोषमा बस्ने दलाल दल छन् । यिनिहरुले जनताले अतुलनीय उत्साह र अनुशासनका साथ सरकारद्वारा निर्धारित महामारीलाई पूरा गरेका छैनन् त प्रचण्ड कमरेड ?
ती कामहरुका स्वरुपहरु चाहे जस्तोसुकै किन नआवस् । चाहे ती कामहरु आर्थिक, सांस्कृतिक, सुरक्षात्मक र खेलकूद सम्बन्धी नै किन नआउन् ! हो, निश्चित रुपमा यस्ता कामहरुको पहलकदमी साधारणतया फिडेल कयास्ट्रोबाट वा क्रान्तिको उच्च कमाण्डबाटै शुरु हुन्छ र ती कामहरुको बारेमा जनतालाई व्याख्या गरेर बुझाइन्छ, अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रुपमा लिन्छन् । अक्सर गरेर पार्टी र सरकारद्वारा विशिष्ट स्थानीय अनुभवहरुलाई लिइन्छन् र त्यही प्रक्रियाद्वारा ती अनुभवहरुको आधारमा बनेको धारणालाई आमरुप दिने र कार्यरुप दिने काम गरिन्छन् ।
त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहीँ गल्तीहरु हुन जान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन्, तब जनताबीच विद्यमान प्रत्येक तत्वहरुमा गुणात्मक कमी आउँछ । त्यसैको परिणाम स्वरुप सामूहिक उत्साह ओरालो लाग्छ; र कामहरु ठप्प हुन थाल्छन् अनि अन्ततः महत्वविहीन सीमा सम्म ती कामहरु संकुचित हुन थाल्छन् ।
हो गल्तीहरु सुधार्ने समय भनेको यही बेला हो । अनि वल्ल एसकालान्तेद्वारा पार्टीमाथि थोपरिएको संकीर्णतावादी नीतिको परिणाम स्वरुप सन् १९६२ को मार्च महिनामा यस्तै गल्ती हुन गएको थियो ।
नेतृत्व र जनसमूहबीच द्वन्द्वात्मक एकता हुन महत्वपूर्ण आवश्यकता छ । यसबाट स्पष्ट हुन्छ– संवेदनशील उपाय र समझदारीपूर्ण कदमहरुको कडी बनाइराख्नका लागि यस प्रकारका संयन्त्रहरु मात्रै काफी छैनन् । यसका लागि जनतासँग अझ बेसी संगठनिक सम्बन्धको विकास गर्नु जरुरी छ । आगामी वर्षहरुमा हामीले यस सम्बन्धलाई अझ घनिभूत र विस्तृत पार्नु आवश्यक छ । तर अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरुबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठूलठूला समस्याहरुमाथि हुने प्रतिक्रियाहरु प्रति दुबै कान खोलेर सुन्ने अनुभूतिमूलक उपाय नै प्रयोग गर्नुपर्ने हुन्छ सचेत चुनौतीपूर्ण आउन सक्छ समयमा हेक्का रहोस् ।
फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ । जनतासँग एकरुप हुने उहाँको विशिष्ट तरिका छ, जुन तरिका कुशलतापूर्वक प्रयोग गरेर उहाँ क्रियाशील रहनुभएको देख्दा उहाँको प्रशंसा नगरिरहन सकिन्न । ठूलाठूला जनसभाहरुमा उहाँ भाषण होइन, जनतासँग संवाद गर्नुहुन्छ, संवाद पनि त्यस्तो खालको संवाद, जुन दुईवटा सुमधुर स्वरहरुको झंकारको रुपमा सुनिन्छ । मानौं यस्तो लाग्छ – उहाँको र जनसमूहको अन्तक्र्रियाको कम्पनबाट अर्को नयाँ झंकारको सिर्जना भइरहेको छ । फिडेल र जनसमूहबीच हुने झन् झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद चरमविन्दुमा पुग्दा–नपुग्दै हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुंकारमा गएर अचानक नै अन्त्य हुन पुग्छ । राम्रोसँग ख्याल गर्नुहोस् तपाईंहरू ।
