बारेकोटका विद्यालय एक साता बन्द गर्ने निर्णय


बारेकोट, १४ वैशाख । जिल्लाको बारेकोट गाउँपालिकाका सम्पुर्ण विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार गाउँपालिकाको कार्यालयमा बसेको आकस्मिक वैठकले उक्त निर्णय गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को दोस्रो लहर जाजरकोटमा फैलिएको र यसको प्रभाव बारेकोटमा पनि देखिएकोले वैशाख १५ गतेदेखि २२ गते सम्म बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता शसीराम गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमितका लागि गाउँपालिकामा आईसोलेशन समेत तयार पारी प्रचारप्रसारलाई व्यापक पार्ने निर्णय गरिएको समेत गौतमले बताए ।

तपाईको प्रतिक्रिया