जाजरकोटमा एकैदिन ५४ जनामा कोरोना पुष्टी, जिल्लाभर १९८ सक्रिय संक्रमित

जाजरकोट, १९ वैशाख । कोभिड–१९ को दोस्रो लहर पश्चात् जाजरकोटमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ । जिल्लाका चार स्थानमा गरिएको एन्टीजेन परिक्षण बाट जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल प्रर्सन कृष्ण खत्रीले जानकारी दिए । आईतबार जिल्ला स्वास्थ्य कार्यालयमा ७० जनामा गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टी भएको समेत खत्रीले बताए ।

यस्तै, नलगाड नगरपालिकामा ५ जनामा कोरोना पुष्टी भएको छ भने छेडागाड नगरपालिकामा ७ जनामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टी भएको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले बताए । नगरपालिकामा संक्रिय संक्रमितको संख्या १४ रहेको छ । शिवालय गाउँपालिकामा २९ जनामा गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टी भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले हाम्रो पुहँचलाई जानकारी दिए ।

गाउँपालिका भित्र संक्रिय संक्रमतिको संख्या १९ रहेको समेत अध्यक्ष शाहीले बताए । यो संगै जिल्लामा संक्रमितको जम्मा संख्या १ सय ९८ पुगेको छ । शनिवार सम्म जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ४४ रहेको थियो । कोरोनाको उच्च जोखिम बढेकोले जिल्लामा आईतबार देखि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको पालना गर्ने सबैलाई आग्रह गरिएकाृे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । आईतबार भेरी नगरपालिकाका कोरोना संक्रमितलाई भेरी नगरपालिका ४ को एक विद्यालयमा व्यवस्थापन गरिएको स्वास्थ्य शाखामा कार्यरत यज्ञ गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया