
रोल्पा, रुकुम र जाजरकोट जनयुद्धको समयमा नमुना जिल्ला र कम्युनिष्टको आधार इलाका निर्माण बाट चिनिएका आक्रन्त क्रान्तिका सुनामी तुफानी केन्द्र इतिहास ताजै छन् । जनयुद्धको शुरुवातदेखि संर्घषको उत्कर्षको समय सम्म जनमुक्ति सेनाले अन्यायको बिरुद्ध विभेदका विरुद्ध दलालका बिरुद्ध डाइनामिट आधुनिक देखि साँस्कृतिक क्रान्तिको केन्द्र भएको थियो ।
सफलता जनमुक्ति सेनाको योगदान गरेको थियो । १७ हजारको बलिदान भयो, हजारौं हजार घाइते भए, सहिद परिवारको कुनै हेरदेख छैन् । घाइतेको राम्रोसँग उपचार भएको छैन हेरदेख पनि भएको छैन् । २०५२ सालमा पनि यिनै जिल्ला भनेर चिनिने जिल्ला थिए । तर आज राजनीतिक प्रति क्रान्ति सँगै साँस्कृतिक प्रति क्रान्तिका केन्द्र पनि यिनै जिल्ला सावित इतिहास थाती भइरहन्छन् । जनयुद्धको साँस्कृतिक मोर्चाबन्दी भएर दुश्मनका बिरुद्ध आक्रमण हर्कतको पुष्टि गरेका थियांै ।
अर्को जनमुक्ति सेनाको कारणले जनयुद्धले छिटै आफ्नो स्थान जमाउँदै जनसहभागिता मुलुक अगाडि बढ्न सफल भयो । जनमुक्ति सेनाको नाम सुन्ने बित्तिकै देशीय सामन्तवाद मात्र होइन, बिश्व साम्राज्यवादको समेत मुटु काम्थ्यो ।
जनमुक्ति सेनाको त्याग र महत्वपुर्ण समर्पणले २ सय ४० वर्ष सम्म एकछत्र राज गर्ने निरंकुशता तानाशाहहरुलाई ढाडमा टेकेर टाउमा धुलो चटायौं । तर तिनै जनमुक्ति सेना निर्माण गर्ने केही पात्रहरु आजभोलि गिद्दे नजरमा रुवाणडा नेतृत्वको कारणले जनमुक्ति सेनाको अस्तित्व समाप्त गर्दै गएका छन् । तर केही साहसी पात्रहरुले फेरि मृत्यु स्विकार्दै जनमुक्ति सेना पुनर्गठन गरे । अब कहिल्यै समाप्त नहुने तरिकाले जनमुक्ति सेनाको निर्माण र विस्तार गर्न हामी क्रान्तिकारीहरु चुक्नु हुँदैन ।
स्वच्छ र सच्चा नेतृत्वले अन्यान गरौ अनुसन्धान गरौ
सच्चा युवायुवतीले क्रान्ति गर्न आमूल परिवर्तन गरौ
हामी जनमुक्ति सेना लड्न जानेर पनि कोही नबसौ
जनताको हितको निम्ति निरन्तर क्रान्ति अवश्य गरौ
त्यही बेला प्रचण्ड बाबुराम आतिएर तत्कालीन सत्तारूढ दलहरूले राजनीति समस्या भन्दा बन्दुकको बलमानै माओवादी समाप्त गर्ने रणनीतिको नीति अबलम्बन ग¥यो । जसको परिणाम माओवादी पार्टीले प्रतिरक्षा र प्रतिरोधात्मक आन्दोलनकै दौरानमा आफ्नै जनमुक्ति सेना हतियार स्थानीय जनसत्ता निर्माणकार्य अघि बढायो ।
२०५२ साल फाल्गुन १ देखि २०६२ ÷०६३ सालसम्म क्रान्ति सन्तुलनमा पुग्न सफल रह्यो । दुर्भाग्यपूर्ण माओवादी जनयुद्धलाई राजनीति आर्थिक सामाजिक रूपमा ससक्त बनाउने तर्फ भन्दा दक्षिण पंन्थी धार र क्रान्तिकारी धारमा अन्तरबिरोध चर्को बन्दै गयो । जनयुद्धको वेलामा रहस्यमय तरिकाले मोहन बैद्य किरण, सिपि गजुरेल लगायतको क्रान्तिकारी शक्तिलाई भारतमा गिरफ्तार हुन पुगे त्यसपछि ठूलो कमजोरी भनेको प्रचण्ड, बाबुरा बिचको बैचारिक अन्तरबिरोध समाधान भएर जानुलाई रहस्यमय मान्न सकिन्छ ।
अर्को म्यान कमजोरी भनेको १२ बुँदे दिल्ली सम्झौता जनयुद्धको बिधिवत् समय र संविधान सभाको चुनावका जाल फालिनु नेपाली जनताको वर्ग संघर्ष बलिदानलाई यथावत् छोडेर पुरानै व्यवस्थाको पुःन ब्यबस्थापन गर्नु प्रचण्ड बाबुरामको दक्षिण पंन्थी राजनीति बैचारिक तथा संस्कृतिक विचलनको सुरुवात भएको थियो । सुन्दर सपनाहरूको लगाएर वर्ग संघर्षलाई स्थापित गर्ने बर्गिय आन्दोलन र जनयुद्धले निर्माण गरेका जगमा उभिएर सकारात्मक तथा नकारात्मक उपलब्धीलाई गम्भीर र निर्मम तरिकाले अध्ययन गर्न समिक्षा जरुरी अझै छ ।
जतिबेला नेपाली जनता र समाजलाई बिचैमा छोडेर गरेको राजनैतिक अन्तरबिरोध र त्यस्ले पारेका प्रभावले समाजमा ठूलो उत्पीडनले मुक्ति आन्दोलनको राजनीति क्रान्ति नेपाली समुदायमा अनिवार्य घातक गरेको थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको आवश्यकता लामो समय देखि खड्किरहेको थियो ।
राष्ट्रियता , जनतन्त्र र जनजिबिका नै नेपाली राज्य व्यवस्था देखा परेका मुल समस्या थिए । जतिबेला राणाहरुको उदय भयो , ठिक त्यति बेला देखी नेपाल अर्ध उपनिवेशिक राज्य निर्माण भएको हो । त्यसैबाट मुक्त गर्न नेपालमा थुप्रै पटक आन्दोलन भएका छन् ।
अन्तमा हरेक आन्दोलन बिदेशी साम्राज्यवाद नोकरशाही दलालहरु बिचमा सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई अस्थिर र अनिर्णयको बन्दि बनाउने गरेका छन् । सरकार बदलिनुलाई राज्य व्यबस्था नै बदलिएको भ्रममा पार्दै घरेलु दलाल प्रतिक्रियावादी तत्वले भ्रम फैलाउदै आएको पाइन्छ ।
२००७ सालमा भएको प्रजातान्त्रिक समाजबादी आन्दोलनको नाममा काँग्रेसले चलाएको सशस्त्र आन्दोलन बाट स्थापित भएपछि राजा राणा बीचमा भएको त्रिकोणात्मक सम्झौतालाई नेपाली काँग्रेसले महान उपलब्धी मुलक क्रान्ति भनेर ब्याख्या गर्नु नै नेपाली काङ्ग्रेसमा गम्भीर राजनीति भ्रम छर्यो ।
प्रधानमन्त्री मोहन शम्शेर राणालाई बनाउने अनि राणा विरुद्धमा महान र सफलता मुलक क्रान्ति भन्नुले नेपाली जनता माथी भ्रामक जुट प्रचार धोका पुर्ण प्रचार गरियो त्यो प्रचारले २०१५ सालको चुनावबाट दुई तिहाईको सरकार बन्यो र केही सत्ताको एरिफेरिमा रहेर प्रजातान्त्रिक सामाजवादलाई धोती लगाएर सत्ताको मोह चुस्तै थिए तर त्यो लामो समय टिक्न सकेन । २०१७ सालमा पञ्चायतीहरुको गुरु योजनामा दरबारियाहरुले विपी कोइरालाको शक्तिशाली सरकारलाई कु गरिदिए त्यस पछिको समिक्षामा तत्कालिन नेता विपीले आफ्नो आत्मबृतान्त लेखमा मैले मुक्तिसेना विघटन गर्नु महाभुल भएको हो,भन्नू नै क्रान्ति छोड्नु भुल भयो भनी घुमाउरो पाराले स्वीकार गरिएको थियो ।
