२० बैशाख २०७८, सोमबार

कविता : गरिव जनताको जीवन


गाउँमा जनताको लागि बोल्ने कोही छैन
गाउँमा जनताको भावना बुझ्ने कोही छैन ।
गरिबको योजना ल्याउने कोही छैन
दलालको ढोका खोल्ने मात्र छन् ।
समाजको खेतबारीमा पोखरी
ल्याउने कोही छैन
बिरामी बोक्ने स्टिकर छैन ।
त्यो समाजमा चुलो चौको मझेरी
लौ न साथी हो झोला भर्ने मात्र छन् ।

लाटा जनताको भावना
साट्ने कोही छैन
छानो टाल्ने कोही छैन ।
राहत दिने कोही छैन
तुल्सीको मठ यात्रामा
नेताका लागि पसिना पुछ्ने गरिब

मजदुरलाई साथ दिने कोही छैन
परिवर्तनको माम दिने कोही छैन ।
साँझ तिरभिर परेपछि
झिलीमिली बत्ती ल्याउने कोही छैन ।

रुपान्तरण सोच ल्याउने कोही छैन
आलीगरा पाइप दिने कोही छैन ।
असारमा कात्तिके धान बिउ
राहत दिलाउने कोही छैन ।

गाउँघरमा बुझ्ने कोही छैन
डोको बोक्ने कोही छैन ।
गुहार माग्दा पनि
गाउँमा सुन्ने कोही छैन ।

फालि ख्याउने गरिब छैन
हलो जोत्ने सबै बाहिर छन् ।
गाउँमा बस्तीमा मर्ने बेला पानी माग्दा
पिलाउने कोही छैन ।
भाषण दिने रमाइन
कति आए कति गए ।

(जाजरकोटी सन्दर्भ घायल)
(कुशे गाउँपालिका युवा समाजसेवी )
(हाल कार्यरत मलेसिया)