१९ बैशाख २०७८, आईतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


काठमाडौँ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जनाएको छ ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ ।

उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ ।