जिल्लामा आउने पत्रकारका लागि न्युन शुल्कमा आवास गृह बनाउँछौँ  : अध्यक्ष शर्मा

  नेपाली पत्रकारीताको इतिहासमा पहिलो पटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन प्रणाली बाट जाजरकोट शाखाको अध्यक्षमा भारी मतका साथ प्रेस यूनियन जाजरकोटका अध्यक्ष बालकुमार शर्मा निर्वाचित हुनुभएको छ । शर्मा, झन्डै दुई दशक देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । जिल्लाको शुसासन, सामाजिक विकृतिका विषयमा कलम चलाउले शर्मा सक्रिय पत्रकार हुनुहुन्छ । शर्मा जाजरकोटको अध्यक्ष बनेपछि अधिकांश श्रमजिवी पत्रकारहरुले व्यवसायिक पत्रकारीताको अपेक्षा समेत गरेका छन् । शर्माले पत्रकार महासंघ जाजरकोट शाखालाई कस्तो बनाउने सोच्नुभएको छ भनेर हाम्रो पुहँच डटकमका सह—सम्पादक कालीबहादुर नेपालीले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

१. स्वागत छ ?

धन्यवाद छ यहाँ र यहाँ लगायत हाम्रो पहुँचको स— परिवारलाई ।

२. गत चैत्र २५ भएको निर्वाचनमा जाजरकोटको अध्यक्ष बन्नु भएकोमा यहाँलाई हार्दिक बधाई छ ।

धन्यवाद ।, मलाई अध्यक्षमा मतदान गरी मेरो पक्षमा माहोल बनाउने सवैलाई म धन्यवाद दिन चाहान्छु । जाजरकोटमा पत्रकार महासंघ स्थापना गरेको १८ वर्षपछि म अध्यक्ष हुने अवसर जु¥यो । त्यसको लागि मलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छु ।

३.जाजरकोटमा पत्रकार र पत्रकारीताको अवस्था कस्तो छ ?

पत्रकारको अवस्था सन्तोषजनक नै छ कर्णालीका अन्य जिल्लाको तुलनामा सशक्त रहेको छ ।

४. तपाईको कार्यकालमा जाजरकोट शाखाले के काम गर्छ ?

जिल्लाको पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिन्छ , संस्थागत विकासमा जोड दिन्छ । भवन बनेको छ अव १ तला थप व्यवस्थापनका साथ बनाइन्छ र महासंघ शाखा आफै व्यवसायिक वन्दै जान्छ , सदुरमुकामको विच भागमा सडकमै भवन भएकोले भवनलाई व्यवसायिक बनाउँदै आफै प्रशासनिय कार्यमा वलियो वन्दै जानेछ । जिल्लामा आउने पत्रकारका लागि न्युन शुल्कमा आवास गृह बनाइने छ । होटलको सुविधा आफ्नै भवनबाट वाहिरबाट आउने पत्रकार जो कोही अत्यन्त न्युन शुल्कमा वस्न पाउने छन् । प्रशासनिक कार्य गर्न अध्यक्षको घरमा पत्र वुझाउने आउने परम्परा अन्त्य गरिने छ कार्यालय संचालन हुनेछ । कार्यालय सचिवले सवै व्यवस्थापन गर्ने छ ।

५.पत्रकारको क्षमता अभिवृद्धि गर्ने विषयमा के सोच्नुभएको छ ?

अहिले कोभिडले कार्यक्रमहरु गर्न समस्या छ । स्थिति सहज हुन दिउ त्यसपछि केही क्षमता अभिवृद्धिका कार्यक्रम संचालन हुदै जाने छन् । पत्रकारको शैक्षिक योग्यता र उसको रुची अनसारका क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम गर्ने योजना छ सवै कुरा यसमा न आउला तर ३ ÷ ३ महिनामा नियमित रुपमा क्षमता विकासका कार्यक्रम गर्ने सोच छ ।

नयाँ र निष्क्रिय पत्रकारहरुलाई अवसर दिइने छ । उनीहरुको रुची अनुसार जिल्लाका मिडिया हाउसमा समन्वय गराइनेछ , प्रदेश र केन्द्रमा गर्ने साथीहरुलाई त्यता जोडिने छ । प्रशस्त सम्भावना छन् रहरका लागि पत्रकारीता हैन रुची र समाज सेवाको लागि पनि पत्रकारीता चलिरहेको छ । व्यवसायिक बनाउने त मिडिया हाउस वलिया भएपछि हुने हो त्यो बनाउन यहाँका स्थानीय सरकार पनि जागरुक हुनु पर्छ । अहिले पनि केही पालिकामा पत्रकार नै नभएको अवस्था छ ति पालिकामा स्थानीय सरकार संग समन्वय गरी पत्रकारको संख्या वढाउने कार्यलाई पनि निरन्तरता दिइने छ ।

६. तपाईले आफ्नो कार्यकालमा जाजरकोटमा गर्ने महत्वपुर्ण काम केके हुन् ?

जिल्लाको सुशासन र यहाँको जनजिविकामा सहयोग पुग्ने लाइनबाट हाम्रो पत्रकारीता अगाडी वढ्ने छ । महासंघ सवैको छाता संस्था भएकोले छाताकै रुपमा सवैलाई समेटिने छ । सक्रिय पत्रकारले भोको पेटले काम गर्ने अवस्था अन्त्य गर्ने पक्षमा नै मेरो नेतृत्वदायि भुमिका रहने छ । जिल्लामा संचालित मिडिया हाउसहरुको स्तरीकरण गरी व्यवस्थित बनाउने कुरामा नेतृत्वदायि भुमिका रहने कुरा स्पष्ट बनाउँछु ।

८. समानुपातिक विज्ञापन प्रणालीका विषयमा महासंघले कहिले आवाज उठाउँछ ?

उठिसकेको छ । जिल्लाका सवै सूचना विज्ञापनहरु पत्रकार महासंघ र जिल्लाका मिडिया हाउसले सयुक्त गरेको मुल्य सूची अनुसारनै न्युनतम प्रकाशन प्रशारण हुने छन् । कार्यालयका मन पर्ने पत्रकार टिप्ने कार्यको अन्त्य गरिने छ । महासंघको समन्वय विना त्यस्तो गर्ने कार्यालयलाई महासंघले निगरानीमा नै राख्नेछ ।

९. जाजरकोटमा स्वतन्त्र पत्रकारीता छैन, राजनितीक दलका झोले भए भनेर गुनासो आउँछ यसलाई कसरी बुझ्नुहुन्छ ?

हामी त्यसो हुनुहुदैन ,त्यो पत्रकारको कामले देखिने कुरा हो । को झोले र को पेसाप्रति वफादार छ भन्ने हामीले गर्ने कर्मले प्रभाव पार्ने हुँदा अव हामी त्यो आरोपलाई नलाग्ने बनाउने हो । राजनितीक व्यवस्थामा एक पक्ष त सवै हुन्छन् नागरिक त छन् भने पत्रकार कुनै पक्ष र विपक्षमा नहुने हैन तर पेशा प्रति उसको वफादारिता छ छैन त्यो महत्वपूर्ण पक्ष हो । स्वतन्त्रता त देखाउने कला हो । पत्रकार स्वतन्त्रनै कलम चलाउने व्यक्ती हुन भन्ने जुन सोचाइ छ त्यसलाई कायम राख्न सक्नु सवै पत्रकारको धर्म हो । सवैले त्यसलाई मार्ग रेखा ठानेर अगाडी वढ्ने हो ।

१०. जाजरकोटका पत्रकारले पत्रकार आचारसंहिता उल्लंघन गर्ने गरेको थुप्रै उदाहरण छन् उनीहरुलाई के भन्नुहुन्छ ?

कुनै वेला जानेर नजानेर उल्लंघन भएका घटना आएपनि अवका दिन त्यस्तो दिन आउन नदिने नै सवैले सोंचौ । अध्ययनलाई वढाउन जरुरी छ पत्रकारले अध्ययनलाई पनि जोड दिन आवश्यक हुन्छ ।

हरेक समय अनुसार निति नियम कानून परिर्वतन भई रहेका छन् । अद्यावधिक हुने कुरामा आफुले गर्ने कुरा त छदैछ । यहाँका स्थानीय सरकार र सरकारी कार्यालयले पनि आफ्ना कार्यालयका निति तथा कार्यक्रम र कानूनका वारेमा हामी संग सहकार्य गरेर क्षमता विकास कार्यक्रमहरु संचालन गर्न सक्ने ढोका खुल्ला गरिएको छ । भविष्यमा यस्ता सहकार्य हुदै जानेछन् । हामी आफैले पनि जोड दिनु जरुरी छ । आचारसंहिता उल्लंघन गर्ने कुरामा कसैले पनि नगरौं ।

११. व्यावसायिक पत्रकारीताका लागि यहाँको नयाँ योजना के छ ?

जिल्लामा पत्रकारीताको अवस्था पहिलेको भन्दा धेरै सुधार उन्मुख नै छ ।अ हिले जिल्लाबाटै १ दर्जन अनलाइन र ३ वटा रेडियो संचालनमा छन् । अबका दिनमा १ थप रेडियो पनि हुदैछ । दैनिक पत्रिका एउटा संचालनमा रहेको छ । यसैले अव तिनीहरुलाई व्यवस्थित गर्नका लागि लगानीको क्षेत्र यहाँ निकै कम छ ।

स्थानीयहरुले विज्ञापन नदिने प्रचलन छ । ठुला उद्योग कलकारखाना व्यापारी यहाँ छैनन् यसैले अधिकांस मिडिया हाउस सरकारी विज्ञापनको भरमा छन् त्यो पनि व्यवस्थित निति नहुँदा आफु खुशी गर्ने प्रचलन भएकोले अवका दिनमा यिनै कुरालाई व्यवस्थित बनाउन आवश्यक रहेको छ । त्यसका लागि मेरो नेतृत्व सफल हुने कुरामा विश्वस्त बनाउन चाहान्छु ।

१२. अन्त्यमा के भन्नुहुन्छ ?

यहाँले मेरा केही विचार राख्ने अवसर दिनुभयो त्यसको लागि यहाँ र यहाँको लोकप्रिय मिडियालाई धन्यवाद दिन चाहान्छु । यति वेला कोरोना जोखिम छ । यो जोखिमलाई सवैले घरमै वसेर आवश्यक स्वास्थ्य मापदण्ड पालना गरौं । बाँचेपछि धेरै गर्न सकिन्छ । आफु पनि बचौं र अरुलाई पनि बाँच्ने वातावारण सहयोग गरौं .। घरमा कसैलाई कोरोना भई हाल्यो भने आवश्यक केयर गरांै आफु पनि सचेत भएर होम आइसुलेशनमा वसौं गाह्रो अप्ठेरो भएमा तत्काल स्वास्थ्यमा सम्पर्क गरौं । स्वस्थ भएपछि भोलिका दिनमा आफ्नो क्षेत्रमा केही गर्ने कुरा त छदैछ ।

 अध्यक्ष शर्मा रेडियो हाम्रो पाईला एफ.एम.का स्टेशन म्यानेजर र पाईला खबरका सम्पादक समेत हुनुहून्छ ।

तपाईको प्रतिक्रिया