२०२८ सालमा भारतमा भनेको नक्सलवादी आन्दोलन बाट प्रभावित भए झापामा पूर्वी कोडिनेटर कमिटीको नाममा तत्कालिन मालेले नौलो जनवादको हबला दिदै बिद्रोह ग¥यो ।
उद्धेश्य सही थियो,तर आन्दोलन लक्ष्यमा पुर्याउन सक्ने परिपक्क कार्यक्रम र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न्न सकेन जसका कारण जनताको समर्थन र पहलकदमी कम रह्यो । तर पनि त्यो विद्रोह आम नेपाली जनता माझ एउटा उर्जा र सन्देश मुलक रहेको थियो ।
त्यसको जगमा तत्कालिन माले र त्यसको विकसित रुप एमाले पार्टी स्थापित हुन पुग्यो । तर विडम्वना क्रान्तिकारी उचाईलाई दक्षिण पंक्ति अवसरवादमा परिणत गरियो् । जसले संसदीय व्यवस्थाको बाटो अबलम्बन ग¥यो । र नौलो जनवादी आन्दोलनलाई प्रजातन्त्रको हबला दिदै बर्गिय मुक्ती आन्दोलनबाट बिमुख भएर उदार पुजीवादी बाटो समायो र माक्र्सवादको चर्को समर्थन गर्दै एनजीओ आइ एन्जियोको पुछर बनेर चौतर्फी घेराबन्दीमा पर्दै गयो । जसले राष्ट्रियताको लागि अडिग रहन सकेन नेतृत्व ।
बुरु राष्ट्रबादी माथी चलखेल र तिक्तदमको सुुरुवात भयो । त्यसैको परिणाम तत्कालीन एमालेका महासचीव मदन भण्डारीको रहस्यमय तरिकाले हत्या भयो जुन कुरा कस्तुरीले आफ्नो काल आफ्नै नाभिमा भएको जस्तै तत्कालीन एमालेमा मौलाएको एनजीओ नै पुजीबादको बाट अबलम्बन गर्ने र माक्र्सवादी बिचारलाई तिलान्जली दिन सफल रहेको तितो सत्य बन्न गएको छ ।
त्यसपछि एमाले र काँग्रेस बिच सत्ता सन्चालन गर्ने दाउ पेज निरन्तर चलिरह्यो । त्यस बखत राष्ट्र र जनतालाई बलियो बनाउनुको साटो सत्ताको लागि बिदेशी सामु सबै प्रकारका गलत सम्झौता गर्दै उद्योग कलकारखाना बेच्ने र सम्पूर्ण हिसाबले वैदेशिक बहुराष्ट्रिय पुजीँलाई भित्र्याएर राष्ट्रिय पुजीँ र श्रोत साधन बिदेशीको जिम्मामा सुम्पिने र देशको महत्वपुर्ण नदिनाला भारतलाई सुम्पेर नित्कृष्ट राष्ट्रघात ग¥यो ।
जसले गर्दा राजनीति स्थिरता भन्दा सार्बभौमसत्ता भौगोलिक अखण्डता र रोजगार र प्रजातन्त्रलाई बिदेशी सँग बुझाउन थाल्यो । जसले अनिवार्य राजनीति क्रान्तिको जरुरी बन्दै गयो । त्यसको परिणाम स्वरुप नेकपा माओवादीको अगुवाइमा जनयुद्धको आधार तयारी भयो र आज भन्दा २६ बर्ष अगाडि । २०५२ साल फाल्गुन १ मा जनयुद्धको सुरु भयो जनयुद्ध बर्गिय,जातीय , क्षेत्रिय लिङ्गीय मुक्तिको मुल मुद्दामा केन्द्रकृत थियो ।