जुन मानिसहरु क्रान्तिकारी अनुभवको बीच बाटोबाट अगाडि बढेका छैनन्, उनीहरुका लागि व्यक्ति र जनसमूहबीचको द्वन्द्वात्मक एकताले भरिएको त्यस स्थिति राम्ररी बुझ्न कठिन हुनेछ । त्यस्तो द्वन्द्वात्मकताको स्थितिमा व्यक्ति र जनसमूह दुबै अन्तर सम्बन्धीत हुन्छन्, अनि समग्र रुपमा व्यक्ति–व्यक्तिहरु मिलेर बनेको जनसमूह पनि नेताहरुसँग अन्तर सम्बन्धित हुन्छ ।
पूँजीवाद अन्तर्गत पनि यस प्रकारको एकताको झलक कहिले काहीँ देख्न पाइन्छ, विशेष गरी जनमत परिचालन गर्ने क्षमता भएका राजनीतिज्ञहरु मंचमा देखा पर्दा यस्तो हुन्छ । तर त्यो परिचालन चाहिँ धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धीत क्रियाकलाप हुँदैन् । यदि यो सामाजिक आन्दोलन अन्तर्गतको क्रियाकलाप नै भएपनि त्यसलाई पूँजीवाद अन्तर्गतको क्रियाकलाप भन्नु उपयुक्त हुँदैन् । त्यो परिचालन साँच्चैको सामाजिक आन्दोलन नहुने हुनले परिचालनकर्ताको जीवनकालसम्म मात्रै त्यो अगाडि बढ्छ, त्यो पनि पूँजीवादी समाजका क्रुरताहरुको बारेमा जनताबीच भ्रान्ति रहेसम्म मात्रै ।
पुँजीवाद अन्तर्गत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ, जुन सामान्यतः व्यक्तिको बोध–क्षमताभन्दा अलि टाढै हुन्छ । घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररुपमा एउटा त्यस्तो अदृश्य धागोद्वारा समाजसँग बाँधिएको हुन्छ । जसलाई मूल्यको विधान भनिन्छ । यही अदृश्य मूल्य–विधानले व्यक्तिको जीवनका सबै पक्षहरु माथि प्रभाव पार्छ, त्यसैले देशको साथीहरूको जीवनको बाटो तय गर्नुहोस र भविष्यको भाग्यको निर्माण गर्नुहोस् ।
पुँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन–मस्तिष्कभित्र पसेर, त्यस विषयसम्बन्धी उसको चेतनाविना नै क्रियाशील रहन्छन् । व्यक्तिले त पुँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ, जुन हेर्दा खेरि अनन्तजस्तो देखिन्छ । पुँजीवादी प्रचार माध्यमहरुले बिलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन्, सफलताका सम्भावनाहरुलाई व्यक्त गर्नका लागि तिनीहरुले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रुपमा प्रयोग गर्छन्, चाहे त्यो सफलता झूठो होस् कि साँचो ! एक रकफेलरको कथा सिर्जना हुन कति अभावहरु, कति गरीबीहरु र कति पीडाहरुको सञ्चयको आवश्यकता भएको थियो भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुँदैन् । एक रकफेलरको अपार धन–सम्पत्तिको निर्माणका लागि कति धेरै नीचता र उत्पीडनहरुको विशाल संचयको जरुरी भयो भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ । र, जनताबीच क्रियाशील शक्तिहरुसँग यस्ता झूठा कथा र धारणाहरुलाई चिरेर वास्तविकता प्रष्ट्याउन सक्ने क्षमता सधैं हुन्छ भन्ने कुरा पनि भएन नि !
पुँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरुद्ध बाटो देख्छौं । त्यो बाटो लक्ष्यसम्म पुग्न सफल हुनका लागि आवश्यक पृष्ठभूमि, तागत र गुणहरुले सम्पन्न व्यक्तिले मात्र हिँड्न सक्दैन ।
तर अर्कोतिर विदेशी उत्पीडकहरुका विरुद्ध मुक्ति संग्रामहरु पनि चलिरहेका छन् । युद्धजस्ता बाहिरी कारणहरुले जन्माउने दुर्गति र यन्त्रणा, सुविधाभोगी वर्गद्वारा शोषितहरुमाथि भइरहेको उत्पीडन विरुद्ध यस्ता संघर्षहरु अगाडि बढिरहेका छन् । नवउपनिवेशी शासनहरुलाई उखेलेर फ्याँक्ने उद्देश्य सहित पनि मुक्ति संग्रामहरु चलिरहेका छन् । यस्तो परम्परागत संघर्षहरुले पूँजीवादको विस्फोटन प्रक्रियालाई टेवा दिइरहेका छैनन ।
त्यसैले जनतालाई परिचालन गर्नका लागि सही माध्यम, सही प्रक्रिया र ठीक उपायको छनौट अति महत्त्वपूर्ण हुन्छ । भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन, विशेषगरी सामाजिक प्रकृतिको भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन भन्ने हो भन्ने हो भने स्पष्ट शब्दमा भन्न सकिन्छ, त्यो सही माध्यम भनेको आधारभूत रुपमा दिन सक्नु भएन प्रचण्ड कामरेड ।
हो पुजीँवादको बाटो लामो छ, कठिनाइहरुले भरिपूर्ण छ । हामीले कहिले काहीँ बाटो बिराउन सक्छौं । दलाल पुजीवादी व्यवस्थाबाट टाढा हट्नुपर्ने हुन्छ ।
समाजवादको निर्माणका लागि नैतिक प्रोत्साहनको महत्वलाई ध्यानमा राख्दै हामीले चेतनास्तर फरक–फरक भएका समूहहरुको उपस्थितिलाई पनि विशेष याद गर्नुपर्छ । कुनै न कुनै रुपमा समाजवादको निर्माण कार्यमा भाग नलिने मुठ्ठीभर मानिसहरुलाई एकातिर पन्छाएर हेर्दा पनि स्पष्ट देखिन्छ – अगुवाहरु र जनताहरुबीचको सामाजिक चेतनामा समानुपातिक विकास भएको छैन ।
जनताको तुलनामा वैचारिक रुपले अगाडि छैनन र जनतालाई नयाँ जीवनका मूल्य–मान्यताहरु सम्बन्धी जानकारी दिन सक्नु हुदैन तर दलालहरुका त्यसबाट ठेष्ट मात्रामा परिचित भने छैनौ कमरेड। तपाईंको पोहिल गएको पाटी दलाल अगुवाहरुमा उनीहरुको अग्रिम दस्ताको उत्तरदायित्वको कारणले गुणात्मक परिवर्तन आउँन सक्दैन कमरेड यसले उनीहरुमा बलिदान हुने क्षमता प्रदान छैन। तर जनताभने वस्तुको एक अंशमात्र देख्न सक्ने हुनाले दुविधाग्रस्त हुन्छन् बनाउने बायक अरु कुनै बिकल्प छैन। त्यसैले उनीहरुलाई प्रोत्साहनहरु र सीमित घनत्वका दवावहरुको आवश्यकता रहन्छ । हो, यही हो सर्वहारा वर्गको तानाशाही भनेको। सर्वहारा वर्गमाथि तानाशाही केवल पराजित मात्रै लागू हुने हो तिमीहरू ।
जसरी अर्थव्यवस्थामा यन्त्रवत् ढंगले आफैं कुनै परिवर्तन आउँदैन, त्यस्तै चेतनामा पनि कुनै परिवर्तन यन्त्रवत् रुपले आफैं आउँदैन । परिवर्तन कहिले आतिजे गतिले हुन्छ ।
प्रचण्ड कमरेड को यो प्रक्रिया आफै पनि पलायनको प्रयास हो ।
हाम्रो कर्तव्य हो, विवादहरुमा नराम्ररी फँसिरहेको वर्तमान पुस्तालाई विकृत हुनबाट रोक्नु र मुना झैं टुसाइरहेको नयाँ पुस्तालाई विसंगत हुनबाट रोक्नु पर्छ जसरी पनि विप्लव कामरेड । हाम्रो समाजमा युवाहरु र पार्टी दुबैको भूमिका महत्वपूर्ण नहुनुको कारण केछ अध्यक्ष प्रचण्ड कामरेड हामीले उत्तर खोजेका छौ ।
विप्लव कमरेड तपाई नेतृत्व हो युवाहरुको भूमिका विशेष रुपमा महत्वपूर्ण छ, किनकि हामीहरु भनेका मलिलो नरम माटो हो, जुन माटोबाट पुराना गल्ती–कमजोरीहरुबाट मुक्त मानवको सिर्जना गर्न सक्छौ हामीले आफ्नो उच्च अभिलाषा अनुरुप हामी युवाहरु तपाईंको साथ सपोट दिने निर्माण गर्न तपाईंको योगदानको नेतृत्व अझै पनि हुनुपर्छ अगाडि हामीलाई लैजानु पर्छ ।
विप्लव पार्टी भनेको अगुवा संगठन हो । यो सबैभन्दा गरिब सर्बहाराबर्ग बाट उत्पादन शक्ति हौं हामी पार्टी श्रमिकहरुबाट बनेको हुन्छ ।
हाम्रो देशका प्रत्येक जनमुक्ति युवालाई राम्ररी थाहा छ जुन युगमा उनीहरु बाँचिरहेका छन्, त्यो युग बलिदानको युग हो। हामी बलिदानबाट परिचित छौ । हामी योगदान बलिदानसँग परिचित भएका थियौ। आफ्नो देशभित्र पनि नेताहरुले आफ्नो अगुवाको भूमिका खेल्नुपर्छ । सम्पूर्ण इमान्दारीका साथ जसरी पनि ।
पुजीवादी दलालका पनि लाग्ने नेताहरुका पनि भर्खरै बोली फुट्न लागेका बालबच्चाहरु जस्ता छन् । तिनीहरु तोतेबोलीमा भर्खर भर्खर आमा र बा भन्न सिक्दैनौ केपी सँग गएर बास्तबिकता र यथार्थमा । तिमीहरूका पनि पत्नीहरु छन् ।
तिनीहरुले आफ्नो जिन्दगी र क्रान्तिलाई पूर्णतासम्म पुयाउनका लागि आम बलिदानको अंग बिर्सनु भएको छ प्रचण्ड कामरेड ।
मैले सुनेको थिए बिचारको युद्धको कुनै आखाँ हुदैन् भनेर
सत्तामा सुनेको थिए दमनको कुनै धुनको भाका हुदैन भनेर ।।
जनमुक्ति युवा क्रान्तिकारी साथी भाइ बिचको दरार भयो
मैले सुनेको थिए सच्चा कम्युनिस्टको मन कहिल्यै पाखा हुदैन ।।
निश्चित रुपमा वर्तमान परिस्थितिमा धेरै खतराहरु छन् ।
हामी बैज्ञानिक समाजवादी युवा बेसी स्वतन्त्र र खुुसी छौं किनकि हामी धेरै सन्तुष्ट छौं, हामी बेसी सन्तुष्ट छौं, किनकि हामी धेरै स्वतन्त्र छौं हामीले पुरानो बाटो लक्ष्य उदेश्य छोडेका छैनौं ।
हाम्रो सम्पूर्ण स्वतन्त्रताको ढाँचा निर्माण भइसकेको छ ।
विप्लव कमरेड तपाईंको साथ हाम्रो छ क्रान्ति र दैनिक सुरक्षाका लागि हाम्रो रगत र बलिदानको आवश्यकता अझै बाँकी छ । हाम्रो बलिदान सचेततापूर्वक हुन्छ । हाम्रो बलिदान विबेकले पोलिसी हतियार हामीले निर्माण गरिरहेका स्वतन्त्रत जनताको अधिकार लागि पुजीँवादी किस्ताबन्दीमा भुक्तानी दिनुपर्छ ।
हाम्रो बाटो लामो छ र आटले पुर्णरुपमा हाम्रो बाटो अज्ञात पनि छ । हामी हाम्रा सीमाहरुप्रति सचेत छा । पुजीँवादलाई हामीहरुले एक्काइसौं शताब्दीको मानव सिर्जना गर्नेछौं; हो हामी आफैंले कम्युनिष्टको उदयमान गर्नुपर्छ । भन्ने आट गर्नुहोस् हामी जनमुक्ति युवाले साथ दिनेछौ ।
