
जाजरकोट, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नलगाड नगरपालिका स्थित त्रिभुवन माद्यामिक विद्यालय दल्लीमा मुल ईकाइ कमिटी गठन गरेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) का केन्द्रिय सदस्य अटल आचार्य र जिल्ला संयोजक कृष्णराज सिंहको उपस्थितीमा मुल इकाई कमिटी गठन गरिएको हो । आगामी जेठ ९÷१० गते जिल्लाको छेडागाड नगरपालिकाको मनघाटमा हुने २० औं जिल्ला सम्मेलनको तयारीमा जुटिएको संयोजक कृष्णराज सिंहले जानकारी दिए । नलगाड नगरपालिकाका ३ वटा विद्यालयमा कमिटी निर्माण गरिएको छ ।

जसअन्र्तगत सविन वली अध्यक्ष, दिपक चनारा,सीता खत्री र सुमन चन्द उपाध्यक्ष, शिशिर घेत्माल सचिव, सह सचिवमा मोहन रोकाय सहित ५१ सदस्सीय मुल ईकाई कमिटी निर्माण गरेको विद्यार्थी नेता राजन राना मगरले जानकारी दिए । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विद्यार्थीहरुले समस्या अखिल क्रान्तिकारीले मात्र समाधान गर्न सक्ने भएकोले सबैले यही संगठन छान्नुपर्ने बताएका छन् ।
कार्यक्रमको सभापति उमेश खड्काले गरेका थिए भने, प्रमुख अतिथि केन्द्रिय सदस्य अटल आचार्य, विशेष अतिथि जिल्ला संयोजक कृष्णराज सिंहले गरेको नेता रानाले जानकारी दिए । यस्तै कार्यक्रमको सञ्चालक टेकराज खत्रीले गरेको थिए ।
















































। १५ बैशाख २०७८, बुधबार