वर्गसंघर्षले स्थापित गरेका जनतामा मुल एजेन्डा यथावत् राखेर नवसामन्तवाद तथा दलाल पुजीँवादी माफिया सँग बैचारिक संघर्स गर्नुको साटो दश बर्ष सम्म जनयुद्धको नेतृत्व गरेको मुल नेतृत्व प्रचण्ड बाबुराम सम्झौतामा आत्मसमर्पण गर्न पुगेपछि नेपाली वर्गसंघर्ष सर्वनास र संन्टा न कन्टाको केही नेतृत्व त्यो व्यवस्थामा कन्टेनर अबस्थामा पुगेको पक्कै हो । तर पनि जनतालाई भ्रमपुर्ण लोकतान्त्रिक गणतन्त्र शब्दमा बाँदिएर राख्ने कार्य भएको छ तर सचेत जनताले एक प्रश्नले धेरै उत्तर खोजिरहेको थियोे पनि अझै खोजिरहन्छ । अलोकतान्त्रिक गणतन्त्र एमाले काँग्रेस माओवादी राजनीति दृस्ठिकोण भन्दा फरक कोणमा बिकास बनेर आयो ।
त्यसको लागि दक्षिणपंन्थी आत्म समर्पणवादको विकल्पमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माणको सुन्दर क्रान्तिकारी शक्तिको महान बहसमा उभिएर राष्ट्रियता,जनतन्त्र जनजिविकाको वैज्ञानिक सम्बोधन गर्ने राजनैतिक व्यवस्था निर्माणका लागि वैज्ञानिक समाजवादको सिद्धान्त निष्ठ नेता कार्यकर्ताको असली फौज निर्माणका लागि पहल गर्दै बर्तमान अस्थिरता दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था केन्द्रकृत गर्दै महान सपना पूरा गराउने छ ।
काङ्ग्रेस प्रजातान्त्रिक समाजबाद तत्कालीन एमालेको जबज बिदेशीलाई बुझाई सकेपछि माओवादीले भनेको नौलो जनवाद बैचारिक सैद्धान्तिक रूपमा खुलुत हुने अबस्थामा पुग्यो । त्यसपछि बिचार सिद्धान्त बिना प्रचण्डहरु पुरानै दलाल व्यवस्थामा लड्न लागेको घर पोत्ने कार्यमा पलायन कुल्चिनु भएको छ । प्रधानमन्त्री केपी ओली शर्मा सँग पनि पार्टी एकता भयो त्यो पनि खुलस्त भएको छ । अझ केके हुन्छ हेर्न बाँकी नै छ ।
तर हजारौं सपना बोकेर जनताको सचेत पहलमा वैैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जन क्रान्तिको निर्माणमा जुटिरहेको अहिलेसम्म सच्चा कम्युनिष्ट बिप्लव नै छन् । निरन्तर जनताको हितको लागि जनता माझ छन् ।
आमा दिदी बहिनी हो कति बस्छौं दासी भई किसान जसले हलो जोत्छ तर गरीबीबाट कहिल्यै मुक्त हुदैन सामान्य शिक्षा र औषधी समेत पाउँदैन किसान जसले जोत्दैछ दलालहरुको कारणले उसको बारी मात्र होइन देश नै बिदेशीको हातमा जादैछ । हलो संगै उसको जीवन मालिक र बिदेशीको लागि जोतिदैछ । त्यस बाट एक सुखी सम्पन्न शान्त समृद्ध समाज देश र जीवन बनाउन एक दिन कठिन नै भए पनि अनिवार्य लड्न आबश्यक छ ।
(जाजरकोटी सन्दर्भ घायल)
(कुशे गाउँपालिका युवा समाजसेवी )
(हाल कार्यरत मलेसिया)
















































। २१ बैशाख २०७८, मंगलवार