पुजीवादी व्यवस्थाका बिरुद्ध हामीले बिचार दैनिक कारबाहीको अग्निपरीक्षामा होमिएर हामी पाटीलाई इस्पात बनाउनेछौं भन्ने आट गर्नुहोस् एउटा नयाँ प्रविधियुक्त क्यापिसिटीले पुरानो व्यवस्थालाई फाल्ने आट गर्नु होस विप्लव कामरेड हामीले साथ दिनेछौं ।
प्रचण्ड कमरेड तपाइलाई पुजीँवादी व्यक्तिले किनेर भ्रष्टाचारमा परिचालन र नेतृत्वको भूमिका त्यति हदसम्म मात्र खेल्न सकेन एमाले ले तपाईंको अपहरण अपेहलना जति हदसम्म तपाईंका जनताका सर्वोच्च गुणहरु र उच्च अभिलाषाहरु बोक्न सक्छन अब केपी कमरेड र बाटोमा दिग्भ्रमित नभइकन अगाडि बढ्न सक्नु हुदैन् ।
तपाईंलाई पछाडि जसरी पनि पारेर छोडे बाटो पहिल्याउने, त्यसबारे स्पष्टता हासिल गर्ने काम भनेको अगुवा समूहको कर्तव्य हो, तपाईंका हरुमध्ये पनि सर्वोत्तम व्यक्तिहरुको समूह अर्थात् पार्टीको कर्तव्य बिस्तारै पलायन भएर सकाउनु भयो कामरेड तपाई त कुनै बेला महान नेता हुनुहुन्थ्यो अहिले त जिरोमा परिणात भएको छ ।
एकीकृत हाम्रो काम–कारबाहीका लागि आधारभूत मलिलो माटो भनेका हामी युवाहरु बिप्लब तिर छौ हामीले कम्युनिस्टको असली खोल आफ्नो आशा र विश्वास अड्याइराखेका छौं । र, हाम्रा हातहरुमा फरफराइरहेका झण्डाहरु थाम्न सक्षम पार्नका लागि हामीहरुलाई तम्तयार पार्दै अगाडि बढ्ने सक्तिशाली दिमाग छ कमरेड बिप्लबमा ।
दुईवटा आदरणीय पुजीवादी कमरेड प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव कामरेड ।
आउ हसाउने छौ क्रान्तिमा रुन दिने छैनौ पुजीँवादी साथीहरू ।।
तिमीबाट क्रान्तिको अभाव हुन दिने छैनौ पुजीँवादी साथीहरू ।।
आउ साथी सबै हात समाउ जनतालाई साथ सर्पोट दिनुपर्छ ।।
आउ छोडी जान्न दिन्नौ क्रान्ती रोक्ने दिने छैनौ पुजीँवादी साथी ।
यदि यस अस्पष्ट पत्रबाट केही न केही गल्ती कमजोरी भए सरी भन्दै भए पनि कुरा स्पष्ट भयो भनेर आलोचनात्मक बाटो बाट म निरन्तर नेपाल कम्युनिष्ट पाटीमा लागि रहनेछु । यो पत्र पठाउनुको पछाडि मेरो उदेश्य भनेको उत्तरी दलालसँग हातेमालो नहोस् नजाओस् भन्ने मात्र हो । भन्दै दश बर्षे जनयुद्ध लडेर काठमाडौ पु¥याउने हामी जनमुक्ति सेनाको महत्वपुर्ण योगदान छ प्रचण्डलाई भन्दै दश बर्ष हामी बर्गसंर्घष गर्दै आत्मा संर्घषगर्दै मैत्रीपूर्ण संर्घष गर्दै हामीले पुर्याउनु हाम्रो ठूलो योगदान सहयात्री प्रति अपमान नगरियोस् भन्दै दश बर्ष जनयुद्ध हामीले दुःख कष्टकर भोग्यौ तपाईंहरू जति पनि नेतृत्व हुनुहुन्छ नि दश बर्षको संर्घषले दश वटा पार्टी खोल्दै जानुहोस भन्दै बिदा हुन्छु । क्रान्तिकारी लाल सलाम छ ।
लेखक ः घायल कुशे गाउँपालिका जाजरकोटका यूवा हुन् । हाल मलेसियामा कार्यरत्त छन् ।
















































। २५ बैशाख २०७८, शनिबार