एक साता सम्म भेरीका विद्यालय बन्द गर्ने निर्णय

जाजरकाेट, १३ वैशाख  । जिल्लाको भेरी नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिका कोरोनाको उच्च जोखिममा रहेकोले एक साता सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

कोभिड–१९ को संक्रमणले जिल्लामा बिकराल रुप लिन थालेपछि सोमबार कोभिड–१९ संकट व्यबस्थापन संचालन केन्द्र (CCMC ) निर्देशक समितिको बसेको बैठकले भेरी नगरपालिका अन्तरर्गत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले अर्को आदेश नआउँदासम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठनलाई थप रोक्न सकिने संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया