१७ बैशाख २०७८, शुक्रबार

कोरोनाले दैलेखमा लियो गर्भवतीको ज्यान


दैलेख, १७ वैशाख । कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

१० महिनाकी गर्भवती रहेकी उनी बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएकोमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा मृत्यु भएको हो । उनको बच्चा हुने समय नाघि सकेकाले दैलेख अस्पतालले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी नगएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले बताए ।