२० बैशाख २०७८, सोमबार

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित


काठमाडौं, २० वैशाख । १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।

उनले भनिन्, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ।’ १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो ।